बीवईडी एट्टो३ को नयाँ भेरिएन्ट सार्बजनिक, रेन्ज, पावर र चार्जिङमा व्यापक सुधार

बीवाईडीले आफ्नो सर्बाधिक लोकप्रिय मोडल एट्टो३ मा ठूलो साइजको ब्याट्री दिएर नयाँ भेरिएन्ट सार्बजनिक गरेको छ । कम्पनीले अन्तर्राष्ट्रिय बजारमा ‘ईभो’ नामक एट्टो३ इलेक्ट्रिक एसयुभीको नयाँ भेरियन्ट प्रस्तुत गरेको हो ।

ठूलो ब्याट्री प्याकका साथ उपलब्ध गराइएको यस भेरिटले स्ट्यान्डर्ड भर्सनको तुलनामा धेरै रेन्ज प्रदान गर्ने जनाइएको छ । सो नयाँ भेरिएन्टमा बीवाईडीले ७८.४ किलोवाट आवर क्षमताको ब्याट्री प्याक उपलब्ध गराएको छ । जुन हाल बिक्री हुँदै आएको यसको स्ट्यान्डर्ड भर्सनको तुलनामा १४.३ किलोवाट आवर बढि हो ।

एट्टो३ को स्ट्यान्डर्ड भर्सनमा ६०.५ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडान गरिएको छ । ब्याट्री साइज ठूलो भएसंगै नयाँ भेरिएन्टको रेन्ज समेत ९० किलोमिटरले बढेर ५१० किलोमिटर पुगेको कम्पनी दाबी छ ।

एट्टो३ ईभोलाई पावर दिन पछाडि माउन्ट गरिएको इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले ३०९ बिएचपी र ३८० एनएम टर्क जेनेरेट गर्दछ । यो पुरानो फ्रन्ट–ह्वील ड्राइभ संस्करण भन्दा १०८ बिएचपी बढी हो । यसले ईभीलाई ५.५ सेकेन्डमा ०–१०० किमी/घण्टाको गति बढाउन सक्षम बनाउँछ भने उच्चतम गति १८० किमी/घण्टा छ ।

एटो ३ इभोलाई बीवाईडीले डुअल–मोटर कन्फिगरेसनमा समेत उपलब्ध गराएको छ । साथै, यसको अल–ह्विल–ड्राइभ भेरिएन्टले ४४३ बिएचपी र ५६० एनएम टर्क जनेरेट गर्दछ । यसले केवल ३.९ सेकेन्डमा ०–१०० किमी/घण्टाको गति लिन सक्ने दाबी गरिएको छ । यस भेरिएन्टको रेन्ज ४७० किलोमिटर रहने डब्लुएलटिपीले प्रमाणित गरेको छ ।

एट्टो३ ईभोलाई बीवाईडीले आफ्नो ८०० भोल्ट आर्किटेक्चरमा तयार पारेको हो । जसका कारण यसको चार्जिङ समयमा समेत ब्यापक परिमार्जन भएको छ । स्ट्यान्डर्ड भर्सनमा यसअघि ३०–८० प्रतिशत चार्ज गर्न २९ मिनेट लाग्नेमा अव घटेर २५ मिनेटमै १०–८० प्रतिशत चार्ज गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

बीवाईडीले मनायो ३०औं वार्षिकोत्सव, हस्तान्तरण ग-यो १ करोडौ न्यु इनर्जी भेइकल

बीवाईडीले मनायो ३०औं वार्षिकोत्सव, हस्तान्तरण ग-यो १ करोडौ न्यु इनर्जी भेइकल

न्यु इनर्जी भेइकल्स (एनईभीज) र पावर ब्याट्रीको क्षेत्रमा विश्वकै प्रमुख...

जापानमा चाइनिज ईभीको लोकप्रियता वारे सेमिनार, चर्चाको केन्द्रमा बीवाईडी एट्टो ३

जापानमा चाइनिज ईभीको लोकप्रियता वारे सेमिनार, चर्चाको केन्द्रमा बीवाईडी एट्टो ३

सन् २००० को सुरुवाती अवस्थामा अहिले जस्तो इलेक्ट्रिक गाडी अर्थात ईभीको...

टेस्लालाई उछिन्दै बीवाईडी विश्वको नम्बर वान ईभी कम्पनी बन्न सफल

टेस्लालाई उछिन्दै बीवाईडी विश्वको नम्बर वान ईभी कम्पनी बन्न सफल

बीवाईडीले टेस्लालाई उछिन्दै विश्वकै सबैभन्दा ठूलो इलेक्ट्रिक सवारी साधन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...