ग्रीन एनक्यापको टेष्टमा बीवाइडी एट्टो३ ले पायो ५ स्टार रेटिङ

ग्रीन एनक्यापले यूरोपमा गरेको टेष्टमा बीवाइडी एट्टो३ ले ५ स्टार रेटिङ पाएको छ । ग्रीन एनक्यापले ईभीबाट बातवरण प्रदुषणमा पारेको प्रभाव, दिगोपन र इनर्जी किफायतीमा पु-याएको योगदान जस्ता विषयमा अध्यायन गरेर यस्ता सवारीसाधनलाई रेटिङ दिने गर्छ ।

माइनस ७ डिग्री सेल्सियस ल्याबमा टेष्ट गर्दा एट्टो३ ले निकै राम्रो पर्फमेन्स देखाएको सो एजेन्सिले जनाएको छ । यसरी परिक्षण गर्दा सो एसयूभीलाई १०० किलोमिटर गुड्न २५.१ किलोवाट अवार इनर्जी आवश्क पर्ने देखाएको थियो । जहाँ यसको हिटिङ सिस्टम एकदमै राम्रो तवरबाट डिजाइन गरिएको प्रमाणित भएको थियो ।

एट्टो३ ले क्लिन एयर इन्डेक्समा १० अंकमा मा १० नै पाएको छ भने इनर्जी इफिसेन्सि टेष्टमा १० मा ९.५ र ग्रीनहाउस ग्यास इन्डेक्समा ९.७ अंक पाएको छ । यसैगरी इनर्जी इफिसेन्सि टेष्ट अन्तर्गत कोल्ड र वार्म टेष्टमा १० मा १० अंक नै पाएको छ भने हाइवे टेष्टमा १० मा ८.८ र कोल्ड एम्विएन्ट टेष्टमा ९.३ अंक प्राप्त गरेको छ ।

ग्रीन एनक्यापले ६० किलोवाट आवरको ब्याट्री प्याक, १५० किलोवाट क्षमताको मोटर, १७५० किलोग्राम तौल र हीट पम्प भएको यूरो स्पेक एट्टो३ लाई टेष्ट गरेको गरेको हो । नेपाली बजारमा समेत निकै नै लोकप्रिय वनिरहेको एट्टो३ १५० किलोवाट र ९९ किलोवाट मोटर क्षमतामा उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

गिली र भल्वोको सहायक कम्पनी लिंकको ५१ प्रतिशत सेयर जिकरले लिने

गिली र भल्वोको सहायक कम्पनी लिंकको ५१ प्रतिशत सेयर जिकरले लिने

चाइनिज प्रिमियम ईभी निर्माता कम्पनी जिकरले गिली र भल्वोको सहायक कम्पनी...

एसिया प्यासिफिक २०२४ डिलर कन्फ्रेन्समा दुई अवार्डद्वारा सम्मानित भयो बीवाईडी नेपाल

एसिया प्यासिफिक २०२४ डिलर कन्फ्रेन्समा दुई अवार्डद्वारा सम्मानित भयो बीवाईडी नेपाल

नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक चीनको सियानमा आयोजित...

चाइनिज न्यु इयर कप फुटबलमा मुख्य प्रायोजन बीवाईडीले गर्ने

चाइनिज न्यु इयर कप फुटबलमा मुख्य प्रायोजन बीवाईडीले गर्ने

काठमाडौं – बीवाईडीले नेपाल–चीन मैत्रीपूर्ण फुटबल म्याच ‘चाइनिज न्यु इयर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...