साइमेक्स इंकद्धारा एक दिनमै १०० जना ग्राहकलाई बीवाईडी गाडी डेलिभरी
काठमाडौं– बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले एक...
काठमाडौं– बीवाईडीको आधिकारिक विक्रेता साइमेक्स इंक प्रालिले ब्लेड ब्याट्रीलाई नेल पेनेट्रेसन टेस्ट (सियोले घोचेर गरिने प्रयोग) गरेको छ । काठमाडौंमा आज भएको सो टेष्ट कार्यक्रममा एनसीएम ब्याट्री र बीवाईडी ब्लेड ब्याट्री प्रयोग गरिएको थियो ।
सुरक्षित डोम भित्र गरिएको टेष्टमा एनसीएम ब्याट्रीलाई प्वाल पार्दा ठूलो आवाज सहित पड्केको थियो भने ब्लेड ब्याट्रीमा कुनै किसिमको आगो लाग्ने वा पड्कने केही भएन । ब्लेड ब्याट्री नेल पेनेट्रेसन टेस्ट गर्दा यसको ताक्रम ३० देखि ६० डिग्री सेन्टिग्रेड मात्र पुगेको थियो । जबकी एनसीएम ब्याट्री ५०० डिग्रीसम्म पुगेर आगालागी भएको थियो ।
निकै स्मार्ट र स्लिम साइजमा रहेको ब्लेड ब्याट्रीमा प्रत्येक सेलको लम्बाई ९६ सेमी, चौडाई ९ सेमी तथा उचाई मात्र १.३५ सेमी हुने गर्छ । यसलाई ब्याट्री प्याक बनाउँदा लहरै मिलाएर ‘सेल टु प्याक सिस्टम’मा राखिन्छ । त्यही कारण पातलो तथा लामो व्याट्री प्याक बन्छ ।
ब्लेड ब्याट्रीले परम्परागत लिथियम आयोन फस्फेटको तुलनामा ५० प्रतिशत बढी भोलुमेट्रिक इनर्जी डेन्सीटी प्राप्त गर्ने हुँदा सानो साइजबाटै धेरै इनर्जी प्राप्त गर्न सकिन्छ ।
ब्लेड ब्याट्रीको फाइदा
ब्लेड ब्याट्री हाल बजारमा आएको नयाँ प्रविधिको ब्याट्री हो, जसलाई इलेक्ट्रिक गाडीमा प्रयोग गर्न सकिन्छ । ब्याट्री प्याक अनुसार फरक फरक क्षमताका ब्लेड ब्याट्री उपलब्ध छन् । यसलाई ब्याट्री प्याकमा ब्लेड जसरी मिलाएर राख्न सकिन्छ । परम्परागत लिथियम ब्याट्री र लिथियम आइरन फस्फेट ब्याट्री भन्दा यो बढी सुरक्षित हुनुका साथै लामो रेन्ज दिने र टिकाउ समेत हुन्छ ।
ब्लेड ब्याट्रीको मुख्य फाइदा भनेको चार्जिङ साइकललाई ३ हजारसम्म पु¥याउनु हो, त्यही कारण सिंगल ब्याट्री प्याकले नै १२ लाख किलोमिटरसम्म गुडाउन सकिन्छ । यो ब्याट्रीलाई फास्ट चार्जरसको साहयतामा १० प्रतिशतबाट ८० प्रतिशत चार्ज गर्न मात्र ३३ मिनेट लाग्ने कम्पनीको दावी छ ।
काठमाडौं– बीवाईडी गाडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले एक...
जापनिज अटो जायन्ट टोयोटाले चीनमा बीवाइडीको प्लेटफर्म प्रयोग गरी हाइब्रिड...
अगस्ट महिनामा रेकर्ड बिक्री पश्चात बीवाईडीले यो वर्ष अर्को महत्वपूर्ण...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...