स्टेलान्टिससंग मिलेर लिप मोटरले मलेसियामा सस्तो ईभी ल्याउने
अमेरिकन अटो निर्माता स्टेलान्टिस र चिनको लिप मोटरले सहकार्य गरी मलेसियामा...
चीनमा बीवाईडी सबैभन्दा ठूलो अटोमोटिभ ग्रुप बन्न सफल भएको छ । यो भन्दा पहिले लामो समय देखि शीर्ष स्थानमा रहेको एसएआईसी ग्रुपलाई पछि पार्दै बीवाईडीले सो उपाधि हासिल गर्न सफल भएको हो ।
सेप्टेम्बर महिनामा बीवाईडी औपचारिक रुपमा शीर्ष स्थानमा पर्न सफल भएको हो । यो महिनामा बीवाईडी ग्रुपले ४ लाख १९ हजार ४२६ युनिट कार बिक्री गरेको छ, जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ४५.३२ प्रतिशत बढी हो । त्यसैगरी सेप्टेम्बर सम्मको अवधिमा यो वर्ष २७ लाख ४७ हजार ८७५ युनिट बिक्री भएको छ र अघिल्लो वर्षको तुलनामा यो ३२.१३ प्रतिशत बढी हो ।
एसएआईसी ग्रुपले सेप्टेम्बरमा ३५ प्रतिशतले बजार गुमाएर ३ लाख १३ हजार युनिट मात्रै कार बिक्री गरेको छ । उसले सन् २०२४ को सेप्टेम्बरसम्मा २६ लाख ४९ हजार ३३३ युनिट कार बिक्री गरेको छ । उसको समग्र बिक्रीमा २१.५ प्रतिशतले गिरावट आएको हो ।
बीवाईडी ग्रुप अन्तर्गत बीवाईडीका साथै डेन्जा, फाङ चेङ बाओ र याङवाङ ब्रान्ड पर्छन् । त्यसैगरी एसएआईसी ग्रुप अन्तर्गत फक्सवागन र जनरल मोटर्सका साथै एसएआईसी–जीएम–वुलिङको ज्वाइन्ट भेन्चर समेत पर्छन् ।
यो वर्ष एसएआईसीको बिक्रीमा आएको गिरावटका कारण पनि बीवाईडीलाई यो उपाधि हासिल गर्न सहज भएको हो । यद्यपि न्यु इनर्जी भेइकलको बिक्री लगातार रुपमा बढिरहेको र बीवाईडी ग्रुपको ध्यान विशेषतः त्यही सेगमेन्टमा भएका कारण आगामी दिनमा बीवाईडी नै शीर्ष स्थानमा रहने अपेक्षा समेत गरिएको छ ।
अमेरिकन अटो निर्माता स्टेलान्टिस र चिनको लिप मोटरले सहकार्य गरी मलेसियामा...
जर्मन अटो डिजाइन कम्पनी हुकीको निक फन हुकीले इलेक्ट्रिक बाइक डिजाइन गरेको...
फिल्म ग्रान्ड थेफ्ट अटो जस्तै अमेरिकीहरुको वास्तविक जीवनमा समेत गाडी चोरी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...