नयाँ शोरुम सहित बीवाईडी एट्टो३ पोखरामा सार्वजनिक

पोखरा बीवाईडीको नयाँ इलेक्ट्रिक कार एट्टो३ गत शनिबार पोखरामा सार्वजनिक गरिएको छ । पोखराका लागि आधिकारिक डिलरको रुपमा प्लगइन अटोमोबाइल्सले नयाँ शोरुम उद्घाटनका साथ सो इलेक्ट्रिक कार सार्वजनिक गरेको हो ।

प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार, सहरी विकास र यातायात व्यवस्था मन्त्री कुमार खड्काका साथै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाका एवं नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले उक्त शोरुम उद्घाटन गरे ।

पोखराको उत्तम चोकमा अवस्थित बीवाईडीको सो नयाँ शोरुम १ हजार ९ सय वर्ग फिट क्षेत्रफलमा फैलिएको छ । दक्ष टेक्निसियन, सर्भिस इक्विपमेन्ट र सर्भिस बे सहितको अत्याधुनिक वर्कशप समेत छिट्टै नै संचालनमा ल्याउने बताइएको छ ।

८९ लाख ९० हजार रूपैयाँ पर्ने एट्टो३ को ३ लाख रुपैयाँमा बुकिङ गर्न सकिने कम्पनीको भनाइ छ । यो भन्दा पहिले काठमाडौंको नक्साल र अनामनगरस्थित शोरुमबाट सो गाडीको बुकिङ प्रारम्भ भइसकेको छ । नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले एट्टो३ को ब्रान्ड एम्बेसडरको रुपमा लोकप्रिय कलाकार हरिबंश आचार्यलाई नियुक्त गरिसकेको छ ।

सो इलेक्ट्रिक कारमा ६०.४ किलोवाट क्षमताको ठूलो ब्लेड व्याट्री जडान गरिएको छ । यसले २०० एचपी पावर र ३१० एनएम टर्क जेनेरेट गर्ने क्षमता राख्छ । ८० किलोवाटको फास्ट चार्जरले करिव ४५ मिनेटमै फुल चार्ज गर्न सकिने यस कारले ४२० किलोमिटर सम्मको रेन्ज दिने दाबी गरिएको छ ।

एट्टो३ मा १२.८ इन्चको इन्फोटेन्मेन्ट सिस्टम जडित छ जसमा एप्पल कार प्ले र एन्ड्रोइड सिस्टमको सुविधा उपलब्ध छ। त्यसैगरी डिजिटल इन्स्ट्रुमेन्टल कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल, पावर सिट, पाँच इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले, सातथान एयर ब्याग, एडभान्स्ड ड्राइभर असिस्टेन्ट सिस्टम सुविधा पनि यसमा उपलब्ध छ।   

एट्टो३ को बाहिरी डिजाइन आकर्षक छ। थिक क्रोम होराइजोन्टल स्ट्रिप, एलइडी हेडलाइट, एलइडी डिआरएल, भर्टिकल एयर इन्टेक, डुअल टोन एलोय ह्विल, एलइडी टेल लाइट जडित छन्। पोखरामा यसअघि बिवाइडीको ई-६ कार बिक्री वितरण भइसकेको छ। 

सम्बन्धित समाचारहरू

विद्युतिय र पेट्रोलियम दुई पाङ्ग्रे दुबैको आयात बढ्यो, गत वर्ष कति भित्रिए यी साधन ?

विद्युतिय र पेट्रोलियम दुई पाङ्ग्रे दुबैको आयात बढ्यो, गत वर्ष कति भित्रिए यी साधन ?

काठमाडौं– गत आर्थिक वर्ष २०८०/८१ मा दुई पाङ्ग्रे सवारीको आयात बढेको छ । गत...

इलेक्ट्रिक स्कुटर खोज्नेका लागि उपयुक्त ब्रान्ड सेगवे नाइनबटका चार मोडल नेपालमा उपलब्ध (मूल्य सूची)

इलेक्ट्रिक स्कुटर खोज्नेका लागि उपयुक्त ब्रान्ड सेगवे नाइनबटका चार मोडल नेपालमा उपलब्ध (मूल्य सूची)

नेपाली बजारमा विभिन्न ब्रान्डका इलेक्ट्रिक स्कुटर उपलब्ध छन् । ती मध्ये...

पानी परेको समयमा इलेक्ट्रिक सवारी चार्ज गर्नु कति खतरनाक ? के यो समयमा झट्का लाग्न सक्छ ?

पानी परेको समयमा इलेक्ट्रिक सवारी चार्ज गर्नु कति खतरनाक ? के यो समयमा झट्का लाग्न सक्छ ?

विद्युतीय सवारीसाधन लोकप्रिय बन्दै गएका छन् । र, अब मनसुन पनि सुरु भइसकेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...