फर्चून–५०० मा बीवाइडीले हाँसिल गर्यो २१२ औं स्थान

हरेक वर्ष विश्वका ५०० ठूला कम्पनीको सुची सार्वजनिक गर्दै आएको फर्चूनलेले सन् २०२३ को सूची वाहिर ल्याएको छ । सो सूचीको २१२ औं स्थानमा चीनीयाँ अटो निर्माता बीवाईडीले आफ्नो स्थान सुरक्षित गरेको छ । सूचीको पहिलो स्थानमा वालमार्ट, दोस्रोमा अमेजन र तेस्रोमा एक्सन मोवील सामेल छन् । अघिल्लो वर्ष बीवाइडी सूचीको २२४ औं स्थानमा रहेको थियो ।

इलेक्ट्रिक कारको उत्पादन गरेर विश्व बजारमा आफ्नो उपस्थिती मजवुत बनाउँदै आएको बीवाइडीको आम्दानी २०२३ मा ६३ अर्व डलर पुगेको फर्चूनले उल्लेख गरेको छ । सो आम्दानीबाट कम्पनीले २.४७ अर्व डलर मुनाफा आर्जन गरेको छ ।

बीवाइडीको मार्केट भ्यालू १०४.३२ अर्व डलर रहेको उल्लेख गरिएको छ । कम्पनीमा ५ लाख ७० हजार कामदारले रोजगारी पाएका छन् । बीवाइडी चीनको सवैभन्दा ठूलो मध्ये एक अटोमोवाइल कम्पनी समेत हो । सो कम्पनीले बीवाइडी, हान र ट्याङ लगायत ब्रान्डमा सवारीसाधन उत्पादन गरी विश्व बजारमा बिक्री गर्दै आएको छ ।

बीवाइडीको इलेक्ट्रिक कार नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको छ । सो ब्रान्डलाई नेपालका लागी आधिकारिक वितरकका रुपमा साइमेक्स इंक प्रालिले कारोवार गर्दै आएको हो ।

सम्बन्धित समाचारहरू

साइमेक्स इंकद्धारा एक दिनमै १०० जना ग्राहकलाई बीवाईडी गाडी डेलिभरी

साइमेक्स इंकद्धारा एक दिनमै १०० जना ग्राहकलाई बीवाईडी गाडी डेलिभरी

काठमाडौं– बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले एक...

बीवाईडीको प्रिमियम ब्रान्डको पावरफुल इलेक्ट्रिक सुपरकार डेन्जा जेड

बीवाईडीको प्रिमियम ब्रान्डको पावरफुल इलेक्ट्रिक सुपरकार डेन्जा जेड

चीनमा सम्पन्न बेइजिङ अटो शो २०२६ मा बीवाईडी अन्तर्गतको प्रिमियम ब्रान्ड...

डल्फिनमा थपियो दुई भरिएन्ट, आयो नयाँ एडिसन

डल्फिनमा थपियो दुई भरिएन्ट, आयो नयाँ एडिसन

बीवाइडीले आफ्नो लोकप्रिय ह्याचब्याक कार डल्फिनको उत्पादन ५ लाख युनिट पुरा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...