३० औं वार्षिकोत्सवको अवसरमा बिवाईडी नेपालद्धारा १०० युनिट गाडी डेलिभरी

काठमाडौं– बिवाईडीको ३० औं वार्षिकोत्सव र १ करोड न्यू इनर्जी भेइकल उत्पादनको अवसरमा साईमेक्स इंकले नेपालभर १०० यूनिट विद्युतीय गाडी डेलिभरी गरेको छ ।

यस उपलब्धिले नेपाललाई दिगो यातायाततर्फ उन्मुख गराएको र हरित भविष्यप्रति बीवाईडिले देखाएको प्रतिबद्धता झल्किने कम्पनीले जनाएको छ । वार्षिकोत्सवको अवसरमा १०० विद्युतीय गाडी डेलिभरीले नेपालको दिगो यातायात समाधान प्रतिको रुचि र बिवाईडीको प्रविधिमाथि ग्राहकहरूको विश्वास गरेको प्रष्ट हुने कम्पनी भनाई छ ।

कम्पनीका अनुसार विश्वव्यापी रूपमा बिवाईडीले १ करोड न्यू इनर्जी भेइकल उत्पादन गरी नयाँ माइलस्टोन कायम गरेको छ भने यसले नवप्रवर्तन, दिगोपन, र शून्य उत्सर्जन तर्फको भविष्यप्रति आफ्नो प्रतिबद्धता समेत प्रमाणित गरेको छ ।

साईमेक्स इंकले नेपालमा बिवाईडीका एट्टो३, डल्फिन र सिल जस्ता आधुनिक मोडलहरू बिक्री गर्दै आएको छ । यी ईभीमा उपलब्ध गराइएको अत्याधुनिक ब्लेड ब्याट्री प्रविधि, सुरक्षाको उच्च स्तर र उत्कृष्ट प्रदर्शनका कारणले नेपाली ग्राहकहरूको रोजाइमा परेका छन् ।

‘बिवाईडीको ३० औं वार्षिकोत्सवमा नेपालभर १०० गाडी डेलिभरीको उपलब्धि हाम्रो लागि गर्वको क्षण हो । यो हाम्रो टोलीको मेहनत र ग्राहकहरूको विश्वासको प्रमाण समेत हो । संगसंगै, हामी नेपालको दिगो यातायाततर्फ यात्राको गति बढाउँन मदत पनि गर्दैछौ’ साइमेक्स इंकका नेश्नल सेल्स हेड आशुतोष गौतमले भने ।

सम्बन्धित समाचारहरू

बीवाईडी एम६ को खुल्यो बुकिङ, १ लाख ५० हजार नगद छुट

बीवाईडी एम६ को खुल्यो बुकिङ, १ लाख ५० हजार नगद छुट

काठमाडौं – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी...

चाइनिज ईभीले पायो ‘जापान ईभी अवार्ड २०२४’

चाइनिज ईभीले पायो ‘जापान ईभी अवार्ड २०२४’

चाइनिज ईभी निर्माता कम्पनी बीवाईडीले जापानको ईभी बजारमा महत्वपूर्ण...

फेब्रुअरीमा इन्डोनेसियाको बेस्ट सेलिङ बीईभी बन्यो बीवाईडी एट्टो १

फेब्रुअरीमा इन्डोनेसियाको बेस्ट सेलिङ बीईभी बन्यो बीवाईडी एट्टो १

बीवाईडी एट्टो १ ईभी यो वर्षको फेब्रुअरी महिनामा इन्डोनेसियामा सबैभन्दा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...