नेपाली बजारमा हालै भित्रिएका बीवाईडीका २ ईभी एट्टो १ र एट्टो २ : कुन किन्ने ?

विश्वमै सर्बाधिक बिक्री भएको रेकर्ड कायम गरिरहेको बीवाईडीले पछिल्लो समयमा नेपाली बजारमा दुई ईभी बीवाईडी एट्टो १ र बीवाईडी एट्टो २ लगातार रुपमा लन्च गरेको छ । हालै सम्पन्न नाइमा मोबिलिटी एक्सपो २०२५ र नाडा अटो शो २०२५ मा यी दुई ईभी सार्वजनिक गरिए ।

यससँगै नेपाली बजारमा दुई ईभी अप्सन उपलब्ध भएको छ । राम्रो ईभी खोजिरहेका ग्राहकका लागि यो एकदमै राम्रो विकल्प हो ।

बिवाइडी एट्टो १

विश्वव्यापी रुपमा बीवाईडी सिगल, बीवाईडी डल्फिन मिनी अथवा डल्फिन सर्फ भनिने बीवाईडी एट्टो १ नेपालको सहरी इलेक्ट्रिक मोबिलिटीका लागि गेम चेन्जर बनेर आएको कम्पनीको भनाइ छ । वल्र्ड कार अवाड्र्समा वल्र्ड अर्वन कार अफ द इयर २०२५ को उपाधि समेत प्राप्त गरेको सो प्रतिष्ठित ईभीले मूल्य, सुरक्षा र नवप्रवर्तनको क्षेत्रमा आफूलाई एक कदम अगाडि बढाएको छ ।

बीवाईडीको एड्भान्स्ड ई–प्लेटफर्म ३.० मा बनेको र क्रान्तिकारी ब्लेड ब्याट्रीद्वारा सुसज्जित एट्टो १ मा सेल–टु–बडी (सीटीबी) टेक्नोलोजी रहेको छ, जसले एकीकृत बनावट र गाडीको सुरक्षालाई मजबुत बनाएको छ, जुन ईभीका लागि विशेष रुपमा बनेको छ ।

नेपालमा डाइनामिक र प्रिमियम गरी दुई भेरिएन्टका बीवाईडी एट्टो १ ईभी उपलब्ध छन् । डाइनामिकमा ३०.०८ किलोवाट आवरको ब्याट्री छ, जसले सिंगल चार्जमा २३० किलोमिटरको डब्लुएलटीपी रेन्ज दिन्छ । त्यसैगरी प्रिमियममा ३८.८८ किलोवाट आवरको ब्याट्री छ, जसले ३०० किलोमिटरको डब्लुएलटीपी रेन्ज दिन्छ । यी दुई भेरिएन्टको मूल्य क्रमशः २८ लाख ९५ हजार र ३२ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

सहरभित्र सजिलो र किफायती इलेक्ट्रिक कार खोज्नेका लागि यो उत्तम विकल्प हो।

यसको लम्बाइ ३.९ मिटर, चौडाइ १.७ मिटर, उचाइ १.५ मिटर र ह्वीलबेस २.५ मिटर छ। ५.९ इन्च ग्राउन्ड क्लियरेन्स र ३४५ लिटर बुट स्पेस भएको यो मोडल परिवारसहित सहरभित्रको दैनिकी सहज बनाउन तयार छ।

सुरक्षा र सुविधातर्फ एट्टो १ कम छैन। यसमा ६ एयरब्याग, अगाडिको क्यामरा, पार्किङ सेन्सर, एबीएस, हिल–स्टार्ट असिस्ट र भेइकल–टु–लोड सुविधा दिइएको छ। यसले कारलाई आवश्यकता पर्दा बिजुली वितरण गर्ने मोबाइल पावर स्टेशनमा रूपान्तरण गर्छ। इन्टेरियरमा मोबाइल एप कन्ट्रोल, डिजिटल डिस्प्ले, स्टेयरिङ कन्ट्रोल बटन जस्ता फिचर दिइएका छन्।

बीवाईडी एट्टो २

एट्टो १ भन्दा एकदमै फरक वर्गलाई लक्षित गरेर बिवाइडीले नेपाली बजारमा एट्टो २ प्रस्तुत गरेको छ। बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नाडा अटो शो २०२५ मा एट्टो २ सार्वजनिक गरेको हो । जसको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

