बीवाइडी एट्टो३ को क्रेज भारतमा पनि बढ्दो, एकैदिन २०० जनालाई गाडी हस्तान्तरण

भारतमा बुधवार एकैदिन २०० जना ग्राहकलाई एट्टो३ हस्तान्तरण गरिएको छ । बीवाइडीको सर्बाधिक लोकप्रिय मोडलका रुपमा परिचित यो क्रसओभरको माग विश्व बजारमै बृद्धि भइरहेका कारण भारतीय बजारमा पनि यसको क्रेज दिनप्रति दिन वढ्दो क्रममा रहेको जनाइएको छ ।

नेपाली बिजारमा पनि यसले पछिल्लो समय सर्बाधिक बिक्री हुने इलेक्ट्रिक एसयूभीका रुपमा आफूलाई स्थापित गराएको छ । नेपाली बजारमा यो ईभी तीन भिन्न भेरिएन्टमा उपलब्ध छ । जसको मूल्य ५६ देखी ८२ लाखसम्म पर्छ ।

बीवाईडीले भारतमा ६०.४८ किलोवाट आवर ब्याट्री प्याक र १५० किलोवाट मोटर जडित एट्टो३ बिक्री गर्दै आएको छ । जसको मूल्य ३४ लाख भारु तोकिएको छ । एट्टो३ वाहेक भारतमा यसको ई६ एमपीभी र क्यू१आर इलेक्ट्रिक हेभी ड्यूटी ट्रक उपलब्ध छ । भारतमा यो ब्रान्डले विगत १६ वर्षदेखी आफ्नो उपस्थिती जनाउँदै आएको छ ।

सींगल चार्जमा यो एसयूभीले ५१० किलोमिटर रेन्ज दिने दावी गरिएको छ । यसको पावर २०१ वीएचपी र टर्क ३१० एनएम रहेको छ । साथै यसलाई ७.३ सेकेन्ड भित्रै प्रतिघन्टा सून्यदेखी १०० किलोमिटर सम्मको गतीमा हाँक्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

दीपेन्द्रसिंह ऐरीले एनपीएलमा जिते कार

दीपेन्द्रसिंह ऐरीले एनपीएलमा जिते कार

काठमाडौं – सुदूरपश्चिम रोयल्सका कप्तान तथा मार्की खेलाडी दीपेन्द्रसिंह...

बीवाईडीका दुई इलेक्ट्रिक गाडीको बढ्यो मूल्य : यस्तो छ नयाँ मूल्य

बीवाईडीका दुई इलेक्ट्रिक गाडीको बढ्यो मूल्य : यस्तो छ नयाँ मूल्य

काठमाडौं – विद्युतीय सवारीसाधन उत्पादनमा विश्वकै अग्रणी कम्पनी बीवाईडी...

लुयान इलेक्ट्रिक स्कुटरको विन्टर एक्सचेन्ज अफर घोषणा

लुयान इलेक्ट्रिक स्कुटरको विन्टर एक्सचेन्ज अफर घोषणा

लुयान इलेक्ट्रिक स्कुटर ब्रान्डले पुस महिनाको अन्त्यसम्म चल्ने विन्टर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...