विद्युतीय गाडीमा धेरै रेन्ज कसरी प्राप्त गर्ने ? यस्तो छ विज्ञको सुझाव
विद्युतीय सवारी खरिद गर्दा गाडीको शोरूम प्रतिनिधिसँग प्रायः सबै...
काठमाडौं – पारा ओलम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेसा गोवर्धनले बीवाईडीको डल्फिन कार उपहार पाएकी छन् ।
नेपालका लागि बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले पलेसालाई ४१ लाख १५ हजार रुपैयाँ मूल्य पर्ने उक्त कार हस्तान्तरण गरेको हो । उक्त गाडी हस्तान्तरण गर्दै साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले नेपाललाई विश्वसामु चिनाउने पलेसालाई सम्मान गर्दा गर्व महसुस भएको बताइन् ।
कार्यक्रममा साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठ लगायतको उपस्थिति थियो । कम्पनीले कुनै किसिमको साझेदारी नगरेर विशुद्ध प्रतिभाको सम्मान गरेको जनाएको छ ।
नेपाललाई पारा ओलम्पिकमा ऐतिहासिक पदक दिलाएकी गोवर्धनले तेक्वान्दोको ५७ केजीभन्दा कम तौलको प्रतिस्पर्धामा सर्वियाली खेलाडीलाई पराजित गरी कास्य पदक जितेकी थिइन् ।
पलेसा ओलम्पिक प्रतिस्पर्धामा पदक जित्ने पहिलो नेपाली खेलाडी समेत हुन् । सन् २०२१ को एसिया यूथ पारा गेम्समा स्वर्ण जितेकी पलेसाले सन् २०१० देखि तेक्वान्दो खेल्न सुरु गरेकी हुन् ।
विद्युतीय सवारी खरिद गर्दा गाडीको शोरूम प्रतिनिधिसँग प्रायः सबै...
इलेक्ट्रिक टु ह्विलर ब्रान्ड नियूको नयाँ स्कुटर गोभा ५ लाई आज नेपाली...
काठमाडौं – टेस्लाका संस्थापक एलन मस्कले बिटक्वाइन प्रयोग नगर्ने बताएका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...