लन्च भयो प्रवागको पहिलो इलेक्ट्रिक एसयुभी, यस्तो छ मूल्य, रेन्ज र फिचर
भारतको स्टार्टअप कम्पनी प्रावगले आफ्नो पहिलो इलेक्ट्रिक एसयूभीलाई आज...
बेल्जियमको प्रतिष्ठित फ्लेमिस अटोमोबाइल क्लब भीएबीले बीवाईडी एट्टो ३ इलेक्ट्रिक कारलाई ‘भीएबी इलेक्ट्रिक फेमिली कार अफ द इयर २०२३’ घोषणा गरेको छ । युरोपका विभिन्न प्रतिष्ठित कम्पनीहरुका कारलाई पछि पार्दै बीवाईडी एट्टो ३ ले सो अवार्ड हात पारेको हो ।
बेल्जियमको प्रतिष्ठित जोल्डर रेस सर्किटमा तीन दिन लगाएर सम्पन्न गरिएको सो कार्यक्रममा १५ जना व्यावसायिक अटो रिपोर्टर र इलेक्ट्रिक कार प्रयोगकर्ताहरुका ७४ जना पारिवारिक निर्णायक सहभागी भएका थिए । बीवाईडीको सो कारले फक्सवागन, रेनो, सिट्रोन, निसान, कुप्रा, एमजी, एयवेज, सेरेस र साङयोङका विभिन्न मोडलका इलेक्ट्रिक कारलाई पछि पारेको हो ।
बीवाईडी एट्टो ३ इलेक्ट्रिक भेइकल सेगमेन्ट अन्तर्गत बेस्ट भीएबी फेमिली कार बनेको हो । बीवाईडी एट्टो ३ डिजाइन, कम्फर्ट, क्वालिटी र प्राक्टिकालिटीका साथै हाई लेवल अफ वारेन्टी कभर, लो कस्ट पर किलोमिटर, स्पेसियस इन्टेरियर स्पेस, हाई लेवल अफ स्ट्यान्डर्ड फिचर र स्टेट अफ द आर्ट टेक्नोलोजी फिचरका लागि पुरस्कृत भएको बताइएको छ ।
उपयुक्त मूल्यमा उपलब्ध प्रिमियम कार हुनुका साथै फ्रेस डिजाइन, सोलिड फिनिस, युथफुल अपियरेन्स, फ्युचरिस्टिक ककपिट, ग्रेट सिट, लार्ज बुट स्टोरेज र ग्रेट ह्यान्डलिङ आदि फिचर समेत यसमा उपलब्ध भएको बताइएको छ ।
बीवाईडी एट्टो ३ लाई युरो एनक्यापले सुरक्षाका लागि फाइभ स्टार रेटिङ प्रदान गरेको छ । युरोपमा गत २०२२ को अक्टोबरमा सम्पन्न पेरिस मोटर शोमा पहिलो पटक सो कार लन्च गरिएको थियो ।
सो कारमा ५ जना बस्न मिल्ने प्रशस्तै स्पेस छ भने ४४० लिटरको बुट स्पेस छ, जसलाई रियर सिट फोल्ड गरेर ११३८ लिटर सम्म बढाउन सकिन्छ । सो इलेक्ट्रिक कारमा ६०.४८ किलोवाट आवरको प्रतिष्ठित ब्लेड ब्याट्री छ, जसले सिंगल चार्जमा ४२० किलोमिटरको रेन्ज दिन्छ ।
बीवाईडीले आफै उत्पादन गरेको ब्लेड ब्याट्री यसमा प्रयोग गरिएको छ, जुन अन्य ब्याट्रीको तुलनामा निकै नै सुरक्षित मानिन्छ । यसमा प्रयोग भएको लिथियम आइरन फस्फेट परम्परागत लिथियम आयोनको तुलनामा बढी सुरक्षित हुन्छ ।
युरोपमा बीवाईडी एट्टो ३ नर्वे, स्वीडेन, डेनमार्क, फ्रान्स, नेदरल्यान्ड र बेल्जियममा लन्च भइसकेको छ । त्यसैगरी युके, जर्मनी, स्पेन, इटाली, अष्ट्रिया, लक्जेम्बर्ग र फिनल्यान्डमा सन् २०२३ मा बीवाईडी स्टोर खुल्ने छ ।
विश्वकै प्रमुख न्यु इनर्जी भेइकल र पावर ब्याट्री उत्पादक कम्पनीको रुपमा परिचित बीवाईडीले चीनमा उत्पादन गरेका सवारी साधन नेपालमा समेत उपलब्ध छन् । नेपाली बजारमा साइमेक्स इंकले बीवाईडीका सवारी साधन बिक्री–वितरण गरिरहेको छ । बीवाईडी एट्टो ३ नेपाली बजारमा समेत उपलब्ध छ ।
भारतको स्टार्टअप कम्पनी प्रावगले आफ्नो पहिलो इलेक्ट्रिक एसयूभीलाई आज...
एक्सपेङको नयाँ इलेक्ट्रिक एसयूभी जी७ ले चीनमा गत जुन ११ मा सार्वजनिक भएको...
नेपालमा विद्युतीय सवारी साधनको प्रयोग वृद्धि भएसँगै ‘चार्जिङ स्टेसन’ कम...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...