१२.९८ लाखमा बीवाईडी एट्टो ३ लिन सकिने, एभरेष्ट बैंकले ८० प्रतिशत कर्जा दिने

काठमाडौं - नेपालका लागि बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रालि र एभरेष्ट बैंकबीच ग्राहकलाई वित्तीय विकल्प उपलब्ध गराउने सम्झौता भएको छ । एभरेष्ट बैंकका ग्राहकलाई विद्युतीय सवारी साधनका लागि सहज वित्तीय विकल्प उपलब्ध गराउने उद्देश्यले यो सहकार्य भएको हो ।

यस सम्झौता अनुसार बीवाईडीको कुनै पनि विद्युतीय सवारी खरिद गर्न चाहने ग्राहकले एभरेष्ट बैंकबाट ८० प्रतिशतसम्म कर्जा पाउनेछन् । एभरेष्ट बैंकका कुनै पनि शाखाबाट बीवाईडीका लागि ८० प्रतिशतसम्म ऋण पाउन सकिनेछ ।

एभरेष्ट बैंकले सात वर्षसम्मका लागि बीवाईडी सवारीसाधनको लागि विशेष ब्याजदरसहित कर्जा उपलब्ध गराउने भएको हो । २० प्रतिशत डाउन पेमेन्ट गरेको खण्डमा ग्राहकहरूले हालसालै लन्च गरिएको बीवाईडी एट्टो ३ खरिद गर्न सक्नेछन् ।

सो योजनाअन्तर्गत बीवाईडी एट्टो ३ खरिद गर्न १२ लाख ९८ हजार रुपैयाँ र वीबाईडी ई६ ११ लाख ८० हजार रुपैयाँ डाउन पेमेन्ट गरे पुग्छ । यो वित्तीय व्यवस्था नेपाल राष्ट्रको सम्बन्धित निर्देशन र निर्देशिका अन्तर्गत रहेको  बताइएको छ ।

बैंकले बीवाईडी गाडी खरिदका लागि आवश्यक कागजात पेस गरेको सात दिनभित्र ऋण उपलब्ध गराउनेछ । त्यस्तै बैंकले ऋण प्रक्रियाका लागि लाग्ने शुल्कमा पनि ३३ प्रतिशत छुट दिने घोषणा गरेको छ ।

एभरेष्ट बैंकले बीवाईडीका ग्राहकलाई आवश्यक डकुमेन्ट उपलब्ध भएको ७ दिन भित्रै ऋण उपलब्ध गराउने छ भने सेवा शुल्कमा ३३ प्रतिशत छुट समेत उपलब्ध गराउने छ ।

साइमेक्स इंककी म्यानेजिङ डाइरेक्ट यमुना श्रेष्ठले भनिन, ‘बीवाईडी जहिले पनि ग्राहकलाई हाई क्वालिटी र इको–फ्रेन्ड्ली मोबिलिटी सोलुसन उपलब्ध गराउन प्रतिबद्ध छ । एभरेष्ट बैंकमार्फत बीवाईडीका ग्राहकलाई सहज र झन्झटमुक्त फाइनान्स सुविधा उपलब्ध गराउन पाएकोमा हामीलाई खुसी लागेको छ ।’

एभरेष्ट बैंकका जनरल म्यानेजर केशवराज जोशीले भने, ‘बीवाईडी र साइमेक्स इंकसँगको साझेदारीमार्फत सर्वसाधारणका लागि इनोभेटिभ तथा इको–फ्रेन्ड्ली सवारी साधन उपलब्ध गराएर दिगो भविष्य निर्धारण गर्न मद्दत पुग्ने कार्य गर्न पाउदा हामी खुसी छौ । यसबाट वातावरण स्वच्छ राख्नमा समेत सहयोग पुग्ने छ ।’

साइमेक्सले बीवाइडी एट्टो ३ ८९ लाख ९० हजार रुपैयाँमा वितरण गर्दै आएको छ भने वीबाईडी ई६ का लागि ५९ लाख रुपैयाँ तोकिएको छ ।  

कम्पनीले बीवाईडी एट्टो ३ लाई नेपालकै पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभी र अल न्यु ई६ लाई सबैभन्दा लामो रेन्ज दिने ईभी दावी गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

सबैभन्दा बढी रेन्ज भएको इलेक्ट्रिक स्कुटर सिम्पल वान लन्च, यस्तो छ विशेषता

सबैभन्दा बढी रेन्ज भएको इलेक्ट्रिक स्कुटर सिम्पल वान लन्च, यस्तो छ विशेषता

इन्डियन स्टार्टअप सिम्पल इनर्जीले आफ्नो पहिलो विद्युतीय स्कुटर सिम्पल...

इलेक्ट्रिक सवारी विकासका लागि सोनी र होन्डाले सहकार्य गर्ने

इलेक्ट्रिक सवारी विकासका लागि सोनी र होन्डाले सहकार्य गर्ने

जापनिज कम्पनी सोनी र होन्डाले इलेक्ट्रिक सवारी साधन विकास तथा बिक्री...

काठमाडौंमा गोगोरोको ४५ ब्याट्री स्वाप स्टेसन सञ्चालनमा

काठमाडौंमा गोगोरोको ४५ ब्याट्री स्वाप स्टेसन सञ्चालनमा

काठमाडौं – दुई पाङ्ग्रे विदयुतीय सवारी साधनहरूको लागि गोगोरोको नेपालका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...