रसुवा नाकाबाट एकै दिन ल्याइयो २२ वटा विद्युतीय माइक्रोबस
रसुवा – नेपालको उत्तरीनाका रसुवागढीबाट विद्युतीय माइक्रोबस आयात गरिएका...
बीवाईडी शार्क पिकअप मेक्सिकोमा लन्च गरिएको छ । विश्वकै सबैभन्दा ठूलो ईभी निर्माता कम्पनी बीवाईडीले पहिलो पटक आफ्नै देश वाहिर आफ्नो उत्पादन लन्च गरेको हो ।
मेक्सिकोमा यस प्रकारको पिकअप ट्रकको माग धेरै भएकाले मेक्सिकोलाई छनोट गरिएको चिफ अफ अमेरिकाज स्टेला लीले बताए ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले चाइनिज ईभीमा धेरै कर लगाउने घोषणा गरेको केही घण्टामै सो पिकअप लन्च गरिएको हो । बीवाईडीले मेक्सिकोमा समेत प्लान्ट बनाउने योजना बनाइरहेको छ र यसले आफ्नो व्यवसायमा असर नपार्ने लीले बताए । अमेरिकामा आफ्ना उत्पादन उपलब्ध गराउने योजना नभएको समेत उनले बताए ।
मेक्सिकोमा रहेका टोयोटा टकोमा र फोर्ड रेन्जर जस्ता पिकअपसँग यसको प्रतिस्पर्धा हनेछ ।
बीवाईडी शार्कले ईभी मोडमा सिंगल चार्जमा १०० किलोमिटर सम्म यात्रा गर्न सक्छ । त्यसैगरी इलेक्ट्रिक र कम्बसन दवै मेथड प्रयोग गर्दा यसले ८४० किलोमिटर यात्रा गर्न सकिने बताइएको छ ।
यसमा बीवाईडीको डीएमओ प्लेटफर्म प्रयोग गरिएको छ, जहाँ ओ भनेको अफरोड र डीएम भनेको ड्युअल मोड बुझिन्छ ।

यसमा २९.५८ किलोवाट आवरको ब्लेड ब्याट्री प्रयोग गरिएको छ । यसमा रोटेटेबल सेन्टर स्क्रिन छ भने इन–भेइकल भोइस कन्ट्रोल सपोर्ट गर्छ । यसैगरी एनएफसी डिजिटल कि र हेड्स अफ डिस्प्ले जस्ता फिचर रहेका छन् ।
आगामी दिनमा विश्वका अन्य देशमा समेत यो पिकअप उपलब्ध हुने अपेक्षा गर्न सकिन्छ ।
रसुवा – नेपालको उत्तरीनाका रसुवागढीबाट विद्युतीय माइक्रोबस आयात गरिएका...
काठमाडौं– जापनिज अटो निर्माता निसानले १३ वर्षअघि बजारमा ल्याएको लीफ अहिले...
चाइनिज ईभी निर्माता कम्पनी लिपमोटरले आगामी दिनमा बजारमा ल्याउने नयाँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...