पलेसालाई बीवाईडीको डल्फिन कार उपहार

काठमाडौं – पारा ओलम्पिक २०२४ मा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी तेक्वान्दो खेलाडी पलेसा गोवर्धनले बीवाईडीको डल्फिन कार उपहार पाएकी छन् ।

नेपालका लागि बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले पलेसालाई ४१ लाख १५ हजार रुपैयाँ मूल्य पर्ने उक्त कार हस्तान्तरण गरेको हो । उक्त गाडी हस्तान्तरण गर्दै साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले नेपाललाई विश्वसामु चिनाउने पलेसालाई सम्मान गर्दा गर्व महसुस भएको बताइन् ।

कार्यक्रममा साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठ लगायतको उपस्थिति थियो । कम्पनीले कुनै किसिमको साझेदारी नगरेर विशुद्ध प्रतिभाको सम्मान गरेको जनाएको छ ।

नेपाललाई पारा ओलम्पिकमा ऐतिहासिक पदक दिलाएकी गोवर्धनले तेक्वान्दोको ५७ केजीभन्दा कम तौलको प्रतिस्पर्धामा सर्वियाली खेलाडीलाई पराजित गरी कास्य पदक जितेकी थिइन् ।

पलेसा ओलम्पिक प्रतिस्पर्धामा पदक जित्ने पहिलो नेपाली खेलाडी समेत हुन् । सन् २०२१ को एसिया यूथ पारा गेम्समा स्वर्ण जितेकी पलेसाले सन् २०१० देखि तेक्वान्दो खेल्न सुरु गरेकी हुन् ।

सम्बन्धित समाचारहरू

अजय देवगनले खरिद गरे पहिलो इलेक्ट्रिक कार, यस्तो छ विशेषता

अजय देवगनले खरिद गरे पहिलो इलेक्ट्रिक कार, यस्तो छ विशेषता

बलिउड अभिनेता अजय देवगनले आफ्नो पहिलो ईभी कार अल न्यू बीएमडब्ल्यु आई७...

नेपाल विद्युत प्राधिकरणका कर्मचारीले विद्युतीय गाडीमा पाउने कर्जाको सिमा बढ्यो

नेपाल विद्युत प्राधिकरणका कर्मचारीले विद्युतीय गाडीमा पाउने कर्जाको सिमा बढ्यो

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका कर्मचारीले विद्युतीय गाडीमा पाउने...

बजेटपछि यी ४ ब्राण्डले बढाए ईभीको मूल्य, कुनमा कति ?

बजेटपछि यी ४ ब्राण्डले बढाए ईभीको मूल्य, कुनमा कति ?

काठमाडौं–बजेटले करको दर बृद्धि गरेपछि ईभी आयतकर्ता अहिले धमाधम गाडीको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...