टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर गरिने विज्ञापनमा पनि कर लाग्ने
काठमाडौँ महानगरपालिकाले टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर...
लामो समयको प्रतीक्षापछि अन्तत भोलि शनिबार नेपाली बजारमा बीवाईडी एट्टो३ लन्च हुने भएको छ । चालु अर्थिक वर्षको बजेट भाषण अघिबाट नै नेपाल आउने चर्चा चलेको यो इलेक्ट्रिक क्रसओभरलाई बजेटमार्फत वृद्धि गरिएको भन्सार र अन्तःशुल्कको दर बाधक वन्दै आइरहेको थियो । बजेटले १ सय किलोवाट भन्दा बढी मोटर क्षमताका इलेक्ट्रिक कारमा भारी मात्राले भन्सार र अन्तःशुल्क वृद्धि गरिदिएपछि कतै यो नयाँ कार नेपाल आउने बाटो वन्द हुने त होइन भन्ने अड्कलबाजी समेत भैरहेको थियो ।
यसका वावजुद नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले यो नयाँ कारलाई नेपाल ल्याएरै छाड्ने निधो ग¥यो । कम्पनीले भदौ महिनामै नेपाल ल्याउने तयारी थालेपनि उत्पादक मुलुक चीनमा कोभिडका कारण लकडाउन लागु भएको र लामो समयसम्म उत्तरी नाका केरुङ बन्द गरिएका कारण यो कार नेपाल आउन सकिरहेको थिएन । अहिले उक्त नाका सुचारु भएपछि यो कार नेपाल आउन सहज भएको हो ।
विश्वको सवैभन्दा ठूलो ईभी उत्पादक बीवाईडीको ग्लोवल मोडल यो कार भारतसहित विश्वका कैयन राष्ट्रहरुमा पुगिसकेको छ । नेपाली बजारमा समेत चर्चा बटुल्न सफल यसलाई कम्पनीले ८९ लाख ९० हजार रुपैयाँ मूल्य निर्धारण गरेर बिक्री गर्ने तयारी थालेको हो ।
बीवाईडीले हाल ई६ मोडलको एमपीभी बिक्री गर्दै आइरहेकोमा यो नयाँ मोडल समेत थप भएपछि ग्राहकलाई नयाँ विकल्प उपलब्ध हुनेछ । यसअघि राष्ट्रपति कार्यालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र वैंक र नेपाल विद्युत प्राधिकरणसहित अन्य कैयन सरकारी तथा गैह्रसरकारी निकायले प्रयोग गर्दै आइरहेको यो ब्रान्ड लामो रेन्ज र आरामदायी विशेषताका कारण लोकप्रिय मानिन्छ ।
विश्व प्रख्यात अमेरिकन ईभी निर्माता टेस्लालाई टक्कर दिइरहेको बीवाईडीको बजार पछिल्लो समय विश्वका अधिकांश राष्ट्रमा विस्तार भैसकेको छ । प्राविधिक रुपमा मजवुत सावित भैसकेको यो ब्रान्डलाई नेपाली ईभी पारखीले समेत रुचाउन थालिसकेका कारण यसको नयाँ मोडल एट्टो३ सफल हुने अनुमान लगाइएको छ ।
नेपालमा पछिल्लो समय इलेक्ट्रिक कारमा ग्राहकको आकर्षण बढिरहेका कारण यो नयाँ कारलाई बजार लिन सहज हुने देखिए पनि ९० लाख हाराहारी मूल्य तिर्न ग्राहक तयार भैहाल्छन कि हुँदैनन भन्ने विषयले भने केही आशंका उव्जाएको छ । अहिले बजारमा ४० लाख आसपासका इलेक्ट्रिक कारहरु टाटा नेक्सन र नेटा भी लगायतको माग उच्च रहँदै आएको छ । यसैगरी प्रिमियम सेग्मेन्टमा हुन्डाई आयोनिक ५ र टेस्लाले राम्रो बजार लिइरहेको छ । जसमध्ये आयोनिक ५ र टेस्लाको मूल्य १ करोडमाथि पर्ने हुँदा प्रिमियम सेग्मेन्टकै एट्टो३ लाई ९० लाख रुपैयाँ तिर्न ग्राहक तयार नहोलान् भनेर शंका गरिरहनुपर्ने देखिँदैन ।
यस्तो छ यो कार
बीवाइडीले यो नयाँ कारलाई उसको आफ्नो डेडिकेटेड ईभी प्लेटफर्ममा तयार पारेको हो । प्रिमियम स्तरको सामग्री र फराकिलो क्याबिन स्पेस भएको यो एट्टो३ मा १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ५ इन्चको ड्राइभर इन्फरमेशन डिस्प्ले र ७ वटा एयरब्याग दिइएको छ ।
यो कारमा १५० किलोवाट क्षमताको मोटर र ६०.४ किलोवाट आवर क्षमताको ब्लेड ब्याट्री दिइएको छ । जसले एकपटकको फुल चार्जमा ४२० किलोमिटर रेन्ज प्रदान गर्ने दावी गरिएको छ । यसले २०० एचपी पावर र ३१० एनएम टर्क जेनेरेट गर्ने क्षमता राख्छ । ८० किलोवाटको फास्ट चार्जरले यसको ब्याट्रीलाई करिव ४५ मिनेटमै फुल चार्ज गर्न सकिन्छ ।
काठमाडौँ महानगरपालिकाले टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर...
टीभीएस मोटर कम्पनीले यसै महिनाको अन्त्यमा क्रियोन इलेक्ट्रिक स्कुटर...
काठमाडौं – नेपालको लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...