जब बीवाईडी गाडीमा तीन पटक चट्याङ लाग्यो …….. भएन क्षति
लगातार तीन पटक सम्म चठ्याङ लाग्दा पनि बीवाईडीको गाडी चट्याङबाट बच्न सफल...
बीवाईडीले हालै लन्च गरेको नयाँ एसयुभी सिलायन ०६ ले एक महत्वपूर्ण रेकर्ड बनाएको छ । लन्च भएको १०० दिनमै १ लाख युनिट उत्पादन भएर सिलायन ०६ ले छोटो अबधीमै सर्बाधिक उत्पादन हुने बीवाईडी मोडलका रुपमा नयाँ किर्तिमान कायम गरेको हो । एसयुभी जुलाई २४, २०२५ मा लन्च भएको थियो ।
अल–इलेक्ट्रिक र प्लग इन हाइब्रिड पावरट्रेनमा उपलब्ध यस एसयुभीको मूल्य कन्फिगरेसनको आधारमा १९ हाजर ३०० देखि २२ हजार ६२० डलससम्म पर्छ । सिलायत ०६ को लम्बाइ ४,८१० मिमी, चौडाइ १,९२० मिमी र उचाइ १,६७५ मिमी छ, जसको ह्वीलबेस २,८२० मिमी छ । बीवईडीको ओसियन सिरिज डिजाइन ल्यांग्वेजमा तयार पारिएको यस एसयुभीमा क्लोज्ड फ्रन्ट फेस, स्प्लिट–लेभल हेडल्याम्प, वेभी रियर लाइट बार तथा सेमी रिसेस्ड डोर ह्यान्डल उपलब्ध गराइएको छ ।
बीवाईडीको ई–प्लेटफर्म ३.० ईभो आर्किटेक्चरमा निर्मित यस कारमा ४०० भोल्ट र ८०० भोल्ट सिस्टम समाबेश गरिएको छ । सिलायन ०६ को इन्ट्रि लेभल ईभीमा ६५.२८ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडान गरिएको छ, जसले १७० किलोवाट पावर र ३३० एनम टर्क जेनेरेट गर्दछ । यस भेरिएन्टको अधिकतम रेन्ज ५२० किलोमिटर दाबी गरिएको छ ।
त्यसैगरी, हाई–ईन्ड ८०० भोल्ट भेरिएन्टमा ७८.७२ किलोवाट आवरको ब्याट्री प्याक र १८० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यस भेरिएन्टले ६०५ किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ भने २३७ किलोवाट सम्मको चार्जर सपोर्ट गर्दछ ।
सिलायन ०६ मा बीवाईडीको गड्स आई इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम र उन्नत सुरक्षा सुविधाहरू दिएको छ । जसमा सातवटा एयरब्याग र ३० भन्दा बढी सेफ्टि फंक्सन समावेश छन् । कारको क्याविनमा १५.६–इन्च फ्लोटिंङ इन्फोटेनमेन्ट डिस्प्ले, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, भेन्टिलेटेड फ्रन्ट सिट र १.७३ वर्ग मिटरको फराकिलो प्यानारोमिक सनरुफ पाउन सकिन्छ ।
लगातार तीन पटक सम्म चठ्याङ लाग्दा पनि बीवाईडीको गाडी चट्याङबाट बच्न सफल...
काठमाडौं– चिनियाँ अटो जायन्ट बीवाईडीले २०२५ मा ४५ लाख ५० हजार ३६ युनिट कार...
काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपाली...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...