बीवाईडी एट्टो ३ इलेक्ट्रिक एसयूभी छिट्टै भारतमा लन्च हुने

इलेक्ट्रिक सवारी निर्माता कम्पनी बीवाईडीले एट्टो ३ इलेक्ट्रिक एसयूभी भारतमा लन्च गर्ने भएको छ ।

कम्पनीले २०२३ अटो एक्सपोमा बीवाईडी एट्टो३ एसयूभी सार्वजनिक गर्नेछ । जहाँ कम्पनीले सेडान, ह्याचब्याक र एसयूभी लगायतका विभिन्न सिरिज सार्वजनिक गर्नेछ ।

कम्पनीले आफ्नो उत्पादन बढाउनका लागि यस वर्षको अन्त्यसम्ममा करिब १०० जना कर्मचारीलाई काममा लगाउनेछ । जबकि बीवाईडीले आगामी २ वर्षमा १० हजार इलेक्ट्रिक सवारी साधन बिक्री गर्ने लक्ष्यसहित आफ्नो डिलर नेटवर्क विस्तार गर्नेछ । हाल यसको भारतमा १२ सहरमा १२ डिलर छन् । आगामी ६ महिनामा यो संख्या १८ सहरमा २४ आउटलेटमा पु¥याउने र माग अनुसार थप आउटलेट खोल्न सकिनेछ ।

बीवाईडी एट्टोे ३ अन्तर्राष्ट्रिय बजारमा बिक्री भइरहेको छ । यसमा स्लिक हेडल्याम्प, क्लोज–अफ ग्रिल, अलोय ह्विल, क्रोम–लाइन्ड विन्डोज, स्लोपिङ रुफलाइन र कनेक्टेड टेलल्याम्प सहितको फिचर रहेको छ । साथै प्यानोरामिक सनरुफ, इलेक्ट्रिक अनलक टेलगेट, रूफरेल र एडजस्टेबल मिरर समावेश छ ।

बीवाईडी एट्टो ३ को इन्टेरियर प्रिमियम छ र १२.८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट प्यानल, इलेक्ट्रिक पावर असिस्टेड स्टेयरिङ ह्विल, ८ स्पिकरसहितको प्रिमियम डिराक एचडी अडियो सिस्टम, यूएसबी पोर्ट, सिन्थेटिक लेदर सिट र भ्वाइस कमान्ड जस्ता फिचर रहेको छ ।

यसमा अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सिस्टम, एडाप्टिभ क्रुज कन्ट्रोल, ब्लाइन्ड स्पट मोनिटरिङ, लेन किप असिस्ट, लेन डिपार्चर अलर्ट, रियर क्रस ट्राफिक अलर्ट र रियर क्रस ट्राफिक ब्रेक आदि जस्ता फिचर पनि प्रदान गरिएको छ । सेफ्टीका लागि एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, इलेक्ट्रोनिक स्ट्याबिलिटी प्रोग्राम, ट्रयाक्सन कन्ट्रोल सिस्टम र हिल डिसेन्ट कन्ट्रोल समावेश छ ।

सो एसयूभीमा पावरट्रेनको लागि ४९.९२ वा ६०.४८ केडब्ल्युएच ब्याट्रीले सुसज्जित छ र यसले २०४ पीएस पावर र ३१० एनएम टर्क जेनेरेट गर्छ । कम्पनीका अनुसार ६०.४८ केडब्ल्युएच ब्याट्री प्याक भएको यो इलेक्ट्रिक एसयूभीले एक पटक चार्जमा ४८० किलोमिटरको रेन्ज दिन्छ जसले ७.३ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ ।

बीवाईडी एट्टो ३ नेपाली बजारमा पनि लन्च हुने क्रममा रहेको छ । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले पहिले नै सो कार लन्च गर्ने योजना बनाए पनि विभिन्न कारणले रोकिदै आएको छ ।

सम्बन्धित समाचारहरू

आरजेडएम ब्रान्डका १५ र १६ सिटर ईभी भ्यान अब नेपालमा, सम्झौताका साथ डेलिभरीको सुरुवात

आरजेडएम ब्रान्डका १५ र १६ सिटर ईभी भ्यान अब नेपालमा, सम्झौताका साथ डेलिभरीको सुरुवात

काठमाडौं – नेपाली बजारमा चीनको प्रसिद्ध कम्पनी शाङच आरजेडएम अटोद्वारा...

निशानले भोली इलेक्ट्रिक स्पोर्ट कारको कन्सेप्ट सार्वजनिक गर्दै

निशानले भोली इलेक्ट्रिक स्पोर्ट कारको कन्सेप्ट सार्वजनिक गर्दै

जापनिज अटो निर्माता निशानले भोली इलेक्ट्रिक स्पोर्ट कारको कन्सेप्ट...

अब सीएफमोटो र जिहोमा २४ महिना सम्मको सरल र सहज फाइनान्स सुविधा

अब सीएफमोटो र जिहोमा २४ महिना सम्मको सरल र सहज फाइनान्स सुविधा

काठमाडौं – नेपालका लागि सीएफमोटो र जिहोको आधिकारिक वितरक ऋषि ट्रेड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...