ब्याट्री साइज, रेन्ज र मूल्य घटेर आयो बीवाइडी डल्फिनको ईन्ट्रि लेबल भेरिएन्ट

बीवाइडी डल्फिनको अनर एडिसन चीनमा लन्च भएको छ । सो नयाँ एडिसनमा कम्पनीले ३२ किलोवाट आवर ब्याट्री प्याकको सस्तो भेरिएन्ट समेत थप गरेको छ । १३ हजार ८६५ डलर पर्ने उक्त भेरिएन्टले सिंगल चार्जमा ३०२ किलोमिटर रेन्ज दिने दावी गरिएको छ । इन्ट्रि लेभल भेरिएन्टको मूल्य पहिलेको तुलनामा ४.७ प्रतिशतले कम भएको कम्पनीले जनाएको छ ।

बाँकी तीन भेरिएन्टमा ४५ किलोवाट आवरको ब्लेड ब्याट्री जडान गरिएको छ । तीनवटा भेरिएन्टमा ७० किलोवाट क्षमताको मोटर दिइएकोमा सबैभन्दा महंगो नाइट भेरिएन्टमा भने १३० किलोवाट क्षमताको मोटर जडान गरिएको छ । बाँकी तीन भेरिएन्टको मूल्य क्रमशः १५ हजार ६७०, १६ हजार ६५० र १८ हजार ३० डलर निर्धारण गरिएको छ । यी भेरिएन्टले ४०१ देखी ४२० किलोमिटरसम्म रेन्ज दिने दावी कम्पनीले गरेको छ ।

कारको इन्टेरियरमा १२.८ इन्चको फ्लोटिङ रोटेवल स्क्रिन, ५ इन्चको सानो एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर, अगाडी भेन्टिलेटेड सिट, ५० वाटको वायरलेस चार्जिङ प्याडको साथै नयाँ टाइप सी चार्जिङ पोर्ट पाउन सकिन्छ । कारको मेकानिकल पक्षमा भने कुनै परिवर्तन गरिएको छैन ।

डल्फिन नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको इलेक्ट्रिक ह्याचब्याक हो । पछिल्लो समय सर्बाधिक चर्चामा रहन सफल यो कारलाई बीवाइडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले ३९ लाख ८० हजारमा बिक्री गर्दै आएको छ । चीनमा लन्च भएको यसको नयाँ एडिसन अन्तराष्ट्रिय बजारमा निर्यात सुरु भएसंगै नेपाल पनि आउने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

बीवाईडी सील ०८ र सिलयान ०८ को टिजर सार्बजनिक, कहिले हुँदैछ लन्च ?

बीवाईडी सील ०८ र सिलयान ०८ को टिजर सार्बजनिक, कहिले हुँदैछ लन्च ?

बीवाईडीले आफ्नो ओसियन शृङ्खला अन्तर्गत दुई नयाँ हाई–इन्ड फ्ल्यागशिप मोडल...

बीवाईडीले ल्याएको नयाँ गड्स आई चर्चामा, यस्ता छन् डिपाइलट सिस्टमका विभिन्न फिचरहरु

बीवाईडीले ल्याएको नयाँ गड्स आई चर्चामा, यस्ता छन् डिपाइलट सिस्टमका विभिन्न फिचरहरु

विश्वकै अग्रणी नयाँ ऊर्जा सवारी निर्माता बीवाईडीले आफ्नो मुख्यालय...

साइमेक्स ईकले शुरु ग-यो ग्राहकलाई १०० किलोवाट क्षमताको बीवाईडी एट्टो ३ डेलिभरी

साइमेक्स ईकले शुरु ग-यो ग्राहकलाई १०० किलोवाट क्षमताको बीवाईडी एट्टो ३ डेलिभरी

काठमाडौं – नेपाली ग्राहकले १०० किलोवाट क्षमताको बीवाईडी एट्टो ३ को...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...