बीवाईडीको एसेम्वल प्लान्ट अव पाकिस्तानमा पनि, ईभी बजारको ठूलो हिस्सा कब्जा गर्ने योजना
न्यू इनर्जी भेइकलमा कहलिएको ब्राण्ड बीवाईडीले पाकिस्तानमा समेत आफ्नो...
विश्वको सबैभन्दा ठूलो न्यू इनर्जी भेइकल उत्पादक बीवाइडीले नयाँ हाइब्रिड सेडान ल्याउने भएको छ । क्विन एल नामले आउने तयारीमा रहेको सो नयाँ सेडानमा १.५ लिटर क्षमताको इन्जिन जडान हुनेछ । जसको पावर ७४ किलोवाट हुनेछ भने इलेक्ट्रिक मोटरले १६० किलोवाटसम्म पावर जेनेरेट गर्न सक्ने जनाइएको छ ।
सो नयाँ कार १६ र १० किलोवाट आवरको ब्याट्री प्याक अप्सनमा उपलब्ध हुनेछ । जसमध्ये १६ किलोवाट आवरको ब्याट्रीले ९० किलोमिटर र १० किलोवाट आवरको प्याकले ६० किलोमिटर इलेक्ट्रिक रेन्ज दिने दावी गरिएको छ । कारको मूल्य १६ हजार ७०० डलर पर्ने अनुमान गरिएको छ ।
कारको डिजाइन बीवाईडी हानबाट प्रेरित हुने बताइएको छ । कारमा ठूलो आकारको बम्पर, सेन्ट्रल टचस्क्रिन, वायरलेस चार्जर र बीवाईडीको नयाँ इन्फोटेन्मेन्ट सिस्टम लगायत फिचरहरु उपलब्ध हुनेछ । सो नयाँ कार हाल उपलब्ध क्विन प्लस मोडलको तुलनामा केही ठूलो र आरामदायी समेत हुनेछ ।
बीवाइडीले हाल प्योर इलेक्ट्रिकको साथै प्लग–इन–हाइब्रिड मोडलका कार उत्पादन गरी विश्व बजारमा निर्यात गर्दै आएको छ । सन् २०२३ मा कम्पनीले क्लिन प्लस हाइब्रिड मोडल ४ लाख ८२ हजार यूनिट बिक्री गरेको थियो ।
न्यू इनर्जी भेइकलमा कहलिएको ब्राण्ड बीवाईडीले पाकिस्तानमा समेत आफ्नो...
बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले...
काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले विभिन्न...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...