८६ स्थानमा विस्तार भयो एमएडब्लु बृद्धिको चार्जिङ पूर्बाधार
काठमाडौं– बिद्युतिय गाडी बिक्रीमा निकै आक्रमक देखिएको एमएडब्लु ग्रुप...
चीनमा बीवाईडी सबैभन्दा ठूलो अटोमोटिभ ग्रुप बन्न सफल भएको छ । यो भन्दा पहिले लामो समय देखि शीर्ष स्थानमा रहेको एसएआईसी ग्रुपलाई पछि पार्दै बीवाईडीले सो उपाधि हासिल गर्न सफल भएको हो ।
सेप्टेम्बर महिनामा बीवाईडी औपचारिक रुपमा शीर्ष स्थानमा पर्न सफल भएको हो । यो महिनामा बीवाईडी ग्रुपले ४ लाख १९ हजार ४२६ युनिट कार बिक्री गरेको छ, जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ४५.३२ प्रतिशत बढी हो । त्यसैगरी सेप्टेम्बर सम्मको अवधिमा यो वर्ष २७ लाख ४७ हजार ८७५ युनिट बिक्री भएको छ र अघिल्लो वर्षको तुलनामा यो ३२.१३ प्रतिशत बढी हो ।
एसएआईसी ग्रुपले सेप्टेम्बरमा ३५ प्रतिशतले बजार गुमाएर ३ लाख १३ हजार युनिट मात्रै कार बिक्री गरेको छ । उसले सन् २०२४ को सेप्टेम्बरसम्मा २६ लाख ४९ हजार ३३३ युनिट कार बिक्री गरेको छ । उसको समग्र बिक्रीमा २१.५ प्रतिशतले गिरावट आएको हो ।
बीवाईडी ग्रुप अन्तर्गत बीवाईडीका साथै डेन्जा, फाङ चेङ बाओ र याङवाङ ब्रान्ड पर्छन् । त्यसैगरी एसएआईसी ग्रुप अन्तर्गत फक्सवागन र जनरल मोटर्सका साथै एसएआईसी–जीएम–वुलिङको ज्वाइन्ट भेन्चर समेत पर्छन् ।
यो वर्ष एसएआईसीको बिक्रीमा आएको गिरावटका कारण पनि बीवाईडीलाई यो उपाधि हासिल गर्न सहज भएको हो । यद्यपि न्यु इनर्जी भेइकलको बिक्री लगातार रुपमा बढिरहेको र बीवाईडी ग्रुपको ध्यान विशेषतः त्यही सेगमेन्टमा भएका कारण आगामी दिनमा बीवाईडी नै शीर्ष स्थानमा रहने अपेक्षा समेत गरिएको छ ।
काठमाडौं– बिद्युतिय गाडी बिक्रीमा निकै आक्रमक देखिएको एमएडब्लु ग्रुप...
टेस्लाले नोभेम्बर २०१९ मा इलेक्ट्रिक साइबरट्रक सार्वजनिक गरेको थियो र...
चिनियाँ ईभी निर्माता एक्स्पेङ मोटर्सले २०२५ मा अनुसन्धान र विकासमा ९ अर्ब...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...