बीवाईडी एट्टो१ अव डल्फिन हाराहारीकै साइजमा, पावर समेत बढ्ने
काठमाडौं–बीवाईडीको लोकप्रिय ह्याचब्याक कार एट्टो१(सिगल) ठूलो साइजमा आउने...
धनगढी — बीवाईडीको धनगढीस्थित आधिकारिक बिक्रेता मोटोकर्पले अत्याधुनिक शोरुम तथा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । नयाँ शोरुम सञ्चालनमा आएसँगै अब सुदूरपश्चिमका ग्राहकले विद्युतीय सवारीको खरिददेखि बिक्रीपछिको सेवा (आफ्टर–सेल्स सर्भिस) सम्मका सम्पूर्ण सुविधाहरू स्थानीयस्तरमै सहज रूपमा प्राप्त गर्न सक्ने भएका छन् ।
धनगढी उपमहानगरपालिका–३, बोराडाँडीमा निर्माण गरिएको यस शोरुमको नेपालका लागि बिवाइडीको आधिकारिक वितरक साइमेक्स इन्कका सेल्स एण्ड बिजिनेस हेड आशुतोष गौतमले एक विशेष समारोहबीच उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा बोल्दै गौतमले नेपालमा विद्युतीय सवारीसाधनप्रति उपभोक्ताको आकर्षण निरन्तर बढ्दै गएको बताए । गुणस्तरीय सेवा विस्तारका लागि देशका विभिन्न क्षेत्रमा आधुनिक शोरुम तथा सर्भिस सेन्टर स्थापना गरिँदै आएको उल्लेख गर्दै उनले धनगढीको नयाँ केन्द्रले सुदूरपश्चिमका ग्राहकलाई अझ छिटो, भरपर्दो र सहज सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरे ।
त्यस्तै, मोटोकर्पका सञ्चालक पुष्कर ओझाले नयाँ शोरुम तथा सर्भिस सेन्टरको सञ्चालनले धनगढीसहित समग्र सुदूरपश्चिममा वातावरणमैत्री यातायातको विस्तार, दिगो प्रविधिको प्रवद्र्धन र विद्युतीय सवारीको प्रयोगलाई थप प्रोत्साहन मिल्ने जानकारी दिए । ‘ग्राहकलाई प्राविधिक सेवा र मर्मतका लागि अन्यत्र धाउन नपरोस् भन्ने उद्देश्यले अत्याधुनिक पूर्वाधारसहित यो केन्द्र सञ्चालनमा ल्याएका हौँ’ उनले भने ।
नयाँ शोरुम सञ्चालनमा आएसँगै सुदूरपश्चिम क्षेत्रमा ईभीको बजार प्रबद्र्धन र वातावरणमैत्री यातायातको विकासमा ठुलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...