महिन्द्राको गाडीमा बीवाईडीको ब्याट्री, यसकारण छ दमदार पर्फमेन्स

कुनै पनि कार निर्माताका लागि ब्याट्री प्रविधिको विकास गर्नु सबैभन्दा कठिन कार्य हो। किनकि, इलेक्ट्रिक कारमा रेन्ज धेरै महत्त्वपूर्ण हुन्छ र ग्राहकको इलेक्ट्रिक कार किन्ने निर्णय धेरै हदसम्म रेन्जमा निर्भर गर्छ। हालै महिन्द्राले लन्च गरेको नयाँ इलेक्ट्रिक एसयूभी बीई ६ई र एक्सईभी ९ई यस्तै एउटा विशेषताका कारण निकै चर्चामा छन् ।

महिन्द्राले आफ्ना दुई वटा नयाँ इलेक्ट्रिक एसयूभी बीई ६ई र एक्सईभी ९ई मा साधारण ब्याट्रीको सट्टामा इन हाउसमा तयार गरिएको ब्याट्री प्रयोग गरेको छ, जसले कारण सो एसयूभीको चर्चा चलेको हो । सो एसयूभीले सिंगल चार्जमा ६५० किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ ।

महिन्द्राले सो एसयूभीका लागि ब्याट्री प्रविधि विकास गर्न चिनियाँ कार निर्माता कम्पनी बीवाईडीको सहयोग लिएको छ । महिन्द्राले आफ्ना दुबै नयाँ इलेक्ट्रिक कारमा बीवाईडीबाट प्राप्त एलएफपी ब्याट्री प्रयोग गरेको छ, जुन ब्लेड ब्याट्री प्रविधिले सुसज्जित छ र यो चीन लगायत विश्वभरका धेरै इलेक्ट्रिक कारमा प्रयोग भइरहेको छ। यद्यपि, यी ब्याट्रीको प्याकिङ र एसेम्बलिङको काम महिन्द्रा आफैले गर्छ ।

बीवाईडीको एलएफपी ब्याट्री साधारण लिथियम आयन ब्याट्री भन्दा फरक छ । यस ब्याट्रीमा लिथियम निकेलको सट्टा लिथियम आइरन फस्फेट प्रयोग गरिएको छ, जसमा इनर्जी स्टोर गर्ने क्षमता बढी हुन्छ । साथै यो ब्याट्री लगातार प्रयोग गर्दा पनि कम तातो हुन्छ र पानीबाट राम्रो सुरक्षा प्रदान गर्छ।

कम्पनीले कारको ब्याट्री च्याम्बरलाई ३० डिग्रीदेखि ८० डिग्रीसम्मको तापक्रम सहन सक्ने गरी डिजाइन गरेको छ । हाल, महिन्द्राले चीनबाट एलएफपी ब्याट्री सेल आयात गर्ने गरेको भए तापनि सन् २०२६ मा फक्सवागनसँग ब्याट्री सम्झौता लागू भएपछि कम्पनीले उक्त ब्याट्री चीनबाट खरिद गर्न बन्द गर्नेछ।

महिन्द्राले बीई ६ई र एक्सईभी ९ई इलेक्ट्रिक कारको ब्याट्रीमा लाइफटाइम वारेन्टी घोषणा गरेको छ। साथै कम्पनीले दुबै कारको ब्याट्रीमा १० वर्ष/२,००,००० किलोमिटरको स्ट्यान्डर्ड वारेन्टी दिएको छ ।  दुवै इलेक्ट्रिक कारको बेस मोडलमा ५९ किलोवाट र टप मोडेलमा ७९ किलोवाट ब्याट्री जडान गरिएको छ । सो ब्याट्रीले २३१ पीएस पावर र ३८० एनएम टर्क जेनेरेट गर्छ । जबकि, यसको टप मोडेलले क्रमशः ६८२ र ६५६ किलोमिटर रेन्ज प्रदान गर्छ ।

सम्बन्धित समाचारहरू

जीपले यो बर्ष भारतमा ३ वटा एसयुभी लन्च गर्ने

जीपले यो बर्ष भारतमा ३ वटा एसयुभी लन्च गर्ने

अमेरिकन ब्रान्ड जीपले यो बर्ष भारतमा तीनवटा एसयुभी लन्च गर्ने बताएको छ ।...

महिन्द्राको नयाँ इलेक्ट्रिक कार एक्सयूभी ४०० को टिजर सार्वजनिक, सेप्टेम्बर ८ मा लन्च हुने

महिन्द्राको नयाँ इलेक्ट्रिक कार एक्सयूभी ४०० को टिजर सार्वजनिक, सेप्टेम्बर ८ मा लन्च हुने

महिन्द्रा एण्ड महिन्द्राका अध्यक्ष आनन्द महिन्द्राले एक्सयूभी४०० को...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...