चिनियाँ बजारमा बीवाईडीको दवदवा, पछि परे धेरै ब्रान्ड

यो वर्षको अप्रिल महिनामा चीनमा बिक्री भएका न्यु इनर्जी भेइकलमा बीवाईडीले उल्लेखनिय उपलब्धि हासिल गरेको छ । अप्रिल महिनामा बीवाईडीले ३ लाख १२ हजार ४८ युनिट कार बिक्री गर्न सफल भएको छ । बीवाईडी अन्तर्गत सो ग्रुपमा रहेका डेन्जा, फाङ चेङ बाओ र याङ वाङ समेत सामेल छन् ।

दोस्रो स्थानमा रहेको चांगानले यो महिनामा ५१ ह्जार ७ सय कार बिक्री गरेको छ । चांगान अन्तर्गत चांगानका साथै अवतार, दिपल र कियुआन समेत रहेका छन् । त्यसैगरी गरी तेस्रो स्थानमा गिली अटो रहेको छ र यसले ५१ हजार ४२८ कार बिक्री गरेको छ ।

दोस्रो र तेस्रो नम्बरमा रहेका कम्पनीको बिक्रीमा धेरै फरक नभए पनि पहिलो र दोस्रो बिचमा भने धेरै फरक छ । बीवाईडीले एकै पटक यति धेरै उपलब्धि हासिल गरेको पाइन्छ ।

तेस्रो देखि दशौं नम्बर सम्म क्रमशः जीएसी एइअन, लि अटो, एइटो, नियो, लिप मोटर, एक्सपेङ, नेटा र एसएआईसी रहेका छन् ।

नेपाली बजारमा समेत बीवाईडीका साथै चांगान, जीएसी, नेटा जस्ता ब्रान्ड उपलब्ध छन् भने लिप मोटर लगायतका अन्य ब्रान्ड समेत नेपाल भित्रिने तयारीमा रहेका छन् ।

बीवाईडीले कार बिक्रीको मामिलामा हाल टेस्लालाई समेत उछिनेको छ । बीवाईडीमा प्रयोग भएको ब्लेड ब्याट्री निकै नै लोकप्रिय छ ।  यसलाई ब्याट्री प्याकमा ब्लेड जसरी मिलाएर राख्न सकिन्छ । परम्परागत लिथियम ब्याट्री र लिथियम आइरन फस्फेट ब्याट्री भन्दा यो बढी सुरक्षित हुनुका साथै लामो रेन्ज दिने र टिकाउ समेत हुन्छ ।

सम्बन्धित समाचारहरू

विएमडव्लूको यो इलेक्ट्रिक स्कुटर जसले दिन्छ सिंगल चार्जमा १३० किलोमिटर रेन्ज

विएमडव्लूको यो इलेक्ट्रिक स्कुटर जसले दिन्छ सिंगल चार्जमा १३० किलोमिटर रेन्ज

विएमडब्लूले भारतमा नयाँ इलेक्ट्रिक स्कुटर सिई ०४ सोकेश गरेको छ । एस १००० आर...

इलेक्ट्रिक टु ह्विलरमा भारतीय ब्रान्डको वर्चश्व वढ्दै

इलेक्ट्रिक टु ह्विलरमा भारतीय ब्रान्डको वर्चश्व वढ्दै

गत साउन पहिलो साता आईएमई इलेक्ट्रिकले ललितपुर महानगरपालिकालाई ५ थान राफ्ट...

२५० किलोमिटर रेन्ज दिने प्रिमियम इलेक्ट्रिक मोटरसाइकल नेपाल आउने

२५० किलोमिटर रेन्ज दिने प्रिमियम इलेक्ट्रिक मोटरसाइकल नेपाल आउने

नेपाली बजारमा एकपछि अर्को नयाँनयाँ ब्रान्डका इभी आयत हुने क्रम तिव्र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...