बीवाईडीले ल्यायो संसारकै सबैभन्दा धेरै रेन्ज दिने विद्यूतीय कार, यस्तो छ विशेषता

बीवाईडीले संसारकै सबैभन्दा धेरै रेन्ज दिने विद्यूतीय कार लन्च गरेको छ । कम्पनीले आफ्नो प्रिमियम न्यू इनर्जी भेइकल ब्रान्ड अन्तर्गत डेन्जा जेड९ जिटी लन्च गरेको हो ।

कम्पनीले यसअघि नै उपलब्ध डेन्जा जेड९ जीटीलाई रिफ्रेस गरेर ल्याएको हो । पाँच भेरियन्टमा उपलब्ध सो नयाँ कारको मूल्य ३९ हजार १०० डलरदेखी ५३ हजार ६०० डलरसम्म पर्ने जनाइएको छ । कार सिंगल–मोटर रियर–ह्वील–ड्राइभमा उपलब्ध छ ।

ब्लेड ब्याट्री २.० जडान गरिएको यस कारले सिंगल चार्जमा १,०३६ किलोमिटर( सीएलटीसी) रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । यस कारलाई बीवाईडीले विश्वकै सबैभन्दा धेरै रेन्ज दिने प्योर इलेक्ट्रिक कार भनेको छ ।

डेन्जा जेड९ जीटीमा नयाँ कोलम शिफ्टर, पुनः डिजाइन गरिएको स्टेयरिङ ह्वील र डायनमिक एम्विएन्ट लाइटिङ समावेश गरिएको छ । कारको इन्टेरियरमा ठूलो फ्लोटिङ सेन्ट्रल कन्ट्रोल स्क्रिनका साथ तीनवटा स्क्रिन लेआउट उपलब्ध गराइएको छ ।

कारमा कार्बन फाइबर इन्टेरियर प्याकेज, थ्री स्पोक स्पोट्र्स स्टेयरिङ ह्वील, टच बुस्ट रेसिङ प्याडल, नयाँ एयर भेन्ट डिजाइन, प्रिमियम मेटल कोलम शिफ्टर, डायमन्ड क्विल्टिङ र विशेष ब्याजिङ जस्ता आधुनिक फिचर उपलब्ध गराइएको छ ।

सम्बन्धित समाचारहरू

विश्वमा बिक्री भएका टप १० ईभी मध्ये ५ बीवाईडी र २ टेस्लाका इलेक्ट्रिक कार

विश्वमा बिक्री भएका टप १० ईभी मध्ये ५ बीवाईडी र २ टेस्लाका इलेक्ट्रिक कार

मार्केट रिसर्च एजेन्सी काउन्टरप्वाइन्ट रिसर्चले सार्वजनिक गरेको पछिल्लो...

विश्वका टप १० फ्युचर रेडी कारको सूची सार्वजनिक : ३ चाइनिज ब्रान्ड, बीवाईडी दोस्रो नम्बरमा

विश्वका टप १० फ्युचर रेडी कारको सूची सार्वजनिक : ३ चाइनिज ब्रान्ड, बीवाईडी दोस्रो नम्बरमा

विश्वका टप १० सबैभन्दा बढी ‘फ्युचर रेडी’ अर्थात भविष्यका लागि तयार...

४३ लाख ९९ हजारमै आयो बीवाईडी एट्टो २, नाडा अटो शोमा सार्वजनिक

४३ लाख ९९ हजारमै आयो बीवाईडी एट्टो २, नाडा अटो शोमा सार्वजनिक

काठमाडौं–बीवाईडीको वहुप्रतिक्षित एसयूभी एट्टो२ लन्च भएको छ । बीवाईडीको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...