टाटा मोटर्सका मासिक २ सय युनिट भन्दा बढी इलेक्ट्रिक कार नेपाल भित्रिदै
काठमाडौं – नेपाली बजारमा टाटाका इलेक्ट्रिक कारहरु पछिल्लो समयमा धेरैको...
पोखरा – बीवाईडीको नयाँ इलेक्ट्रिक कार एट्टो३ भोलि शनिबार पोखरामा सार्वजनिक हुने भएको छ । पोखराका उत्तमचोकमा रहेको बीवाईडीको आधिकारिक डिलर प्लगइन अटोमोबाइल्सले सो प्रिमियम एसयूभी सार्वजनिक गर्ने तयारी पुरा भएको बताएको छ । सो अवसरमा बीवाईडीको शोरुम समेत उद्घाटन हुनेछ ।
पोखराका कर्पोरेट हस्ती, सामाजिक व्यक्तित्व र सञ्चारकर्मीबीच सार्वजनिक हुन लागेको एट्टो३ को आइतबारदेखि नै बुकिङ खुला हुने कम्पनीले जनाएको छ। ८९ लाख ९० हजार रूपैयाँ पर्ने एट्टो३ को ३ लाख रुपैयाँमा बुकिङ गर्न सकिने कम्पनीको भनाइ छ ।
यो भन्दा पहिले काठमाडौंको नक्साल र अनामनगरस्थित शोरुमबाट सो गाडीको बुकिङ प्रारम्भ भइसकेको छ । नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले एट्टो३ को ब्रान्ड एम्बेसडरको रुपमा लोकप्रिय कलाकार हरिबंश आचार्यलाई नियुक्त गरिसकेको छ ।
सो इलेक्ट्रिक कारमा ६०.४ किलोवाट क्षमताको ठूलो ब्लेड व्याट्री जडान गरिएको छ । यसले २०० एचपी पावर र ३१० एनएम टर्क जेनेरेट गर्ने क्षमता राख्छ । ८० किलोवाटको फास्ट चार्जरले करिव ४५ मिनेटमै फुल चार्ज गर्न सकिने यस कारले ४२० किलोमिटर सम्मको रेन्ज दिने दाबी गरिएको छ ।
एट्टो३ मा १२.८ इन्चको इन्फोटेन्मेन्ट सिस्टम जडित छ जसमा एप्पल कार प्ले र एन्ड्रोइड सिस्टमको सुविधा उपलब्ध छ। त्यसैगरी डिजिटल इन्स्ट्रुमेन्टल कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल, पावर सिट, पाँच इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले, सातथान एयर ब्याग, एडभान्स्ड ड्राइभर असिस्टेन्ट सिस्टम सुविधा पनि यसमा उपलब्ध छ।
एट्टो३ को बाहिरी डिजाइन आकर्षक छ। थिक क्रोम होराइजोन्टल स्ट्रिप, एलइडी हेडलाइट, एलइडी डिआरएल, भर्टिकल एयर इन्टेक, डुअल टोन एलोय ह्विल, एलइडी टेल लाइट जडित छन्। पोखरामा यसअघि बिवाइडीको ई-६ कार बिक्री वितरण भइसकेको छ।
काठमाडौं – नेपाली बजारमा टाटाका इलेक्ट्रिक कारहरु पछिल्लो समयमा धेरैको...
काठमाडौं – नेपालमा विभित्र ब्राण्डका इलेक्ट्रिकल स्कुटर तथा साइकल आयात...
चिनियाँ अटो पारखीले दशकौदेखि मन पराउँदै आएको जर्मन ब्रान्ड फक्सवागन अहिले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...