१०० दिनमा १ लाख युनिट बीवाईडी सिलायन ०६ उत्पादन, बन्यो नयाँ रेकर्ड

बीवाईडीले हालै लन्च गरेको नयाँ एसयुभी सिलायन ०६ ले एक महत्वपूर्ण रेकर्ड बनाएको छ । लन्च भएको १०० दिनमै १ लाख युनिट उत्पादन भएर सिलायन ०६ ले छोटो अबधीमै सर्बाधिक उत्पादन हुने बीवाईडी मोडलका रुपमा नयाँ किर्तिमान कायम गरेको हो । एसयुभी जुलाई २४, २०२५ मा लन्च भएको थियो ।

अल–इलेक्ट्रिक र प्लग इन हाइब्रिड पावरट्रेनमा उपलब्ध यस एसयुभीको मूल्य कन्फिगरेसनको आधारमा १९ हाजर ३०० देखि २२ हजार ६२० डलससम्म पर्छ । सिलायत ०६ को लम्बाइ ४,८१० मिमी, चौडाइ १,९२० मिमी र उचाइ १,६७५ मिमी छ, जसको ह्वीलबेस २,८२० मिमी छ । बीवईडीको ओसियन सिरिज डिजाइन ल्यांग्वेजमा तयार पारिएको यस एसयुभीमा क्लोज्ड फ्रन्ट फेस, स्प्लिट–लेभल हेडल्याम्प, वेभी रियर लाइट बार तथा सेमी रिसेस्ड डोर ह्यान्डल उपलब्ध गराइएको छ ।

बीवाईडीको ई–प्लेटफर्म ३.० ईभो आर्किटेक्चरमा निर्मित यस कारमा ४०० भोल्ट र ८०० भोल्ट सिस्टम समाबेश गरिएको छ । सिलायन ०६ को इन्ट्रि लेभल ईभीमा ६५.२८ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडान गरिएको छ, जसले १७० किलोवाट पावर र ३३० एनम टर्क जेनेरेट गर्दछ । यस भेरिएन्टको अधिकतम रेन्ज ५२० किलोमिटर दाबी गरिएको छ ।

त्यसैगरी, हाई–ईन्ड ८०० भोल्ट भेरिएन्टमा ७८.७२ किलोवाट आवरको ब्याट्री प्याक र १८० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यस भेरिएन्टले ६०५ किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ भने २३७ किलोवाट सम्मको चार्जर सपोर्ट गर्दछ ।

सिलायन ०६ मा बीवाईडीको गड्स आई इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम र उन्नत सुरक्षा सुविधाहरू दिएको छ । जसमा सातवटा एयरब्याग र ३० भन्दा बढी सेफ्टि फंक्सन समावेश छन् । कारको क्याविनमा १५.६–इन्च फ्लोटिंङ इन्फोटेनमेन्ट डिस्प्ले, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, भेन्टिलेटेड फ्रन्ट सिट र १.७३ वर्ग मिटरको फराकिलो प्यानारोमिक सनरुफ पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

बीवाईडी एसिया प्यासिफिक अटो सेल्सका महाप्रबन्धक लिउ जुलियाङको नेपाल भ्रमण सम्पन्न

बीवाईडी एसिया प्यासिफिक अटो सेल्सका महाप्रबन्धक लिउ जुलियाङको नेपाल भ्रमण सम्पन्न

काठमाडौं- बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक लिउ...

जापानी बजारका लागि बीवाईडीले ल्यायो नयाँ केई कार, यस्तो छ विशेषता

जापानी बजारका लागि बीवाईडीले ल्यायो नयाँ केई कार, यस्तो छ विशेषता

बीवाईडीले टोकियो मोटर शोमा जापानी बजारका लागि भनेरै डिजाइन गरिएको आफ्नो...

अटो उद्योगलाई ईभीमा सिफ्ट गर्न टेस्ला र बीवाईडी मिल्नु आवश्यक–बीवाईडी कार्यकारी उपाध्यक्ष ली

अटो उद्योगलाई ईभीमा सिफ्ट गर्न टेस्ला र बीवाईडी मिल्नु आवश्यक–बीवाईडी कार्यकारी उपाध्यक्ष ली

बीवाईडी विश्वको सबैभन्दा धेरै ईभी निमाण गर्ने कम्पनी हो । विगत पाँच वर्षमा,...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...