विश्वकै टप १० अटोमोबाइल ब्रान्डमा सामेल भयो बीवाईडी, ६ महिनामा बेच्यो साढे १२ लाख गाडी

चिनियाँ गाडी उत्पादक कम्पनी बीवाईडी विश्वकै टप १० अटोमोबाइल ब्रान्डमा सामेल भएको छ । बीवाईडीले मर्सिडिज बेन्ज समूह र बिएमडब्ल्युलाई पनि पछि पार्दै शीर्ष १० ठूला कार उत्पादक कम्पनीहरुमा सामेल भएको हो ।

नवीकरणीय उर्जामा आधारित गाडी (न्यु इनर्जी भेइकल) बनाउने बीवाईडीले सन् २०२३ को पहिलो ६ महिनामा गत वर्षको भन्दा ९६ प्रतिशत धेरै गाडी बिक्री पनि गरेको छ । कम्पनीले यो अवधिमा १२.५ लाख गाडी बिक्री गर्दै शीर्ष १०औं स्थानमा सामेल भएको हो ।

बीवाईडीले गत महिना अर्थात अगस्ट २०२३ मा २ लाख ७४ हजार ३८६ गाडीहरु बिक्री गरेको छ । लगातार चौथो महिनामा बीवाईडीले आफ्नै रेकर्ड तोड्दै अगस्टमा यति गाडीहरु बिक्री गरेको हो । २०२३ को पहिलो ६ महिनामा बीवाईडीको बिक्री पनि ७२.७२ प्रतिशतले बृद्धि भएको छ ।

कम्पनीले यो अवधिमा ३५ अर्ब ६६ करोड अमेरिकी डलर बराबरको व्यापार गरेको छ । बीवाईडी सन् १९९५ मा स्थापित चिनियाँ कम्पनी हो, जसले सुरुवातमा रिचार्ज हुने ब्याट्रीहरुको उत्पादन गर्ने गरेको थियो । जापानबाट चीनमा आयात हुने ब्याट्रीहरुलाई विस्थापित गर्न प्रतिस्पर्धि बनेर आएको बीवाईडीले सन् २००२ बाट गाडीसँग सम्बन्धित कुराहरुको निर्माण गर्न सुरु गरेको थियो ।

सन् २०२२ अप्रिलबाट भने कम्पनीले कम्बसन इञ्जिन गाडीहरुको उत्पादन बन्द गर्ने र विद्युतीय गाडीमा मात्रै केन्द्रित हुने घोषणा गरेको थियो ।

नेपालमा पनि बीवाईडीका गाडी बिक्रीका लागि उपलब्ध छन् । साइमेक्स इंकले बीवाईडीका गाडी बिक्री–वितरण गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

८० प्रतिशतमै किन ईभी ब्याट्री चार्ज रोक्ने ? विश्वभर चल्दै अभियान (विज्ञको भनाइ सहित)

८० प्रतिशतमै किन ईभी ब्याट्री चार्ज रोक्ने ? विश्वभर चल्दै अभियान (विज्ञको भनाइ सहित)

हाल नेपालमा नभए पनि मलेसिया लगायतका विभिन्न देशमा ‘स्टप चार्जिङ एट ८०...

ओमोडा एन्ड जेइकोद्वारा पोखरामा नयाँ शोरूम शुभारम्भ, जेइको जे५ सार्वजनिक

ओमोडा एन्ड जेइकोद्वारा पोखरामा नयाँ शोरूम शुभारम्भ, जेइको जे५ सार्वजनिक

पोखरा – पोखरास्थित ओमोडा एन्ड जेइकोको आधिकारिक वितरक ईलाइट मोटर्स...

नेपालमा उत्पादन हुने सवारी अब दर्ता हुने, निर्देशिकामा थपियो व्यवस्था (सूचना सहित)

नेपालमा उत्पादन हुने सवारी अब दर्ता हुने, निर्देशिकामा थपियो व्यवस्था (सूचना सहित)

काठमाडौं – नेपालमा उत्पादन भएका सवारीसाधन दर्ता गर्ने व्यवस्था यातायात...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...