बीवाईडीको ई–प्लेटफर्म ३.० मा बनेको एट्टो २ मा अल्ट्रा सेफ ब्लेड ब्याट्रीका साथै सेल टु प्याक बडी प्रविधि दिइएको छ । यसमा १२.८ इन्चको रोटेटिङ टच स्क्रिन राखिएको छ भने इन्टेरियर निकै सफाचट र आकर्षक रहेको छ ।

५१.१३ किलोवाट आवार क्षमताको ब्याट्री जडान भएर आएको यस कारले एकपटकको फुल चार्जमा ३१० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । ब्याट्रीलाई ७ किलोवाटको एसी र ८२ किलोवाटको डीसी फास्ट चार्जर प्रयोग गरेर चार्ज गर्न सकिन्छ । एट्टो २ मा उपलब्ध १०० किलोवाट क्षमताको मोटरले २९० एनएम टर्क जेनेरेट गर्दछ ।

सुरक्षाका लागि यसमा ६ वटा एयरब्याग, ३६० डिग्री सराउन्ड भ्यु क्यामेरा, हिल होल्ड एसिस्ट र दर्जनौ सेफ्टि फिचर सामेल लेभल २ एडास दिइएको छ । यस कारले यूरो एनक्यापको क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएको छ ।

बीवाईडीले यसमा ५० वाटको वायरलेच चार्जिङ प्याड, सेन्टर कन्सोल स्टोरेज कम्पार्टमेन्ट, पावर्ड एण्ड भेन्टिलेटेड फ्रन्ट सिट, लेदरेट सिट कभर, ८ वटा स्पीकर, वायरलेस एप्पल कार प्ले र एन्ड्रोइड अटो, भोइस असिस्ट, प्यानारोमिक सनरुफ, इलेक्ट्रिक टेलगेट जस्ता आधुनिक फिचर दिएको छ ।

एट्टो २ शक्तिशाली, सुरक्षित र प्रिमियम अनुभव चाहने ग्राहकका लागि आदर्श विकल्प बनेको छ। नेपाली बजारमा पहिले नै एट्टो ३ मार्फत ठूलो सफलता पाइसकेको बीवाईडीले अब एट्टो १ र एट्टो २ को आगमनले फरक–फरक ग्राहक वर्गलाई आकर्षित गर्ने पक्का देखिन्छ।

कुन मोडल रोज्ने भन्ने कुरा ग्राहकको प्राथमिकता र जीवनशैलीमा निर्भर गर्छ । सहरलाई प्राथमिकता दिनेले एट्टो १ र दिगो यात्रासहित लक्जरी चाहनेले एट्टो २ रोज्न सक्छन् ।

जे भए पनि बीवाईडीले नेपाली ग्राहकलाई विभिन्न फरक फरक अनुभव दिने उद्देश्यका साथ फरक फरक मोडल नेपाली बजारमा उपलब्ध गराएर सबैलाई खुसी तुल्याउने प्रयास गरेको मान्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

क्यामेरा र ड्रोन भएको विश्वको पहिलो इलेक्ट्रिक फायर ब्रिगेड ट्रक

क्यामेरा र ड्रोन भएको विश्वको पहिलो इलेक्ट्रिक फायर ब्रिगेड ट्रक

एरिजोनाको ट्युसो फायर डिपार्टमेन्टले हालै भल्भो ग्रुपको सहयोगमा पहिलो...

सम्पन्न भयो निसान लिफको भर्चुअल सेसन, लिफको फिचर र वातावरणीय प्रभाव वारेमा छलफल

सम्पन्न भयो निसान लिफको भर्चुअल सेसन, लिफको फिचर र वातावरणीय प्रभाव वारेमा छलफल

काठमाडौं – विश्व विद्युतीय गाडी दिवस अर्थात वर्ल्ड ईभी डेको उपलक्ष्यमा...

वागनआर अब इलेक्ट्रिक भर्सनमा, २०० किमी रेन्ज, १ घण्टामै ८० प्रतिशत चार्ज

वागनआर अब इलेक्ट्रिक भर्सनमा, २०० किमी रेन्ज, १ घण्टामै ८० प्रतिशत चार्ज

मारुती सुजुकीले आफ्नो सबैभन्दा धेरै बिक्री हुने कार वागनआरलाई इलेक्ट्रिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...