चीनमा बिक्री हुने उत्कृष्ट १० कारको सूचीमा बीवाईडीको ७ मोडल, सिगल बन्यो नम्वर वान

बीवाईडीको ह्याचब्याक कार सिगल चिनमा सर्बाधिक बिक्री हुने कार बनेको छ । विद्युतीय कार सिगलले आफ्नो घरेलु बजारमा अगस्टमा ४६ हजार ८३० यूनिट बिक्री दर्ता गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

अगस्टमा चीनमा सबैभन्दा धेरै बिक्री हुने शीर्ष १० कारमध्ये सातवटा मोडल बीवाईडीका थिए । यी सबै कार प्योर ईभी र प्लग–इन हाइब्रिड मोडल हुन् । घरेलु बजारमा समेत आफ्नो प्रभुत्व कायम गर्दै आएको कार निर्माताले अगस्टमा करिब ३ लाख ७३ हजार युनिट कार बिक्री गरेको छ । गत महिना कम्पनीले १ लाख ४८ हजार ४७० ईभी बिक्री गरेको थियो ।

बीवाईडीले अर्को वर्ष युरोपमा सिगल ईभी लन्च गर्ने योजना बनाएको छ । यूरोपियन यूनियनल बढाएको करका बावजुत पनि यो सबैभन्दा किफायती मोडेल मध्ये एक हुन सक्ने अनुमान गरिएको छ । जसको मूल्य २० हजार डलर हाराहारी पर्ने अनुमान गरिएको छ ।

चिनमा सिगलको सबैभन्दा सस्तो भेरिएन्टको मूल्य १० हजार डलर भन्दा कम पर्छ । यो कार ३० र ३८ किलोवाट अवारको ब्याट्री प्याक अप्सनमा उपलब्ध छ । सिएलटीसीका अनुसार यसले एकपटकको फुल चार्जमा ४०५ किलोमिटरसम्म रेन्ज दिन्छ ।

सम्बन्धित समाचारहरू

नाडा अटो शोमा बीवाईडीले ७ सिटर एमपीभी ‘एम६’ ल्याउने

नाडा अटो शोमा बीवाईडीले ७ सिटर एमपीभी ‘एम६’ ल्याउने

काठमाडौं– बीवाइडीको नयाँ कार एम६ नेपाल आउने भएको छ । आगामी भदौ ११ गतेदेखी...

१०० युनिट मात्र बिक्रीका लागि उपलब्ध हुनेछ लिमिटेड एडिसन बीवाईडी एट्टो ३ फरेस्ट ग्रीन

१०० युनिट मात्र बिक्रीका लागि उपलब्ध हुनेछ लिमिटेड एडिसन बीवाईडी एट्टो ३ फरेस्ट ग्रीन

काठमाडौं – अब बीवाईडी एट्टो ३ फरेस्ट ग्रीन रंगमा पनि उपलब्ध हुने भएको छ ।...

बीवाईडी सिगलले जित्यो वर्ल्ड अर्बन कार अफ द इयर अवार्ड

बीवाईडी सिगलले जित्यो वर्ल्ड अर्बन कार अफ द इयर अवार्ड

बीवाईडी सिगल अर्थात डल्फिन मिनीले प्रतिष्ठित वर्ल्ड कार अवार्ड कार्यक्रम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...