बीवाईडी डल्फिनलाई ‘बेस्ट बाई कार अफ युरोप–२०२४’ अवार्ड

बीवाईडीको पछिल्लो सफल मोडल डल्फिन युरोपकै प्रतिष्ठित अवार्ड ‘बेस्ट बाई कार अफ युरोप–२०२४’ अवार्ड जित्न सफल भएको छ । यो अवार्ड युरोपभर बिक्री हुने कारहरु मध्ये उत्कृष्टलाई ‘अटोबेष्ट’ले प्रदान गर्दै आएको छ ।

उक्त प्रतिस्पर्धामा डल्फिनले अवार्ड हात पर्दा ठूला कार निर्माताका बलिया प्रोडक्टलाई उछिन्न सफल भएको हो । उक्त प्रतिस्पर्धामा दोस्रो स्थानमा हुन्डाई कोना र तेस्रो स्थानमा जिपको एभेन्जर परेका थिए ।

यसका लागि अष्ट्रियाको टिसडार्फ सहरमा रहेको सर्किटमा सबै प्रतिस्पर्धीलाई उतारिएको थियो । त्यसको लागि युरोपभरका ३१ देशबाट आएका अटोबेष्ट पत्रकारहरुले मतदान गरेर डल्फिनलाई अवार्ड दिएका हुन् ।

उनीहरुले डल्फिनलाई फिचर लोडेड क्याविन, आकर्षक डिजाइन, सुरक्षामा अब्बल र गुणस्तरिय प्रविधिको प्रयोग भएको पर्फेक्ट कारको संख्या दिएका थिए । त्यसमा सुरक्षित र सफल ब्लेड ब्याट्रीको प्रयोगले सुरक्षामा नयाँ मानक स्थापित गरेको मानिएको छ । त्यसैले डल्फिनले २०.०५७ अंकसहित पहिलो स्थान सुरक्षित गर्न सफल भयो ।

अटोबेष्टका जुरीले पहिलो पटक कुनै पनि बीवाईडीको मोडललाई ‘बेस्ट बार्ई कार अफ युरोप २०२४ को अवार्ड दिएको हो । अवार्ड दिएपछि अटोवेष्टका अध्यक्ष भान भार्डीले भने, ‘बीवाईडी डल्फिनले बजारमा आएदेखि नै उत्कृष्ट पर्फमेन्स दिएको छ । हामीले दशककै सन्तुलित अटोवेष्ट प्रतिस्पर्धा गराएका छौं । यसमा डल्फिनले एक विद्युतीय साधनको रुपमा योग्य भएर शीर्ष उपाधि जित्न सफल भएको छ ।’

मूल्य र गुणस्तर
जुरीहरुले डल्फिनको प्रशंसा गर्ने क्रममा यसको साइज, आरामदायीता र ड्राइभिङ प्लेजरलाई मुख्य आधार बनाएका थिए । सानो साइजमा धेरै स्पेश पाउन सकिने भएको कारण यसले संसारभर जो कोहीलाई लोभ्याइरहेको छ । अर्को यसको मूल्य पनि विश्वभर नै सबैलाई आश्चर्य चकित बनाउने खालको छ ।

नेपालमा पनि केबल ३९ लाख ८० हजारमा डल्फिन खरिद गर्न पाइन्छ । जुन सेग्मेन्टमा डल्फिन उपलब्ध छ, त्यो सेग्मेन्टमा अन्य प्रतिस्पर्धी नै छैनन् भन्न सकिन्छ । यसका साथै, बीवाईडीको ई–प्लेटफर्म ३.० को जुरीहरुले प्रशंसा गरेका थिए ।

सुरक्षित र फराकिलो
युरो एनक्यापले गरेको क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाउन सफल डल्फिन ३.० ई–प्लेटफर्म र ड्रागन फेस डिजाइनको कारण क्याविनमा प्रसस्त स्थान भएको कार हो । ह्याचव्याक सेग्मेन्टमा उपलब्ध डल्फिनको लम्बाई ४२९० एमएम, चौडाई छेउमा ऐना फोल्ड गरेको ठाउँसम्म २०१२ एमएम छ ।

डल्फिनमा २७०० एमएम लामो ह्वीलवेस दिइएको छ । यसमा ३४५ लिटर क्षमताको बुट स्पेश दिइएको छ । अन्तर्राष्ट्रिय स्पेकमा ६०.४ किलोवाट आवर क्षमताको ब्लेड ब्याट्री दिइएको छ । नेपालमा भने ५१ किलोवाट आवरको ब्याट्रीमा डल्फिन उपलब्ध छ ।

ब्लेड ब्याट्री
बीवाईडीको आफ्नै उत्पादन ब्लेड ब्याट्रीबाट सुसज्जित भएकाले यसको टिकाउपन, सुरक्षा र पर्फमेन्स सबै उत्कृष्ट रहेको छ । यो ब्याट्री कोबाल्ट, म्यानेजेज र निकेल रहित छ । यसमा लिथियम आइरन फस्फेट (एलएफपी) को प्रयोग गरिएको छ ।

अटोबेष्ट अवार्ड हात पारेपछि बीवाईडी युरोपका प्रबन्ध निर्देशक मिचेल साउ भन्छन्, ‘यो पुरस्कार हाम्रा लागि निकै गर्वको कुरा हो । यही पेसामा रहेका जुरीको निर्णयबाट पाएको अवार्डले नयाँ गाडी किन्न चाहने ग्राहकको ध्यान तान्नेमा म विश्वस्त छु । यसले हामीलाई नयाँ प्रोडक्ट अझ उत्कृष्ट र कम मूल्यको ल्याउन प्रेरित गरेको छ ।’

अटोबेष्टका प्रमुख भान भार्डीले बीवाईडीका उत्पादन परिष्कृत हुँदै गएको प्रमाण यो अवार्ड भएको प्रतिक्रिया दिए । जुरीले निर्णय दिइसकेपनि यसको आधिकारिक घोषणा लक्जम्बर्गमा आयोजना हुन गइरहेको २३औं अटोवेष्ट गालामा गरिने छ ।

सम्बन्धित समाचारहरू

गुरुङले जिते याडियाको फिफा वर्ल्ड कप २०२२ च्यालेन्ज, पाए याडिया वाईएस ५०० ई–बाइक

गुरुङले जिते याडियाको फिफा वर्ल्ड कप २०२२ च्यालेन्ज, पाए याडिया वाईएस ५०० ई–बाइक

काठमाडौं – नेपालमा याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपाल...

सिंगल चार्जमा ४१५ किलोमिटर रेन्ज दिने जीएम इलेक्ट्रिक भ्यानको विश्व किर्तिमान

सिंगल चार्जमा ४१५ किलोमिटर रेन्ज दिने जीएम इलेक्ट्रिक भ्यानको विश्व किर्तिमान

इलेक्ट्रिक सवारी साधन निर्माता कम्पनीहरूले सिंगल चार्जमा अधिकतम रेन्ज...

लुयान स्कुटर किन्दा २० हजार नगद छुट, १ वर्षको सडक कर र हेल्मेट निशुल्क पाइने

लुयान स्कुटर किन्दा २० हजार नगद छुट, १ वर्षको सडक कर र हेल्मेट निशुल्क पाइने

काठमाडौं– लुयान इलेक्ट्रिक स्कुटरको नेपालका लागी आधिकारिक वितरक जेरो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...