हाइग्राउन्ड पोखरामा जिपलाइन गर्नेलाई अन्नपूर्ण केवलकारको टिकट नि:शुल्क
पोखरा – सन् २०१० देखि सञ्चालनमा रहेको नेपालकै पहिलो र लामो जिपलाइनको...
काठमाडौं – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले नेपाली बजारमा उपलब्ध गराउने एमपीभी एम६ को खुद्रा मूल्य सार्वजनिक गरेको छ ।
भन्सार प्रयोजनका लागि सार्वजनिक गरिएको मूल्य सूची ५५.४ र ७१.८ किलोवाट आवर क्षमताको ब्याट्री भएको सो गाडीको मूल्य ५५ लाख र ६० लाख १५ हजार रुपैयाँ पर्नेछ ।
गाडीमा ५५.४ र ७१.८ किलोवाट आवर क्षमताका ब्याट्री हुनेछन् भने १०० किलोवाटको मोटर हुनेछ । साइमेक्सले नेपाली बजारमा यो मोडलको कार चाँडै नै उपलब्ध गराउँदैछ । यद्यपि आधिकारिक जानकारी भने सार्वजनिक भएको छैन ।
एम६ विभिन्न ५ र ७ सिट भएको बहुउद्देश्यिय कार हो । कम्पनीले केही महिनाअघि राइट ह्यान्ड ड्राइभ भर्सनको एम६ उत्पादन गरेको हो । यो कारमा पनि बीवाईडीको अत्याधुनिक नयाँ प्रविधिको ब्लेड ब्याट्री दिइएको छ ।
पहिले बीवाईडीले उपलब्ध गराउँदै आएको ई६ को अर्को संस्करणको रुपमा एम६ लाई लिइएको छ । भारतमा यो ई–म्याक्स७ नाममा बिक्री भइरहेको छ । भारतमा यसले क्रमशः सिंगल चार्जमा ४२० र ५३० किलोमिटरको रेन्ज दिने बताइएको छ ।
ड्रागन फेस डिजाइन, स्पिडी डाइनामिक ह्विल हब, क्रिस्टल डायमन्ड फ्लोटिङ एलईडी हेडल्याम्प, इलेक्ट्रिक एलिगेन्स, इलेक्ट्रिक स्लाइड सहितको प्यानोरामिक ग्लास, भेइकल टु लोड (भीटीओएल) मोबाइल पावर स्टेसन लगायतका विभिन्न फिचर यसमा रहेका छन् ।
साइमेक्स इंकले यो भन्दा गत भदौमा सम्पन्न नाडा अटो शो २०२४ मा यो गाडी प्रदर्शन गने अनुमान गरिएको थियो । अब भने सो गाडी नेपाली बजारमा उपलब्ध हुने भएको छ ।
पोखरा – सन् २०१० देखि सञ्चालनमा रहेको नेपालकै पहिलो र लामो जिपलाइनको...
काठमाडौँ : सेगवे–नाइनबोटले नेपालमा आफ्नो इन्टेलिजेन्ट इलेक्ट्रिक स्कुटर...
काठमाडौं – राइडिङ सेयरिङ एप ‘इन्ड्राइभर’को मूल कम्पनी ‘इन्ड्राइभ’ले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...