भारतमा लोकप्रिय बन्दै बीवाईडी सील, ३ महिनामा १ हजार बढि कार वुक

बीवाईडीको इलेक्ट्रिक सेडान सील भारतमा लोकप्रिय बन्दै गएको छ । यो कार भारतमा लन्च भएको ३ महिना नवित्दै १ हजार भन्दा बढी यूनिट बुक भएको बीवाइडीले जनाएको छ । बीवाइडी सील भारतमा यसै वर्षको मार्चमा लन्च भएको हो ।

यो प्रिमियम इलेक्ट्रिक कार डायनामिक, प्रिमियम र पर्फमेन्स गरी कुल तीनवटा भेरिएन्टमा उपलब्ध छ । जसको सुरुवाती मूल्य ४१ लाख भारुबाट सुरु हुन्छ । नेपाली बजारमा समेत उपलब्ध यो कारको सुरुवाती मूल्य १ करोड ५ लाख तोकिएको छ ।

सिंगल र डुअल मोटर कन्फिगरेसनको साथ उपलब्ध यसको बेस डायनामिक ट्रिममा ६१.४ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ । जसको पावर २०१ विएचपी र रेन्ज ५१० किलोमिटर दावी गरिएको छ ।

प्रिमियम भेरियन्टमा दिइएको ८२.५६ किलोवाट आवरको ब्याट्रीलाई एकपटपक फुल चार्ज गर्दा ६५० किलोमिटर रेन्ज पाउन सकिन्छ भने यसमा जडान भएको इलेक्ट्रिक मोटरको आउटपुट ३०८ बिएचपी र टर्क ३६० एनएम छ ।

टप स्पेक प्रिमिमयम ट्रिममा ८२.५६ किलोवाट आवरको ब्याट्री उपलब्ध छ । सिंगल चार्जमा ५८० किलोमिटर रेन्ज दावी गरिएको यो भेरिएन्टमा जडित डुअल इलेक्ट्रिक मोटरको आउटपुट ५२३ बिएचपी र टर्क ६७० एनएम छ ।

सम्बन्धित समाचारहरू

नयाँ एट्टो३ को ‘रोड टेष्ट’ सुरु, कहिले हुँदैछ लन्च ?

नयाँ एट्टो३ को ‘रोड टेष्ट’ सुरु, कहिले हुँदैछ लन्च ?

बीवाईडीले आफ्नो लोकप्रिय एसयुभी एट्टो३ को २०२५ मोडललाई चीनमा रोड टेष्ट...

बीवाईडी सिल ईभी अब अटोमेटिक पार्किङ फिचरमा

बीवाईडी सिल ईभी अब अटोमेटिक पार्किङ फिचरमा

२०२५ बीवाईडी सिल इलेक्ट्रिक सेडान लन्च गरिएको छ । यसमा पहिलेको भन्दा...

बीवाईडी ब्लेड ब्याट्रीयुक्त टेस्ला मोडल वाई सार्वजनिक

बीवाईडी ब्लेड ब्याट्रीयुक्त टेस्ला मोडल वाई सार्वजनिक

बीवाईडीको एलएफटी ब्याट्रीबाट चल्ने पहिलो टेस्ला मोडल जर्मनीको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...