यस्तो हुनेछ स्कोडाको सबैभन्दा सानो र सस्तो कार एपिक, सार्वजनिक भयो कन्सेप्ट मोडल
स्कोडा अटोले इन्ट्री लेभल इलेक्ट्रिक कार एपिकको कन्सेप्ट मोडल ल्याएको छ ।...
चाइनिज इलेक्ट्रिक कार निर्माता कम्पनी बीवाईडीले बिल्ट–इन कार कि सहितको स्मार्टवाच सार्वजनिक गरेको छ । यो भन्दा पहिले यसको वारेमा चर्चा भएको भए पनि हाल यो औपचारिक रुपमा सार्वजनिक भएको छ ।
एक जना ब्लगरले सो स्मार्टवाच अनबक्सिङ गरेको भिडियो सार्वजनिक गरे पश्चात यसको चर्चा पनि बढ्दै छ । पहिले स्क्वायर डायल देखिएकोमा अहिले भने यो सर्कुलर डायल डिजाइनमै सार्वजनिक भएको छ । बजारमा उपलब्ध अन्य स्मार्टवाच जस्तै यसको डिजाइन देखिएको छ ।
स्मार्टवाचको तल्लो देब्रे कर्नरमा पावर बटन र माथिल्लो दायाँ कर्नरमा अनलक बटन छ । त्यसैगरी तल्लो दायाँ कर्नरमा लक बटन छ । ओरिजिनल कार कि जस्तै कार्य गर्ने बीवाईडीको सो स्मार्टवाचमा स्मार्ट इग्निसन, सिमलेस इन्ट्री, स्मार्ट लकिङ, विन्डो कन्ट्रोल र टेलगेट ओपनिङ लगायतका फिचर उपलब्ध छन् ।
परम्परागत रुपमा प्रयोगमा रहेको कार कि जस्तै यसले कार्य गर्छ । यो वाहेक यसले स्मार्टवाच र फिटनेस ट्रयाकरको जस्तै कार्य समेत गर्छ । यसममा स्टेप काउन्टिङ, हार्ट रेट मोनिटरिङ, स्लिप ट्रयाकिङ र कलर इन्फर्मेसन रिमाइन्डर लगायतका विभिन्न सुविधा उपलब्ध छन् ।
बीवाईडीको सो स्मार्टवाच ३६० बाई ३६० रिजोलुसनको सफायर स्क्रिनमा उपलब्ध छ र यसलाई एन्ड्रोइड ४.४ र आईओएस ७.१ वा त्यो भन्दा पछिल्लो भर्सनका स्मार्टफोनमा प्रयोग गर्न सकिन्छ ।
यसमा मेडिकल ग्रेड हार्ट रेट सेन्सर, डेली वाटर रेजिस्टेन्स र बिल्ट–इन २०० एमएएच ब्याट्री उपलब्ध छ । सो ब्याट्रीलाई करिव एक महिना सम्मै प्रयोग गर्न सकिन्छ भने ५ देखि ७ दिन सम्म लगातार प्रयोग गर्न सकिन्छ ।
स्कोडा अटोले इन्ट्री लेभल इलेक्ट्रिक कार एपिकको कन्सेप्ट मोडल ल्याएको छ ।...
दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईले सन् २०२८ सम्ममा भारतमा करिब...
काठमाडौं– जिकरको नयाँ ईभी ७ एक्सले प्रि–सेल सुरु भएको १ हप्तामै २० हजार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...