बीवाईडी फर्चुन ५०० सूचीमा समावेश : प्रविधिमार्फत थप कार्य गर्ने प्रतिबद्धता व्यक्त

चीनको प्रसिद्ध अटोमोबाइल कम्पनी बीवाईडी फर्चुन ५०० को सूचीमा परेको छ । बजारमा देखाएको विशिष्ट उपलब्धिका कारण बीवाईडी सन् २०२२ का लागि सो सूचीमा समावेश भएको आजै जानकारी सार्वजनिक भएको हो ।

बीवाईडीले अटोमोबाइल, रेल ट्रान्जिट, न्यु इनर्जी र इलेक्ट्रोनिक्सको क्षेत्रमा कार्यरत रहेर हरित विश्व निर्माणका लागि कार्य गरिरहेको छ । ब्लेड ब्याट्री, डीएम–आई सुपर हाइब्रिड टेक्नोलोजी र ई–प्लेटफर्म जस्ता नयाँ प्रविधिको प्रयोग भएका सवारी साधनहरु बीवाईडीले सन् २०२१ मा ७ लाख ३० हजार ९३ युनिट बिक्री गर्न सफल भएको छ । ती मध्ये ५ लाख ९३ हजार ७४५ युनिट न्यु इनर्जी प्यासेन्जर भेइकल थिए र अघिल्लो वर्षको तुलनामा सो वर्ष २३१.६ प्रतिशत बढी बिक्री गर्न सफल भएको थियो ।

चीनमा लगातार ९ वर्ष सम्म सबैभन्दा धेरै न्यु इनर्जी प्यासेन्जर भेइकल बिक्रेता बन्न सफल बीवाईडीले २०२२ को पहिलो ६ महिनामा ६ लाख ३८ हजार १५७ प्यासेन्जर भेइकल बिक्री गरेको छ, जुन गत वर्षको सो अवधि भन्दा ३२४.८ प्रतिशत बढी हो ।

बीवाईडी हाल अन्तर्राष्ट्रिय बजार वृद्धि गर्नमा समेत उल्लेखनिय रुपमा लागिरहेको छ । हाल विश्वका ७० देशका ४ सय भन्दा बढी सहरमा यी गाडी बिक्री हुन्छन् भने गत जुलाई २१ देखि जापानी बजारमा प्रवेश गरेर बीवाईडीले एक नयाँ अध्यायको प्रारम्भ गरेको छ ।

सन् २०२२ मार्च देखि बीवाईडीले इन्टरनल कम्बसन इन्जिन प्रयोग हुने सबै गाडीको उत्पादन बन्द गरेर ब्याट्री इलेक्ट्रिक र प्लग–इन–हाइब्रिड इलेक्ट्रिक भेइकल मात्र उत्पादन गर्ने घोषणा गरेर यातायात क्षेत्रमा कम कार्वन उत्सर्जन गराउने अभियानमा लागेको छ ।

अब ग्लोबल ५०० सूचीमा समावेश भए पश्चात यो क्षेत्रमा कार्य गर्ने थप अभिभारा आएको र यस कार्यमा निरन्तर लागिरहेको प्रतिबद्धता समेत बीवाईडीले व्यक्त गरेको छ ।

बीवाईडीका उत्पादन नेपाली बजारमा समेत उपलब्ध छन् । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले पहिले देखि बीवाईडीका ई६, न्यु ई६ लगायतका सवारी साधन उपलब्ध गराइरहेको छ भने केही दिनमै एट्टो३ समेत लन्च गर्ने तयारी गरिरहेको छ । नेपालमा पनि धेरै सरकारी निकाय र अन्य संस्थाले बीवाईडीका सवारी साधन प्रयोग गरिरहेका छन् ।

सम्बन्धित समाचारहरू

यी इलेक्ट्रिक स्कुटर पनि अटो एक्स्पो २०२५ मा प्रदर्शित हुने

यी इलेक्ट्रिक स्कुटर पनि अटो एक्स्पो २०२५ मा प्रदर्शित हुने

भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ सुरु भइसकेको छ । शोमा विभिन्न ब्रान्डका...

इलेक्ट्रिक स्कुटर लेभ्निङ एलएस०१ : अशक्त व्यक्तिका लागि बरदान, १० हजारमै उपलब्ध

इलेक्ट्रिक स्कुटर लेभ्निङ एलएस०१ : अशक्त व्यक्तिका लागि बरदान, १० हजारमै उपलब्ध

काठमाडौं – नेपाली बजारमा विभिन्न ब्रान्डका इलेक्ट्रिक स्कुटर उपलब्ध...

बीवाईडी एट्टो २ र सिलायन ७ को मूल्य बढ्यो, अब कति ?

बीवाईडी एट्टो २ र सिलायन ७ को मूल्य बढ्यो, अब कति ?

काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नेपाली...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...