बीवाईडीको शोरुम अब नक्सालमा, एट्टो३ इलेक्ट्रिक कार सार्वजनिक

काठमाडौं – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले नक्साल, नारायणचौरमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । बीवाईडी इलेक्ट्रिक कारको ब्रान्ड एम्बेसडर कलाकार हरिबंश आचार्य, साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठ लगायतले शोरुम उद्घाटन गरे ।

सो अवसरमा गत शनिबार नेपालमा सार्वजनिक भएको बीवाईडीको इलेक्ट्रिक कार एट्टो३ समेत सार्वजनिक गरियो ।

नेपालमा शनिबार मात्र सार्वजनिक भएको यस कारको मूल्य ८९ लाख ९० हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । अहिले गाडी बुक गर्ने ग्राहकले चार्जर र भीटुएल केवल निःशुल्क पाउने छन्।

सो इलेक्ट्रिक कारमा ६०.४ किलोवाट क्षमताको ठूलो ब्लेड व्याट्री जडान गरिएको छ । यसले २०० एचपी पावर र ३१० एनएम टर्क जेनेरेट गर्ने क्षमता राख्छ । ८० किलोवाटको फास्ट चार्जरले करिव ४५ मिनेटमै फुल चार्ज गर्न सकिने यस कारले ४२० किलोमिटर सम्मको रेन्ज दिने दाबी गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...