युरोपमा टेस्लालाई पहिलो पटक पछि पा-यो बीवाईडीले

युरोपमा पहिलो पटक टेस्ला भन्दा बढी कार बिक्री गरेर चिनियाँ कार निर्माता कम्पनी बीवाईडीले नयाँ रेकर्ड कायम गरेको छ । गत अप्रिल महिनामा बीवाईडीले ७ हजार २३१ ब्याट्रीबाट संचालित हुने इलेक्ट्रिक भेइकल (बीईभी) बिक्री गरेको छ भने टेस्लाले ७ हजार १६५ युनिट मात्र यस्ता गाडी बिक्री गर्न सफल भएको छ ।

अटोमोटिभ इन्टेलिजेन्स फर्म जाटो डाइनामिक्सले सार्वजनिक गरेको रिपोर्टबाट यो तथ्य वाहिरिएको हो । बीवाईडीले लगातार रुपमा अन्तर्राष्ट्रिय बजार समेत बढाइरहेको समयमा गत वर्ष भन्दा यो वर्षको अप्रिल महिनामा युरोपमा ३५९ प्रतिशत बढी बजार बनाउन सफल भएको छ । अर्कोतिर टेस्लाले भने लगातार रुपमा मासिक भोलुम घटाइरहेको छ र सो भोलुम अप्रिलमा ४९ प्रतिशत पुगेको छ । जाटोले युरोपका २८ देशमा गरेको सर्वेक्षणबाट यो तथ्यांक सार्वजनिक गरेको हो ।

गत अक्टोबरमा युरोपेली युनियनले चीनमा निर्मित गाडीमा बढी कर लगाउने घोषणा गरे पश्चात टेस्लाका गाडीमा भने कम मात्र कर लाग्ने व्यवस्था छ । यस अनुसार टेस्लामा ७.८ प्रतिशत मात्र कर लाग्ने गरेको छ भने बीवाईडीमा १७ प्रतिशत सम्म लाग्ने गरेको छ । यो अवस्थामा समेत बीवाईडीले टेस्लालाई पछि पारेको अवस्था छ ।

टेस्लाको पुरानै मोडल र यसका मालिक इलन मस्कको ट्रम्पसँगको निकटताका कारण युरोपमा व्यापार खस्किँदा बीवाईडीलाई यो सफलता प्राप्त भएको विश्लेषण गरिएको छ ।

जाटोका ग्लोबल अटोमोटिभ एनालिस्ट फेलिप मुनोजले यी दुई कम्पनीको अप्रिलमा भएको बिक्री युनिटको फरक थोरै भए पनि यसले ठूलो अर्थ राख्ने बताए । युरोपमा पहिले देखि नै लोकप्रिय फियाट र सिट लगायतका ब्रान्डलाई समेत बीवाईडीले पछि पारेको जाटोले उल्लेख गरेको छ ।

बीवाईडीको यो वृद्धि हंगेरीमा शुरु हुने प्लान्ट संचालनमा आउनु भन्दा पहिले नै आएको छ । हंगेरीमा बीवाईडीको प्लान्ट संचालन हुने क्रममा छ । त्यसपछि झन युरोपमा यस्ता ईभी कम्पनीहरुको प्रतिस्पर्धा झनै रोचक बन्ने छ ।

सम्बन्धित समाचारहरू

भारतमा ९० प्रतिशत बजार हिस्सा यी ५ ब्राण्डका इलेक्ट्रिक स्कुटरको, नेपालमा भन्दा फरक

भारतमा ९० प्रतिशत बजार हिस्सा यी ५ ब्राण्डका इलेक्ट्रिक स्कुटरको, नेपालमा भन्दा फरक

भारतमा हरेक महिना इलेक्ट्रिक टु ह्विलरको बिक्री ग्राफ बढ्दै गएको छ ।...

घर तथा अफिसमा खानाको होम डेलिभरी गर्ने ‘भोज’ अब बुटवलमा पनि

घर तथा अफिसमा खानाको होम डेलिभरी गर्ने ‘भोज’ अब बुटवलमा पनि

बुटवल – रेस्टुरेन्ट, होटल तथा क्याफेका परिकारको होम डेलिभरी गर्दै आएको...

यस्तो छ चाइनिज मोबाइल फोन कम्पनी शाओमीले ल्याएको नयाँ इलेक्ट्रिक स्कुटर

यस्तो छ चाइनिज मोबाइल फोन कम्पनी शाओमीले ल्याएको नयाँ इलेक्ट्रिक स्कुटर

चीनको प्रसिद्ध मोबाइल फोन निर्माता कम्पनी शाओमीले स्कुटर, गेमिङ मोनिटर र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...