पेरिस मोटर शोमा यस्तो छ बीवाईडीको प्रस्तुति : युरोपेली बजारलाई अझै दरिलो बनाउने तयारी

चाइनिज कार ब्रान्ड बीवाईडीले हालै चलिरहेको पेरिस मोटर शोमार्फत युरोपेली बजारमा आफ्नो दुई वर्षको उपस्थितिलाई अझै दरिलो बनाउने तयारी गरेको छ ।

दुई वर्ष पहिले सम्पन्न पेरिस मोटर शोमार्फत नै औपचारिक रुपमा युरोपेली बजारमा प्रवेश गरेको बीवाईडीले महत्वपूर्ण प्रगति हासिल गरेको बीवाईडीका भाइस प्रेसिडेन्ट स्टेला लीले बताएका छन् ।

पेरिस मोटर शोमा बीवाईडीले महत्वपूर्ण तीन विषयमा ध्यान केन्द्रित गरेको छ । बीवाईडीको सीलायन ७ युरोपेली बजारमा प्रवेशका साथै बीवाईडीले दुई वर्षको अवधिमा मुख्य युरोेपेली बजारमा गरेको प्रगति तथा फ्रेन्च जनताका लागि अनुभव प्रदान गर्न बीवाईडीका फुल लाइन अप त्यहाँ प्रस्तुत गरिएको छ ।

लीले बीवाईडीको कार शून्य देखि १० लाख प्रोडक्सन युनिट पुग्न १३ वर्ष लागेको र ७० लाख बाट ९० लाख पुग्न भने ६ महिना मात्र लागेको समेत बताए । गत महिना मात्र बीवाईडीले यो तथ्य सार्वजनिक गरेको थियो ।

बीवाईडी सीलायन ७ मिड–साइज प्योर इलेक्ट्रिक एसयूभी हो, जुन पर्फमेन्स, प्राक्टिकालिटी र डाइनामिक डिजाइनका कारण युरोपेली बजारका लागि एकदमै महत्वपूर्ण छ । यसमा क्रान्तिकारी मानिने ब्लेड ब्याट्री, सेल–टु–बडी (सीटीबी) कन्स्ट्रक्सन र क्याबिन इन्टरफेसमा अत्याधुनिक प्रविधि प्रयोग गरिएको छ ।

युरोपेली बजारलाई नै लक्ष्यित गरेर आगामी दिनमा बीवाईडीले ओसन सिरिजका मोडल डल्फिन, सिल र सिल यु समेत लन्च गर्दैछ ।

त्यसैगरी पेरिस मोटर शोमा बीवाईडीले लक्जरी ब्रान्ड याङवाङको यु८ एसयूभी समेत सार्वजनिक गरेको छ, जुन पहिलो पटक फ्रान्समा डेब्यु गरेको हो ।

सो अवसरमा बीवाईडी डल्फिनका साथै एट्टो ३ मा प्रयोग गरिने भेइकल–टु–लोड (भी२एल) टेक्नोलोजी समेत प्रदर्शन गरिएको छ । यसलाई स्टाइलिसका साथै प्राक्टिकल अल–इलेक्ट्रिक एसयूभी समेत भनिन्छ ।

हाल युरोपेली बजारमा बीवाईडीका डल्फिन, सिल, सिल यु र सिल यु डीएम–आई उपलब्ध छन् भने अब छिट्टै सिलायन ७ समेत उपलब्ध हुनेछ ।

युरोपेली बजारलाई महत्वपूर्ण स्थान दिएकै कारण बीवाईडीले युरोपमा दुई लोकल प्रोडक्सन फ्यासिलिटी समेत स्थापना गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

विश्वमा लोकप्रिय बन्दै गरेको बीवाईडी ब्रान्डका विभिन्न मोडल नेपालमा समेत उपलब्ध छन् । नेपालमा साइमेक्स इंकले बीवाईडीका सवारी साधन बिक्री–वितरण गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

इनर्जिका प्रिमियम इलेक्ट्रिक मोटरसाइकलको मूल्य ४२ लाख देखि ५८ लाख सम्म

इनर्जिका प्रिमियम इलेक्ट्रिक मोटरसाइकलको मूल्य ४२ लाख देखि ५८ लाख सम्म

काठमाडौं – हालै नेपाल भित्रिएको इनर्जिका इलेक्ट्रिक मोटरसाइकलको मूल्य...

१२.९८ लाखमा बीवाईडी एट्टो ३ लिन सकिने, एभरेष्ट बैंकले ८० प्रतिशत कर्जा दिने

१२.९८ लाखमा बीवाईडी एट्टो ३ लिन सकिने, एभरेष्ट बैंकले ८० प्रतिशत कर्जा दिने

काठमाडौं – नेपालका लागि बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको...

सशस्त्रका २ पेट्रोल पम्प र अन्य १५ स्थानमा प्राधिकरणले चार्जिङ स्टेसन बनाउने

सशस्त्रका २ पेट्रोल पम्प र अन्य १५ स्थानमा प्राधिकरणले चार्जिङ स्टेसन बनाउने

काठमाडौं – सशस्त्र प्रहरी बल र नेपाल विद्युत प्राधिकरणबीच विद्युतीय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...