क्यानडेली कम्पनीद्वारा जासुसीका लागि ड्रोन र राडारबाट लुक्न सक्ने विशेष इलेक्ट्रिक बाइकको विकास
क्यानडाको एक कम्पनीले सेनाका लागि जासुसी र निगरानी कार्यमा प्रयोग गर्न...
बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपाली बजारमा उपलब्ध बीवाईडीका विभिन्न मोडलका गाडीको मूल्य समायोजन गरेको छ ।
सरकारले केही समय पहिले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१।८२ को बजेटमार्फत सरकारी कर नीतिमा गरेको परिवर्तनका कारण सो मूल्य समायोजन गरिएको हो ।
सरकारले इलेक्ट्रिक गाडीमा हुने मोटर क्षमताको आधारमा भन्सार तथा अन्तःशुल्क वृद्धि गरेको छ । नयाँ नीति अनुसार अन्य इलेक्ट्रिक गाडी जस्तै बीवाईडीका विभिन्न मोडलको समेत मूल्यमा प्रभाव परेको हो ।
नयाँ मूल्य सूची अनुसार बीवाईडी एट्टो ३ एड्भान्स्डको मूल्य ५६ लाख ९० हजार र एट्टो ३ सुपेरियरको मूल्य ६७ लाख ८० हजार रुपैयाँ पुगेको छ । यी गाडीको मूल्यमा क्रमशः ९१ हजार र १ लाख ९२ हजार रुपैयाँ मूल्य वृद्धि भएको छ ।
त्यसैगरी बीवाईडी डल्फिनको मूल्य ३९ लाख ८० हजार बाट ४१ लाख १५ हजार रुपैयाँ पुगेको छ । यसमा १ लाख ३५ हजार रुपैयाँ मूल्य वृद्धि भएको छ ।
बीवाईडी सिलका तीन भेरिएन्टको मूल्य क्रमशः १ करोड १० लाख, १ करोड ४५ लाख ५० हजार र १ करोड ९५ लाख पुगेको छ । यी तीन भेरिएन्टमा क्रमशः ५ लाख, ६ लाख ५० हजार र १० लाख रुपैयाँ मूल्य बढेको छ ।
| Model | Variant | Existing Price (NPR) | New Price (NPR) | Price Increase (NPR) |
| BYD ATTO 3 | Advanced | 55,99,000 | 56,90,000 | 91,000 |
| BYD ATTO 3 | Superior | 65,88,000 | 67,80,000 | 1,92,000 |
| BYD Dolphin | 39,80,000 | 41,15,000 | 1,35,000 | |
| BYD Seal | Dynamic | 1,05,00,000 | 1,10,00,000 | 5,00,000 |
| BYD Seal | Premium | 1,39,00,000 | 1,45,50,000 | 6,50,000 |
| BYD Seal | Performance | 1,85,00,000 | 1,95,00,000 | 10,00,000 |
साइमेक्स इंकले आगामी दिनमा समेत नेपाली ग्राहकलाई उच्च प्रविधियुक्त र वातावरणमैत्री इलेक्ट्रिक सवारी साधन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।
बीवाईडी हाल न्यु इनर्जी भेइकल उत्पादन गर्ने विश्वकै अग्रणी सवारी साधन उत्पादक मानिन्छ । गुणस्तर, विश्वसनिय र अत्याधुनिक प्रविधिका लागि बीवाईडीका सवारी साधन परिचित छन् ।
बीवाईडी हाल चलिरहेको युरो २०२४ को प्रायोजक समेत हो । यसले विश्व स्तरमा दिगो मोबिलिटीका लागि कम्पनीको प्रतिबद्धता दर्शाउछ ।
बीवाईडी सवारी साधनका वारेमा जानकारी लिनका लागि नजिकको बीवाईडी शोरुम भ्रमण गर्न र www.cimex.com.np मार्फत विभिन्न मोडलका गाडी तथा मूल्य वारेमा थप जानकारी लिन सकिन्छ ।
क्यानडाको एक कम्पनीले सेनाका लागि जासुसी र निगरानी कार्यमा प्रयोग गर्न...
जिमिनी इन्कर्पोरेट प्रालिले नेपाल ल्याएको रेसिन्स इलेक्ट्रिक कारको...
सन् १९७२ मा लन्च गरिएको काइनेटिक ग्रुपको लोकप्रिय मोडल लुना मोपेड...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...