बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
ईभी बजारमा पछिल्लो समय सर्बाधिक चर्चा कमाएका दुई एसयुभी हुन् बीवाइडी एट्टो ३ र ओमोडा ई५ । ६० लाख हाराहारी मूल्यमा इलेक्ट्रिक एसयूभी खरिद गर्न चाहने ईभी पारखीलाई यी दुई एसयूभी मध्ये कुन छान्ने भन्ने विषय पेचिलो बन्दै गएको छ । साइजका हिसावले एउटै सेग्मेन्टमा पर्ने यी दुई एसयूभी ब्याट्री, पावर एबं पर्फमेन्स र रेन्जमा पनि लगभग उस्तै छन् । मूल्यको कुरा गर्नुपर्दा भने एट्टो३ ओमोडा ई५ भन्दा केही महंगो छ ।
लुक्स तथा डिजाइन
एट्टो३ मा बीवाइडीले ड्रयागन फेस ३.० डिजाइन दिएको छ । झट्ट हेर्दा परम्परागत एसयुभीकै जस्तो लुक्स पाइने यसमा आधुनिक सौन्दर्यता पाइन्छ । कारको अगाडी स्लिम एलइडी हेडल्याम्प, एरोडाइनामिक्समा निखार दिन स्लोपिङ हुड, मस्कुलर एयर इन्टेक, क्रोम गरिएको विन्डो बोर्डर, टेक्स्चर सहितको सि– पिल्लर र स्टाइलिस एलोई ह्विल दिइएको छ । यसको पछाडी पूर्णत नयाँ एलइडी टेल ल्याम्प पाउन सकिन्छ जुन गाडीको चौडा भागसम्मै फैलिएको छ । वीबाइडीको प्योर इलेक्ट्रिक प्लेटफर्ममा बनेको एट्टै३ को लुक्स निकै एग्रेसिभ देखिन्छ ।
यसैगरी, फ्यूचरिष्टक डिजाइनमा आधारित ओमोडा ई५ को अगाडी डाइनामिक टर्न इन्डिकेटर सहितको टी आकारको एलइडी डिआरएल, १८ इन्चको आकर्षको एलोई ह्विल र तल झुकेको जस्तो देखिने अगाडी र पछाडीको वम्पर दिइएको छ । यो कार ओमाडो ५ को इन्टर्नल कम्वसन इन्जिन(आईसिई) प्लेटफर्मममा बनेको हो ।
डाइमेन्सन
यी दुबै गाडीको साइज लगभग उस्तै छ । एट्टो३ ४४४५ एमएम लामो, १८७५ एमएएम चौडा र १६५१ एमएम अग्लो छ भने ह्विलवेश २७२० एमएम छ । यसैगरी यसको ग्राउन्ड क्लिरियन्स १७५ एमएम छ ।
उता, ओमोडा ई५ को लम्वाई ४४२४ एमएमएम, चौडाई १८३० एमएम र उचाई १५८८ एमएम रहँदा ह्विलवेश भने २६३० एमएम छ । यसको ग्राउन्ड क्लिरियन्स १८० एमएम छ । साइजका हिसावले ओमोडाई ई५ भन्दा एट्टो३ केही ठूलो भएपनि ग्राउन्ड क्लिरियन्स ओमोडा ई५ को ५ एमएमले बढी छ ।
ब्याट्री, पावर र रेन्ज
बीवाईडी एट्टो३ ४९.९२ किलोवाट आवर र ६०.४८ किलोवाट आवरको ब्याट्री प्याकमा उपलब्ध भएपनि यहाँ हामीले ठूलो साइज ब्याट्रीको चर्चा गरेका छौ । जसअनुसार यसमा जडान गरिएको ६०.४८ किलोवाट आवरको ब्लेड ब्याट्रीलाई एकपटक फुल चार्ज गर्दा ४२० किलोमिटर रेन्ज पाइने दावी गरिएको छ । साथै यसमा १०० किलोवाट क्षमताको पिएमएसम मोटर जडान गरिएको छ । जसको अधिकतम पावर १३५ पिएस छ भने यसले ३१० एनएम टर्क जेनेरेट गर्ने सामथ्र्य राख्छ । कारमा जडित ब्याट्रीलाई ७ किलोवाट क्षमताको चार्जरले ९ घण्टामा फुल चार्ज गर्न सकिन्छ भने डिसी फास्ट चार्जरको साहयतामा ५० मिनेटमै शून्यदेखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
