बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजै कर्जा पाइने

काठमाडौ – ग्लोबल आइएमई बैंक र नेपालका लागि बीवाईडी ईभीको वितरक साइमेक्स इंक प्रासिमेक्स इंक प्रालिबीच विद्युतीय सवारी कर्जा प्रवाह गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

समझदारी अनुसार बैंकले साइमेक्स इंक तथा कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने बीवाईडी ब्राण्डका विद्युतीय सवारी साधन खरिद गर्न चाहने नेपाली नागरिकले आवश्यक कागजात तथा विवरणसहित बैंकको शाखा कार्यालयमा निवेदन दिए पश्चात नियमानुसार बैंकले उचित ठह¥याएका ग्राहकलाई ३ कार्य दिनभित्र सहज रुपमा सवारी साधन कर्जा प्रवाह गर्नेछ ।

ग्रिन फाइनान्सिङ प्रवद्र्धन गर्न बैंकले व्यक्तिगत प्रायोजनका सवारी साधनलाई न्यूनतम व्याजदरमा कर्जा प्रवाह गर्दै आएको छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरु ल्याएर ग्राहकलाई लाभान्वित गर्दै आएको बताएको छ ।

समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र साइमेक्स इंकका तर्फबाट सेल्स तथा सोरुम म्यानेजर सन्ध्या श्रेष्ठले हस्ताक्षर गरेका हुन् । ग्लोबल आइएमई बैंक मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर, ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी ११ सय भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको बताएको छ ।

सम्बन्धित समाचारहरू

बीवाइडी कार किन्ने ११ जना भाग्यशाली बिजेताले जर्मनीमा यूरो कप हेर्न पाउने

बीवाइडी कार किन्ने ११ जना भाग्यशाली बिजेताले जर्मनीमा यूरो कप हेर्न पाउने

काठमाडौं– बीवाइडी गाडी खरिद गर्ने ११ जना भाग्यशाली बिजेताले यूरो कप हेर्न...

नेपालमै सबैभन्दा ठूलो चार्जिङ नेटवर्क बनाउँदै सीजी मोटर्स, थप मजबुत बनाउँदै ईभी पूर्वाधार

नेपालमै सबैभन्दा ठूलो चार्जिङ नेटवर्क बनाउँदै सीजी मोटर्स, थप मजबुत बनाउँदै ईभी पूर्वाधार

नेपालको प्रमुख ईभी विक्रेता सीजी मोटर्सले नेपालमा स्मार्ट सवारी साधनको...

के समानता र फरक छ पोर्चुगल र नेपालको अटो बजारमा ? एक तुलनात्मक अध्ययन

के समानता र फरक छ पोर्चुगल र नेपालको अटो बजारमा ? एक तुलनात्मक अध्ययन

विश्वव्यापी रूपमा अटोमोबाइल क्षेत्र तीव्र परिवर्तनको चरणमा छ। विद्युतीय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...