साङयोङ, टोयोटा र टेस्लाले बीवाईडीको ब्याट्री प्रविधि प्रयोग गर्ने, नेपालमा पनि आउने
चीनको नम्बर १ इलेक्ट्रिक भेइकल निर्माता कम्पनी बीवाईडीले विश्वका...
विश्व प्रसिद्ध इलेक्ट्रिक सवारी साधन निर्माता कम्पनी बीवाईडीले बीवाईडी डिसस इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टम अर्थात डिसस सिस्टम सार्वजनिक गरेको छ । चीनको सेन्झेनामा अवस्थित बीवाईडी हेडक्वार्टरमा चलिरहेको टेक्नोलोजी लन्च इभेन्टमा सो सिस्टम सार्वजनिक गरिएको हो ।
बीवाईडीले विकास गरेको सो सिस्टमले भर्टिकल मोसन कन्ट्रोलको समाधान प्रदान गर्नेछ । त्यसैगरी गाडी चलाउदा शरीर लेटरल, लंगिच्युडनल र भर्टिकल अवस्थामा हुँदा ड्राइभिङ अनुभवलाई सुधार ल्याउनु भूमिका खेल्ने छ । यसले गाडी जोल्टिने वा हाई स्पिड कर्नरिङ, फुल–थ्रोटल एक्सिलरेसन वा इमर्जेन्सी ब्रेकिङको अवस्थामा यात्रुमा अनब्यालेन्स हुने समस्यालाई कम गर्छ । त्यसैगरी डिसस सिस्टमले गाडीलाई स्क्र्याच हुनबाट बचाउनुका साथै स्नो, मड वा पानीले भरिएको क्षेत्रमा जादा हुने खराबीलाई समेत कमी ल्याउछ ।
बीवाईडीले भेइकल टेक्नोलोजीको क्षेत्रमा यो भन्दा पहिले विकास गरेको डीएम सुपर हाइब्रिड टेक्नोलोजी, ई–प्लेटफर्म ३.०, ब्लेड ब्याट्री र ई४ प्लेटफर्म पश्चात पश्चात यो अर्को महत्वपूर्ण उपलब्धि भएको कम्पनीको भनाइ छ ।
न्यु इनर्जी भेइकलका लागि विशेष प्रकारले डिजाइन गरिएको सो सिस्टमले ड्राइभिङ अनुभवलाई सुधार गर्नमा भूमिका खेल्छ । सो सिस्टमलाई द इन्टेलिजेन्ट ड्याम्पिङ बडी कन्ट्रोल सिस्टम (डिसस–सी), द इन्टेलिजेन्ट एयर बडी कन्ट्रोल सिस्टम (डिसस–ए) र द इन्टेलिजेन्ट हाइड्रोलिक बडी कन्ट्रोल सिस्टम (डिसस–पी) गरी तीन भागमा विभाजन गरिएको छ ।
सो प्रविधि सार्वजनिक गरे पश्चात भर्टिकल मोसन कन्ट्रोलको सिस्टमेटिक सोलुसन उपलब्ध गराउन र न्यु इनर्जी भेइकलका लागि इन्टेलिजेन्ट बडी कन्ट्रोल सिस्टममा दक्षता हासिल गर्नमा बीवाईडीले नेतृत्व गरेको छ । यस प्रकारको प्रविधि विकास गर्ने बीवाईडी पहिलो चाइनिज अटोमोबाइल कम्पनी समेत बनेको छ ।
बीवाईडीले विकास गर्ने विभिन्न प्रकारका सवारी साधनमा यो प्रविधि क्रमशः उपलब्ध हुने कम्पनीको भनाइ छ ।
चीनको नम्बर १ इलेक्ट्रिक भेइकल निर्माता कम्पनी बीवाईडीले विश्वका...
गत महिना ११ सय हाराहारी विद्युतीय गाडी भित्रिएको नेपाली बजारमा ईभी आयात...
काठमाडौं – केही दिन पहिले देखि नै चर्चामा रहेको नेपाली युवा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...