ब्याट्री साइज, रेन्ज र मूल्य घटेर आयो बीवाइडी डल्फिनको ईन्ट्रि लेबल भेरिएन्ट

बीवाइडी डल्फिनको अनर एडिसन चीनमा लन्च भएको छ । सो नयाँ एडिसनमा कम्पनीले ३२ किलोवाट आवर ब्याट्री प्याकको सस्तो भेरिएन्ट समेत थप गरेको छ । १३ हजार ८६५ डलर पर्ने उक्त भेरिएन्टले सिंगल चार्जमा ३०२ किलोमिटर रेन्ज दिने दावी गरिएको छ । इन्ट्रि लेभल भेरिएन्टको मूल्य पहिलेको तुलनामा ४.७ प्रतिशतले कम भएको कम्पनीले जनाएको छ ।

बाँकी तीन भेरिएन्टमा ४५ किलोवाट आवरको ब्लेड ब्याट्री जडान गरिएको छ । तीनवटा भेरिएन्टमा ७० किलोवाट क्षमताको मोटर दिइएकोमा सबैभन्दा महंगो नाइट भेरिएन्टमा भने १३० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । बाँकी तीन भेरिएन्टको मूल्य क्रमशः १५ हजार ६७०, १६ हजार ६५० र १८ हजार ३० डलर निर्धारण गरिएको छ । यी भेरिएन्टले ४०१ देखी ४२० किलोमिटरसम्म रेन्ज दिने दावी कम्पनीले गरेको छ ।

कारको इन्टेरियरमा १२.८ इन्चको फ्लोटिङ रोटेवल स्क्रिन, ५ इन्चको सानो एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर, अगाडी भेन्टिलेटेड सिट, ५० वाटको वायरलेस चार्जिङ प्याडको साथै नयाँ टाइप सी चार्जिङ पोर्ट पाउन सकिन्छ । कारको मेकानिकल पक्षमा भने कुनै परिवर्तन गरिएको छैन ।

डल्फिन नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको इलेक्ट्रिक ह्याचब्याक हो । पछिल्लो समय सर्बाधिक चर्चामा रहन सफल यो कारलाई बीवाइडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले ३९ लाख ८० हजारमा बिक्री गर्दै आएको छ । चीनमा लन्च भएको यसको नयाँ एडिसन अन्तराष्ट्रिय बजारमा निर्यात सुरु भएसंगै नेपाल पनि आउने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

चाइनिज न्यु इयर कप फुटबलमा मुख्य प्रायोजन बीवाईडीले गर्ने

चाइनिज न्यु इयर कप फुटबलमा मुख्य प्रायोजन बीवाईडीले गर्ने

काठमाडौं – बीवाईडीले नेपाल–चीन मैत्रीपूर्ण फुटबल म्याच ‘चाइनिज न्यु इयर...

बीवाईडी एट्टो ३ र टाटा कर्भ ईभी : कुन इलेक्ट्रिक एसयूभी उपयुक्त ?

बीवाईडी एट्टो ३ र टाटा कर्भ ईभी : कुन इलेक्ट्रिक एसयूभी उपयुक्त ?

इलेक्ट्रिक सवारी साधनको बढ्दो मागसँगै लगभग सबै अटोमेकरले आफ्ना...

२०२५ एट्टो–३ को तस्विर सार्बजनिक, यस्तो हुनेछ लुक्स र डिजाइन

२०२५ एट्टो–३ को तस्विर सार्बजनिक, यस्तो हुनेछ लुक्स र डिजाइन

बीवाईडीले आफ्नो लोकप्रिय मोडल एट्टो३ को २०२५ संस्करण सार्बजनिक गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...