इलेक्ट्रिक कार निर्माता कम्पनी बीवाईडीले ल्यायो स्मार्टवाच जस्तै काम गर्ने कार कि

चाइनिज इलेक्ट्रिक कार निर्माता कम्पनी बीवाईडीले बिल्ट–इन कार कि सहितको स्मार्टवाच सार्वजनिक गरेको छ । यो भन्दा पहिले यसको वारेमा चर्चा भएको भए पनि हाल यो औपचारिक रुपमा सार्वजनिक भएको छ ।

एक जना ब्लगरले सो स्मार्टवाच अनबक्सिङ गरेको भिडियो सार्वजनिक गरे पश्चात यसको चर्चा पनि बढ्दै छ । पहिले स्क्वायर डायल देखिएकोमा अहिले भने यो सर्कुलर डायल डिजाइनमै सार्वजनिक भएको छ । बजारमा उपलब्ध अन्य स्मार्टवाच जस्तै यसको डिजाइन देखिएको छ ।

स्मार्टवाचको तल्लो देब्रे कर्नरमा पावर बटन र माथिल्लो दायाँ कर्नरमा अनलक बटन छ । त्यसैगरी तल्लो दायाँ कर्नरमा लक बटन छ । ओरिजिनल कार कि जस्तै कार्य गर्ने बीवाईडीको सो स्मार्टवाचमा स्मार्ट इग्निसन, सिमलेस इन्ट्री, स्मार्ट लकिङ, विन्डो कन्ट्रोल र टेलगेट ओपनिङ लगायतका फिचर उपलब्ध छन् ।

परम्परागत रुपमा प्रयोगमा रहेको कार कि जस्तै यसले कार्य गर्छ । यो वाहेक यसले स्मार्टवाच र फिटनेस ट्रयाकरको जस्तै कार्य समेत गर्छ । यसममा स्टेप काउन्टिङ, हार्ट रेट मोनिटरिङ, स्लिप ट्रयाकिङ र कलर इन्फर्मेसन रिमाइन्डर लगायतका विभिन्न सुविधा उपलब्ध छन् ।

बीवाईडीको सो स्मार्टवाच ३६० बाई ३६० रिजोलुसनको सफायर स्क्रिनमा उपलब्ध छ र यसलाई एन्ड्रोइड ४.४ र आईओएस ७.१ वा त्यो भन्दा पछिल्लो भर्सनका स्मार्टफोनमा प्रयोग गर्न सकिन्छ ।

यसमा मेडिकल ग्रेड हार्ट रेट सेन्सर, डेली वाटर रेजिस्टेन्स र बिल्ट–इन २०० एमएएच ब्याट्री उपलब्ध छ । सो ब्याट्रीलाई करिव एक महिना सम्मै प्रयोग गर्न सकिन्छ भने ५ देखि ७ दिन सम्म लगातार प्रयोग गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

बागमती प्रदेश सरकारद्वारा उपलब्ध गराइयो चार्जिङ स्टेशनका लागि सात स्थानमा जग्गा

बागमती प्रदेश सरकारद्वारा उपलब्ध गराइयो चार्जिङ स्टेशनका लागि सात स्थानमा जग्गा

वाग्मती प्रदेश सरकारले विद्युतीय बसको चार्जिङ स्टेशन निर्माणका लागि...

यात्री पी–१ सोल्ड आउट हुने चरणमा, अर्डरका लागि आग्रह

यात्री पी–१ सोल्ड आउट हुने चरणमा, अर्डरका लागि आग्रह

काठमाडौं – नेपालमै बनेको इलेक्ट्रिक मोटरसाइकल यात्री पी–१ को स्टक सकिन...

एमजी जेडएस इभीको फेसलिफ्ट मोडल सार्बजनिक, ठूलो ब्याट्री प्याक र प्रिमियम फिचर्स थप

एमजी जेडएस इभीको फेसलिफ्ट मोडल सार्बजनिक, ठूलो ब्याट्री प्याक र प्रिमियम फिचर्स थप

एमजी मोटर्सले २०२२ जेडएस इभीको फेसलिफ्ट मोडल सार्बजनिक गरेको छ । भारतीय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...