ओमोडा ई५ मा एट्टो३ को भन्दा केही ठूलो अर्थात ६१ किलोवाट आवरको ब्लेड ब्याट्री जडान गरिएको छ । उक्त ब्याट्रीलाई फुल चार्ज गर्दा ४३० किलोमिटर रेन्ज पाइने दावी गरिएको छ । यो कारमा पनि ९९ किलोवाट क्षमताको पिएमएसम मोटर जडान गरिएको छ । जसको अधिकतम पावर १३२ पिएस र टर्क ३४० एनएम छ । ११ किलोवाटको एसी फास्ट चार्जर सपोर्ट गर्ने यो कारलाई ७ देखी ८ घण्टामा फुल चार्ज गर्न सकिन्छ भने डिसी फास्ट चार्जरले ३० मिनेटमै शून्यदेखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।
यी दुबै गाडी फ्रन्ट ह्विल ड्राइभ सिस्टमका हुन् । जसमध्ये एट्टो३ को टप स्पिड १६० किलोमिटर प्रतिघण्टा छ भने ओमोडा ई५ लाई प्रतिघण्टा १७२ किलोमिटरको टप स्पिडमा हाँक्न सकिन्छ ।
इन्टेरियर र फिचर
यी दुवै कारको इन्टेरियर अत्याधुनिक र सुविधासम्पन्न भएपनि फिचरमा भने केही भिन्नता पाउन सकिन्छ । एट्टो३ मा बीवाइडीले १२.८ इन्चको इन्टेलिजेन्ट रोटेटिङ टच डिस्प्ले दिएको छ भने ८ स्पिकर डिराक साउन्ड सिस्टम, टु रिजेन लेभल, पिएम २.५ एयर फिल्टर, भेइकल टु लोड र पानारोमिक सनरुफ लगायत फिचर पाउन सकिन्छ । कारमा एडास फिचर सहित एडप्टिभ क्रुज कन्ट्रोल, एबिएस, ईबीडी, इन्टेलिजेन्ट क्रुज कन्ट्रोल, हिल कन्ट्रोल सिस्टम र ३६० डिग्री क्यामेरा लगायत अन्य थुप्रै प्रकारका सेफ्टि फिचर पाउन सकिन्छ ।
यसैगरी, ओमोडा ई५ मा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट डिस्प्ले, १०.२५ इन्चकै अर्को इन्स्ट्रयुमेन्ट क्लस्टर, एम्विएन्ट लाइटिङ, सोनी स्पिकर सहितको क्रोम डोर ह्यान्डल, सनरुफ, ५० वाटको वायरलेस फोन चार्जर र भेइकल टु लोड फिचर सामेल गरिएको छ । साथै यसमा सेफ्टि अन्तर्गत १७ भन्दा बढी प्रकारका एडास फिचर, एविएस, ईविएस, ३६० डिग्री क्यामेरा र हिल कन्ट्रोल लगायत अन्य थुप्रै फिचर पाउन सकिन्छ ।
मूल्य र प्रतिस्पर्धा
ओमोडा ई५ को तुलनामा बीवाइडी एट्टो३ केही महंगो भएपनि यी दुई इलेक्ट्रिक एसयूभी एकआपसका प्रतिस्पर्धी मोडल हुन् । बीवाइडी एट्टो३ को मूल्य ६५ लाख ८८ हजार निर्धारण गरिएको छ भने ओमोडा ई५ लाई ६१ लाख ९९ हजार पर्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...