लन्च भएको एक घन्टामै १ हजार बढी बीवाईडी सील बिक्री

बीवाइडीले आज थाइल्यान्डमा आफ्नो लोकप्रिय इलेक्ट्रिक कार सील लन्च गरेको छ । सो कार लन्च भएको एक घन्टा नवित्दै १ हजार १०४ युनिट बिक्री भएको कम्पनीले जनाएको छ । जसमध्ये ३९ जनालाई तत्कालै कार हस्तान्तरण गरिएको थियो ।

सो नयाँ कारलाई बीवाइडीले थाइल्यान्डमा तीनवटा ट्रिममा उपलब्ध गराएको छ । नेपालमा जस्तै थाइल्यान्डमा पनि राइट ह्यान्ड ड्राइभ सिस्टम भएका कारण कम्पनीले यसलाई चीनमा लन्च गरे लगत्तै निर्यात गर्न सकेको थिएन ।

थाइल्यान्डमा लन्च भएसंगै यो नयाँ कार नेपाल आउने बाटो समेत खुलेको अनुमान गर्न सकिन्छ । नेपालमा हालै सम्पन्न नाडा अटो शोमा प्रदर्शनीका लागि ल्याइएको सीलमा दर्शकले अत्याधिक रुची राखेका थिए । मेलामा यस कार बारे जिज्ञासा राख्ने ग्राहकलाई आधिकारिक वितरक साइमेक्स इंकले छिट्टै बिक्री शुरु हुने बताएको थियो ।

बीवाइडीको ई–प्लेटफर्म ३.० आर्किटेक्चरमा निर्माण भएको सील ४८०० मिलिमिटर लम्बाई, १८७५ मिलिमिटर चौडाई, १४६० मिलिमिटर उचाई र २९२० मिलिमिटर ह्विलबेश भएको प्रिमियम सेडान कार हो । यसको इन्ट्रि लेभल भेरिएन्टमा बीवाइडीले ६१.४ किलोवाट आवरको एलएफपी ब्लेड ब्याट्री दिएको छ भने अर्को भेरिएन्टमा ८२.५ किलोवाट आवरको ब्याट्री प्याक राखिएको छ । सोही क्षमताको ब्याट्री प्याकमा डवल मोटर दिएर यसको अर्को भेरिएन्ट समेत उपलब्ध छ ।

सीलको इन्ट्री लेभल भेरिएन्टले सिंगल चार्जमा ५१० किलोमिटर रेन्ज दिने दावी गरिएको छ भने लङ रेन्ज भेरिएन्टले ६५० किलोमिटर र डवल मोटर जडित अर्को पावरफुल भेरिएन्टले ५८० किलोमिटर दिने दाबी छ । थाइल्यान्डमा यसको मूल्य ३६ हजार २०० देखी ४३ हजार ७०० डलरसम्म कायम गरिएको छ ।

सम्बन्धित समाचारहरू

बीवाइडीको प्लेटफर्मममा टोयोटाले हाइब्रिड कार बनाउने

बीवाइडीको प्लेटफर्मममा टोयोटाले हाइब्रिड कार बनाउने

जापनिज अटो जायन्ट टोयोटाले चीनमा बीवाइडीको प्लेटफर्म प्रयोग गरी हाइब्रिड...

राइट ह्यान्ड ड्राइभमा पनि आयो जिकर, नेपाल आउने संभावना बलियो

राइट ह्यान्ड ड्राइभमा पनि आयो जिकर, नेपाल आउने संभावना बलियो

काठमाडौं– जिली मातहतको ईभी ब्राण्ड जिकर राइट ह्यान्ड ड्राइभमा समेत आएको छ...

चिनीयाँ सस्ता ईभीले अमेरिकाको तनाव बढ्दो, प्रतिस्पर्धा गर्न छैन ठोस रणनिती

चिनीयाँ सस्ता ईभीले अमेरिकाको तनाव बढ्दो, प्रतिस्पर्धा गर्न छैन ठोस रणनिती

चीनले सस्तो मूल्यमै नयाँ प्रविधी र अत्याधुनिक विशेषतायुक्त ईभी उत्पादन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...