भक्तपुरको सल्लाघारीमा खुल्यो बीवाईडीको नयाँ शोरुम

बीवाईडीले भक्तपुर सल्लाघारीमा नयाँ सुविधा सम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले भव्य समारोह बीच वि माई अटोमोबाइल्सको नाममा नयाँ शोरुम उदघाटन गरेको हो ।

शोरुम शुभारम्भ गर्दै वि माई अटोमोबाइल्सका प्रबन्ध निर्देशक नरेन्द्र कुमार रानाले ग्राहकहरु माझ बढ्दै गएको बीवाईडीको लोकप्रियतालाई मध्यनजर गर्दै नयाँ शोरुम सञ्चालनमा ल्याउन पाँउदा आफू निकै उत्साहित भएको र ग्राहकहरुको बढ्दो मागलाई परिपुर्ति गर्दै निरन्तर गुणस्तरीय सेवा तथा सुविधा प्रदान गर्न बीवाईडी प्रतिबद्ध रहेको जानकारी गराए ।

सो अवसरमा बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकका सीईओ शाहिल श्रेष्ठले बीवाईडी ब्रान्ड र नेपालमा यसको लोकप्रियता वारेमा र बीवाईडीका ब्रान्ड एम्बेसडर कलाकार हरिबंश आचार्यले बीवाईडी र विद्युतीय सवारी साधन चढ्दा हुने फाइदा वारेमा जानकारी प्रदान गरेका थिए ।

नेपालको विद्युतीय गाडीको बजारमा राम्रो बजार हिस्सा ओगटेको बीवाईडीले नयाँ इलेक्ट्रिक एसयूभी एट्टो थ्री सार्वजनिक गरेसँगै नयाँ शोरुमहरु पनि सञ्चालनमा ल्याइएको छ । बीवाईडीको गाडी चढ्ने हरेक ग्राहकको आवश्यकता पूरा गर्न बीवाईडीले विक्रेता सञ्जाल विस्तारलाई विशेष प्राथमिकता दिई अघि बढिरहेको बताएको छ ।

बीवाइडीले नेपालभरि आफ्नो सञ्जाल विस्तार गरिरहेको छ र वीरगन्ज र जनकपुरमा पनि डिलरहरु नियुक्त गरेको छ । उक्त स्थानका शोरुमहरु पनि चाँडै नै सञ्चालनमा आउने कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

सुनराका इलेक्ट्रिक स्कुटरको मूल्य सूची सार्वजनिक, दुई मोडल आउँदै

सुनराका इलेक्ट्रिक स्कुटरको मूल्य सूची सार्वजनिक, दुई मोडल आउँदै

काठमाडौं – नेपाली बजारमा भित्रिने तयारीमा रहेको नयाँ इलेक्ट्रिक स्कुटर...

नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक बाइक सुपर सोको टीसी म्याक्स (मूल्य र विशेषता सहित)

नेपाली बजारमा उपलब्ध इलेक्ट्रिक बाइक सुपर सोको टीसी म्याक्स (मूल्य र विशेषता सहित)

नेपाली बजारमा सुपर सोको टीसी म्याक्स इलेक्ट्रिक बाइक बिक्रीका लागि उपलब्ध...

आज विश्व ईभी दिवस, ईभीको प्रयोग र लोकप्रियता वढ्दै

आज विश्व ईभी दिवस, ईभीको प्रयोग र लोकप्रियता वढ्दै

आज अर्थात सेप्टेम्वर ९ लाई विश्व ईभी दिवसका रुपमा मनाइदै छ । सन् २०२० मा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...