बाढी पहिरो पीडितका लागि बीवाईडीले फाउन्डेसनमार्फत दियो ५१ लाख सहयोग

काठमाडौं – नेपालका लागि बीवाईडी अटोको आधिकारिक वितरक साइमेक्स इंकले देशभरका बाढी पहिरो पीडितका लागि साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसन (सीबीसीएफ) मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ५१ लाख ५ रुपैयाँ सहयोग गरेको छ ।

एक कार्यक्रमका बिच शुक्रबार साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो रकमको चेक हस्तान्तरण गरे । सो अवसरमा साइमेक्स इंककी म्यानेजिङ डाइरेक्टर यमुना श्रेष्ठ र सीईओ साहिल श्रेष्ठको समेत उपस्थिति थियो ।

साइमेक्स इंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘केही दिन पहिले आधिकारिक रुपमा फाउन्डेसन स्थापनको घोषणा गरिए पश्चात यो सीबीसीएफको पहिलो योगदान हो, जसले साइमेक्स र बीवाईडीको संस्थागत सामाजिक उत्तरदायित्वप्रतिको साझा प्रतिबद्धतालाई दर्शाउँछ । शिक्षा, स्वास्थ्य सुरक्षा, दिगो विकास र प्रकोप राहत जस्ता पहलमा केन्द्रित भई समुदायमा केही योगदान गर्ने उद्देश्यका साथ फाउन्डेसन निर्माण गरिएको थियो । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरेर साइमेक्स इंकले यो प्राकृतिक विपद पीडितहरुसँग ऐक्यबद्धता प्रकट गर्न र हाल भइरहेको उद्धार तथा राहत कार्यका लागि आवश्यक सहयोग विस्तार गर्न चाहन्छ ।’

साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले भने, ‘हामी साइमेक्स र बीवाईडी मिलेर नेपाल र यहाँका जनतालाई आवश्यकता अनुसार सहयोग गर्न प्रतिबद्ध छौ । हामी विनाशकारी बाढीबाट प्रभावितहरुलाई साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनमार्फत तत्काल राहत र दीर्घकालीन सहयोग प्रदान गरी यो क्षेत्रमा अर्थपूर्ण परिवर्तन गर्ने प्रयासमा छौ ।’

यो योगदानले राष्ट्रिय आपतकालीन समयमा तुरुन्तै प्रतिक्रिया दिने सीबीसीएफको समर्पणलाई मात्र होइन, समाजमा सकारात्मक रुपमा योगदान गर्ने र दिगो तथा लचिलो समुदायलाई बढावा दिने बीवाईडीको विश्वव्यापी दृष्टिकोणलाई समेत एकरुपता प्रदान गरेको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

यी तीन अर्थमन्त्री जसले चलाए ईभीको कर, के गर्लान् महतले ?

यी तीन अर्थमन्त्री जसले चलाए ईभीको कर, के गर्लान् महतले ?

आर्थिक वर्ष २०७६/७७ मा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले ईभी आयातमा...

सनरुफ सहित आउन सक्छ एप्पलको इलेक्ट्रिक कार, पेटेन्ट तस्विर लिक

सनरुफ सहित आउन सक्छ एप्पलको इलेक्ट्रिक कार, पेटेन्ट तस्विर लिक

आइफोन निर्माता कम्पनी एप्पलको इलेक्ट्रिक कार छिट्टै बजारमा प्रवेश गर्ने...

विशेष प्रविधि सहित फुल चार्जमा १६०० किलोमिटर रेन्ज दिने इलेक्ट्रिक कार सार्वजनिक

विशेष प्रविधि सहित फुल चार्जमा १६०० किलोमिटर रेन्ज दिने इलेक्ट्रिक कार सार्वजनिक

अटोमोबाइल सेक्टरमा इलेक्ट्रिक कारको लोकप्रियता दिनानुदिन बढ्दै गएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...