बीवाईडीले बेच्यो एक महिनामै ५ लाख बढी कार, आयमा पहिलो पटक उछिन्यो टेस्लालाई
बीवाईडीले पहिलो पटक एक महिनामै ५ लाख भन्दा बढी युनिट कार बिक्री गर्न सफल...
काठमाडौं–बीवाईडीले आफ्नो प्लग–इन हाइब्रिड टेक्नोलोजीको नयाँ भर्सन सार्वजनिक गरेको छ । कम्पनीले हालै हाइब्रिड टेक्नोलोजी ‘डुअल मोड’(डिएम) को पाँचौं जेनेरेशन सार्वजनिक गरेको हो । उक्त प्रबिधी प्रयोग गरेर कम्पनीले क्विन एल र सील ०६ मोडलका दुईवटा कार समेत ल्याएको छ ।
यी दुबै कारमा १.५ लिटर क्षमताको प्लग–इन–हाइब्रिड पेट्रोल ईन्जिन जडान गरिएको छ । साथै कारमा १०.०८ र १५.८७ किलोवाट आवर अप्सनमा बीवाईडी ब्लेड ब्याट्रीको अप्सन दिइएको छ । यसमा जडान गरिएको इलेक्ट्रिक मोटरले १६० किलोवाट पावर र २६० एनएम टर्क जेनेरेट गर्दछ भने इन्जिनको पावर ७४ किलोवाट तथा टर्क १२६ एनएम छ ।

कम्पनीका अनुसार सो नयाँ प्रविधि प्रयोग गरिएको गाडीलाई २.९ लिटर इन्धन खर्च गरेर १०० किलोमिटर यात्रा गरिएको थियो । ब्याट्रीलाई पुरा चार्ज गर्दा र फुल ट्यांक तेल हालेर चलाउँदा यसको समग्र रेन्ज २१०० किलोमिटर रहेको कम्पनी दावी छ ।
बीवाइडीको यो नयाँ प्रबिधीले हाइब्रिड टेक्नोलोजी जायन्ट टोयोटासंग कडा प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । प्लग–इन हाइब्रिड टेक्नोलोजी उपलब्ध गाडीलाई पेट्रोल इन्जिनसँगै रिचार्जेबल ब्याट्रीबाट चलाउन सकिन्छ । यसले गाडीको इन्धन खपतमा सुधार गर्ने तथा मूल्य बचत गर्न मद्धत गर्दछ ।
बीवाईडीले पहिलो पटक एक महिनामै ५ लाख भन्दा बढी युनिट कार बिक्री गर्न सफल...
बीवाईडीले हालै लन्च गरेको नयाँ एसयुभी सिलायन ०६ ले एक महत्वपूर्ण रेकर्ड...
जापनिज अटो जायन्ट टोयोटाले चीनमा बीवाइडीको प्लेटफर्म प्रयोग गरी हाइब्रिड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...