चार्जिङ एन्जाइटी हटाउने बीवाईडीको ‘फ्ल्यास चार्जिङ’ प्रविधि हेर्ने अवसर (भिडियो सहित)

हालै सम्पन्न बेइजिङ अटो शोमा सार्वजनिक भएको ‘फ्ल्यास चार्जिङ’ प्रविधि अहिले विश्व अटो बजारमा चर्चाको केन्द्र बनिरहेको छ । न्यू इनर्जी भेइकलमार्फत विश्व बजारमा तहल्का पिटिरहेको चिनियाँ अटो जायन्ट बीवाईडीले ल्याएको यो नयाँ प्रविधिले ब्याट्री इलेक्ट्रिक भेइकलमा देखिँदै आएको ‘चार्जिङ एन्जाइटी’लाई पूर्णरुपमा अन्त्य गर्ने आँकलन गरिएको छ ।

यसअघि अधिकांश ईभीमा रेन्ज एन्जाइटीको समस्या निकै ठूलो थियो तर अहिले उच्च प्रविधिका ब्याट्रीका कारण यो समस्या लगभग समाधान भइसकेको छ । हाल ब्याट्रीलाई फुल चार्ज गर्न लाग्ने समयका कारण धेरै ईभी प्रयोगकर्ताहरु हैरानीमा पर्दै आएका छन् भने यही समस्याका कारण ईभीको भविष्यमाथि नै विभिन्न टिकाटिप्पणी समेत हुने गरेको पाइन्छ । यी समस्यालाई समाधान गर्न बीवाईडीले ल्याएको फ्ल्यास चार्जिङ प्रविधि अहिले गेम चेन्जर बनेर उदाएको छ ।

बीवाईडीले ल्याइको यो युगन्तकारी प्रविधिले निकै छोटो समयमा गाडीको ब्याट्रीलाई फुल चार्ज गरिदिन्छ । १ मिनेटको चार्जमा ९० किलोमिटर रेन्ज दिने फ्ल्यास चार्जिङमार्फत केवल ८.२६ सेकेन्डमै ९७ प्रतिशत चार्ज गर्न सकिन्छ । जसबाट ६०५ किलोमिटर रेन्ज पाउन सकिन्छ । अर्थात भनौ, पेट्रोलियम गाडीमा फुल ट्यांक तेल भर्न लाग्ने समयकै हाराहारीमा विद्युतीय कारलाई पनि फुल चार्ज गर्न सकिन्छ । यसले चार्ज गर्न कुर्नुपर्ने घन्टौ लामो समयको वचत गराउनेछ ।

यो नयाँ प्रविधिको अर्को विशेषता भनेको अत्यधिक चिसोमा समेत यसले प्रभावकारी तवरबाट काम गर्न सक्नु हो । कम्पनीले सेन्जेनस्थित हेडक्वार्टर परिसरमा माइनस ३० डिग्री सेन्टिग्रेडको थर्मल च्याम्बर निर्माण गरी यही फ्ल्यास चार्जिङ प्रविधिमार्फत ९ मिनेटमै १० प्रतिशतबाट ९७ प्रतिशत चार्ज गरेको डेमो प्रदर्शन गरेको थियो । सो प्रविधिको लाइभ डेमो हेर्ने अवसर मैले समेत प्राप्त गरेको थिए ।

बीवाईडीको एसिया प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक लिउ सुलियाङका अनुसार तत्कालका लागि चिनियाँ बजारमा मात्रै उपलब्ध यस प्रविधिबाट निकट भविष्यमै विश्वभरका ईभी प्रयोगकर्ता लाभान्वित हुनेछन् । नेपालबाट गएका पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘ईभी उद्योगमा देखा परेको चार्जिङ एन्जाइटीलाई हटाउन फ्ल्यास चार्जिङ एक गेम चेन्जिङ प्रविधि बनेर उदाएको छ । निकट भविष्यमै हामी यसलाई नेपालसहित विश्वका धेरै देशमा विस्तार गर्ने योजनामा छौ ।’ लिउका अनुसार हाल यो सुविधा ‘सुपर ई–प्लेटफर्म’ मा आधारित नयाँ पुस्ताका बीवाईडी गाडीमा मात्र उपलब्ध हुनेछ । फ्ल्यास चार्जिङ सपोर्टका लागि बीवाईडीले हालै आफ्नो ब्लेड ब्याट्रीको सेकेन्ड जेनेरेसन समेत लन्च गरेको छ ।

हाल चीनभर ५ हजारभन्दा बढी फ्लायस चार्जर जडान गरिसकेको र यस वर्षको अन्त्यसम्म यसलाई बढाएर २० हजार पु¥याउँने कम्पनीले लक्ष्य लिएको छ । १ हजार ५ सय किलोवाट क्षमताको चार्जर सञ्चालन गर्न अत्यधिक स्थिर र शक्तिशाली विद्युत् प्रणाली चाहिने कारण यस नयाँ प्रविधिलाई विस्तार गर्नु उत्तिकै चुनौतीपूर्ण समेत रहेको बताइएको छ । हाल यो प्रविधि बीवाईडीका ‘सुपर ई–प्लेटफर्म’ मा आधारित प्रिमियम मोडलमा मात्र सीमित छ भने निकट भविष्यमा अन्य मोडलमा समेत विस्तार हुनेछ ।

  • तोयानाथ पौडेल

सम्बन्धित समाचारहरू

दिपलको नयाँ शोरुम अब भक्तपुरमा

दिपलको नयाँ शोरुम अब भक्तपुरमा

भक्तपुर – नेपालका लागि चांगान तथा दिपल ईभीको आधिकारिक विक्रेता एमएडब्लु...

बीवाईडीले एट्टो३ लन्च गरे लगत्तै एमजीले जेडएस ईभीको बुकिङ पुनः खोल्नुको सन्देश

बीवाईडीले एट्टो३ लन्च गरे लगत्तै एमजीले जेडएस ईभीको बुकिङ पुनः खोल्नुको सन्देश

नेपालको इलेक्ट्रिक कार बजारमा लोकप्रिय वनिरहेका २ चिनियाँ ब्रान्ड एमजी र...

लिप मोटर टी०३ को डेलिभरी भोलीबाट सुरु हुँदै

लिप मोटर टी०३ को डेलिभरी भोलीबाट सुरु हुँदै

काठमाडौं– लिप मोटरले हालै नेपाल ल्याएको नयाँ ह्याचब्याक कार टी०३ भोलिदेखी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...