ललितपुरमा खुल्यो बीवाईडीको नयाँ शोरुम, अब नेपालभर १२ शोरुम

विद्युतीय सवारीसाधनको क्षेत्रमा विश्वव्यापी रुपमै अग्रणी कम्पनी बीवाईडीले ललितपुरमा नयाँ शोरुमको उद्घाटन गरेको छ । यस शोरुम उद्घाटनले बीवाईडीको विस्तार रणनीतिमा एक महत्वपूर्ण कोसेढुङ्गाको कार्य गरेको छ, जसले विद्युतीय सवारी साधन प्रविधिमा भएको नवीनतम प्रगति र दिगो यातायातको लागि आफ्नो बलियो प्रतिबद्धतालाई प्रमाणित गरेको छ । सम्भावित खरिदकर्ता र ग्राहकहरुका लागि यसले ‘वान स्टप सोलुसन’ प्रदान गर्दछ, जहाँ एक्सचेन्ज, फाइनान्सिङका साथै फास्ट चार्जिङ स्टेसन समेत उपलब्ध हुनेछ । यसले बीवाईडीको पहुँचयोग्य र दक्ष चार्जिङ पूर्वाधार उपलब्ध गराउने प्रतिबद्धतालाई समेत प्रमाणित गर्ने कम्पनीको भनाइ छ ।

नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकको डिलर इको ड्राइभ अटोमोबाइल प्रालिले ललितपुरमा उक्त शोरुम सञ्चालनमा ल्याएको हो । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उक्त शोरुमको उद्घाटन गरे । उक्त अत्याधुनिक शोरुममा नेपालकै पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभी बीवाईडी एट्टो ३ र भर्सटाइल बीवाईडी डल्फिन लगायतका विभिन्न अत्याधुनिक इलेक्ट्रिक सवारी साधन हुनेछन् र ग्राहकले त्यहाँ ती सवारी साधनमार्फत अद्वितीय अनुभव प्राप्त गर्न सक्ने छन् ।

शोरुम उद्घाटन गर्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बीवाईडीका गाडी वातावरणमैत्री हुनुका साथै यात्राका लागि उपयुक्त रहेको बताए ।

साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बीवाईडी गाडीको बिक्रीलाई मात्र नभई बिक्रीपछिको सेवालाई पनि उत्तिकै प्राथमिकता दिएको बताइन् ।

विश्वको नम्बर १ न्यु इनर्जी भेइकल सेल्स च्याम्पियनको रुपमा बीवाईडीले अटोमोटिभ उद्योगमा क्रान्तिकारी परिवर्तन गर्न नेतृत्व गरिरहेको छ । ललितपुरमा उद्घाटन गरिएको नयाँ शोरुमले पनि विश्वव्यापी रुपमा दिगो मोबलिटी समाधान प्रदान गर्ने बीवाईडीको प्रतिबद्धतालाई उजागर गर्दछ ।

शोरुम उद्घाटनको अवसरमा नेसनल सेल्स हेड श्री प्रकाश तुलाधरले आफ्नो उत्साह बाँड्दै भने, ‘ललितपुरमा यो नयाँ शोरुमको उद्घाटनसँगै नेपालमा आफ्नो उपस्थिति विस्तार गर्न पाउँदा हामी हर्षित छौं । यो सुविधाले हाम्रा अत्याधुनिक विद्युतीय सवारी साधनहरू प्रदर्शन गर्ने प्लेटफर्मको रूपमा मात्र काम गर्दैन, यस क्षेत्रमा दिगो यातायात अभ्यास प्रवद्र्धन गर्न एक हबको रूपमा समेत कार्य गर्दछ ।’

आगामी दिनमा छिट्टै ललितपुर क्षेत्रमा एक समर्पित ग्राहक सेवा केन्द्रको समेत स्थापना गरिने छ, जहाँ विद्युतीय सवारी साधन प्रयोग गर्न चाहने ग्राहकहरुका लागि आवश्यक जानकारी र सहयोग प्रदान गर्न तालिम प्राप्त कर्मचारीहरु रहने छन् ।

यो नयाँ शोरुम सहित बीवाईडीका अब नेपालभर १२ शोरुम, ९ सर्भिस सेन्टर र १५ चार्जिङ प्वाइन्ट पुगेका छन् ।

सम्बन्धित समाचारहरू

५ महिनामा नेपाल भित्रिए झण्डै ४ अर्ब बराबरको १३५३ युनिट विद्युतीय गाडी

५ महिनामा नेपाल भित्रिए झण्डै ४ अर्ब बराबरको १३५३ युनिट विद्युतीय गाडी

काठमाडौं – चालु आर्थिक वर्षको पहिलो ५ महिनाको अवधिमा १३५३ युनिट विद्युतीय...

नेपाल मोबिलटी एक्सपोमार्फत सार्बजनिक हुँदै मिफा७, यस्तो छ प्रिमियम एमपीभीका विशेषता

नेपाल मोबिलटी एक्सपोमार्फत सार्बजनिक हुँदै मिफा७, यस्तो छ प्रिमियम एमपीभीका विशेषता

काठमाडौं– साउन २१ गते काठमाडौंमा आयोजना हुन लागेको नाइमा नेपाल मोबिलिटी...

दुबई एयर शोमा उड्ने ट्याक्सी प्रदर्शन हुने, १,५०० कम्पनी सहभागी हुने

दुबई एयर शोमा उड्ने ट्याक्सी प्रदर्शन हुने, १,५०० कम्पनी सहभागी हुने

दुबईले आगामी नोभेम्बर १७ देखि २१ सम्म दुबई एयर शो २०२५ आयोजना गर्ने भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...