गाडी वा मोटरसाइकल नवीकरण गर्नु छ ? माघ देखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य हुने
काठमाडौं – यातायात व्यवस्था विभागले आगामी माघदेखि सवारीसाधन नवीकरणमा...
नेपालमा इलेक्ट्रिक कार खरिद गर्ने अधिकांश ग्राहकले फिचर र रेन्जमा बढी जोड दिने गरेका छन् । नयाँ प्रबिधी भएका कारण धेरैलाई इलेक्ट्रिक कारमा प्रयोग हुने चेसिस प्लेटफर्मका वारेमा गहिरो ज्ञान नहुन पनि सक्छ । बजारमा अहिले आइसीई (इन्टरनल कम्वस्चन इन्जिन) र ईभी डेडिकेटेड प्लेटफर्ममा बनेका ईभी उपलब्ध छन् । यसमा पनि एकाध वाहेक धेरैजसो इलेक्ट्रिक कार पुरानै प्रबिधीको चेसिसमा वनेको पाइन्छ ।
पेट्रोलियम गाडीको उत्पादन गरेर चर्चामा आएका अधिकांश ब्रान्डले हालसम्म ईभीका लागि भनेर छुट्टै प्लेटफर्म तयार पार्न सकिरहेका छैनन् । जसका कारण टाटा र एमजी लगायत केही ब्रान्डको ईभी अहिले पनि पुरानै प्रबिधीको चेसिसमा निर्माण भइरहेका छन् । नेपाली बजारमा उपलब्ध चिनियाँ ब्रान्ड बीवाइडीकै कुरा गर्ने हो भने पनि यसको ई६ मोडल कम्वस्चन प्लेटफर्मममा तयार भएको ईभी हो ।
पछि बीवाइडीले नेपाल ल्याएको एट्टो ३ र डल्फिन भने प्योर ईभी अर्थात ईभी डेडिकेटेड प्लेटफर्मममा उत्पादन भएका इलेक्ट्रिक कार हुन् । यी दुई कारलाई कम्पनीले बीवाइडी आफैले विकास गरेको ई–प्लेटफर्म ३.० मा निर्माण गरेको हो । यो प्लेटफर्मलाई कम्पनीले प्योर इलेक्ट्रिक भेइकल उत्पादनका लागि विशेष तवरले विकास गरेको नेक्स्ट जेनेरेशन प्रबिधी भनेको छ ।
बीवाइडीको यो प्लेटफर्मलाई कम्पनीले ब्लेड ब्याट्रीका लागी उपयोगी हुने गरी विशेष तवरले तयार पारेको हो । जहाँ एउटै प्लेटफर्मममा ८ मूख्य कम्पोनेन्टलाई सुरक्षित तवरबाट समायोजित गरिएको हुन्छ । जसका कारण ब्याट्रीको सुरक्षा र कारको पर्फमेन्सलाई प्रत्याभुत गर्न सकिन्छ ।
यो प्लेटफर्मको मूख्य विशेषताका रुपमा यसको इलेक्ट्रिक पावरट्रेनको इफिसेन्सीलाई लिने गरिन्छ । जहाँ मोटर, मोटर कन्ट्रोलर, रिड्युसर, अनबोर्ड चार्जर, डीसी कन्भर्टर, हाइ–भोल्टेज डिस्ट्रिब्युसन बक्स, भेइकल कन्ट्रोलर र ब्याट्री म्यानेजमेन्ट सिस्टम जस्ता ८ वटा मूख्य कम्पोनेन्टलाई एकाकार गरिएको हुन्छ । यसैगरी यसको अन्य विशेषताका रुपमा लामो ह्विलवेश, पर्याप्त प्यासेन्जर स्पेस, फराकिलो टेम्प्रेचर रेन्ज र इन्टेलिजेन्ट ड्राइभिङलाई लिने गरिएको छ ।
काठमाडौं – यातायात व्यवस्था विभागले आगामी माघदेखि सवारीसाधन नवीकरणमा...
इन्डियन स्टार्टअप सिम्पल इनर्जीले आफ्नो पहिलो विद्युतीय स्कुटर सिम्पल...
काठमाडौं – नेपाली बजारमा पहिलो इलेक्ट्रिक पिकअप भित्रिएको छ । दीगो ग्रुप...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...