टेस्लालाई बीवाईडीको चुनौती, १५ हजार डलरमै लन्च भयो सिल ०६ ईभी

बीवाईडीले टेस्लाको लागि नयाँ चुनौती खडा गर्दै आफ्नो नयाँ इलेक्ट्रिक कार बीवाईडी सिल ०६ ईभी चीनमा लन्च गरेको छ। लगभग १५ हजार २७० अमेरिकी डलरमा लन्च गरिएको सो कारले इलेक्ट्रिक बजारमा ठूलो हलचल ल्याउने अपेक्षा गरिएको छ।

सिल ०६ ईभी यसअघि मे २०२४ मा स्थानीय बजारमा लन्च भएको सिल ०६ डीएम-आई प्लग-इन हाइब्रिडको इलेक्ट्रिक विकल्प हो। यस नयाँ संस्करणले बीवाईडीलाई इलेक्ट्रिक कार बजारमा अझ सुदृढ बनाउने विश्वास गरिएको छ।

बीवाईडी सिल ०६ ईभी ई-प्लेटफर्म ३.० इभो प्लेटफर्ममा आधारित छ। यसमा फ्लस डोर ह्यान्डल, स्लिक रूफलाइन र सिंगल टेललाइट युनिटले यसको आधुनिक र आकर्षक डिजाइनलाई जोड दिएको छ।

यसको डाइमेन्शन  ४७२०/१८८०/१४९५ एमएम र यसको ह्विलबेस २८२० एमएम छ। यसको इलेक्ट्रिक भेरिएन्ट प्लग-इन हाइब्रिड सिबलिंग भन्दा ११० एमएम छोटो र ५ एमएम चौडा भए पनि, यसको ह्विलबेस ३० एमएमले बढाएर २८२० एमएम गरिएको छ।

सिल ०६ ईभीको इन्टेरियर अन्य बीवाईडी ब्रान्डेड मोडलसँग मिल्दोजुल्दो छ। यसमा ठूलो घुमाउरो १५.६ इन्च स्क्रिन र सानो एलसीडी इन्स्ट्रयुमेन्ट प्यानल समावेश छ । कारको केन्द्र टनेलमा दुई वायरलेस चार्जिङ प्याड र कप होल्डर समावेश छ । साथै यसमा ६५ लिटर फ्रङ्क, क्याबिन भित्र २४ स्टोरेज स्पेस र ट्रंक स्पेस ४२३ लिटर छ।

एन्ट्री-लेभल बीवाईडी सिल ०६ ईभीमा ११० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर जडान गरिएको छ र यो ४६.०८ किलोवाट आवर एलएफपी ब्याट्रीद्वारा संचालित छ । सो मोडलले ४७० किलोमिटरको सीएलटीसी रेन्ज प्रदान गर्छ। सो एसयूभीको उच्चतम गति १६० किलोमिटर प्रति घण्टा छ र यसको ब्याट्री ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न २४ मिनेट मात्र लाग्छ।

सम्बन्धित समाचारहरू

बीवाईडी सिल रुचाउने ग्राहकको रोजाइ : लक्जरी, पावर एवं पर्फमेन्स र उच्च रेन्ज

बीवाईडी सिल रुचाउने ग्राहकको रोजाइ : लक्जरी, पावर एवं पर्फमेन्स र उच्च रेन्ज

बीवाईडीको नयाँ इलेक्ट्रिक सेडान सिलले अहिले नेपाली बजारमा निकै चर्चा...

ड्राइभ टु डिस्कभर : शिवपुरी सम्म पुगेर यसरी गरियो २०२४ भर्सनको बीवाईडी एट्टो ३ को परीक्षण

ड्राइभ टु डिस्कभर : शिवपुरी सम्म पुगेर यसरी गरियो २०२४ भर्सनको बीवाईडी एट्टो ३ को परीक्षण

काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकको आयोजनामा...

प्लग–इन–हाइब्रिड र इलेक्ट्रिक पावरट्रेनमा आयो बीवाईडी सिलायन ०५, मूल्य र रेन्ज कति ?

प्लग–इन–हाइब्रिड र इलेक्ट्रिक पावरट्रेनमा आयो बीवाईडी सिलायन ०५, मूल्य र रेन्ज कति ?

बीवाईडीले आफ्नो न्यू इनर्जी भेइकल(एनईभी)मा अर्को नयाँ मोडल सिलायन ०५ थप...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...