जापानमा चाइनिज ईभीको लोकप्रियता वारे सेमिनार, चर्चाको केन्द्रमा बीवाईडी एट्टो ३

सन् २००० को सुरुवाती अवस्थामा अहिले जस्तो इलेक्ट्रिक गाडी अर्थात ईभीको चर्चा धेरै थिएन । तर पनि केही मोडल बजारमा आएका थिए र इलेक्ट्रिक तथा इलेक्ट्रिफाइड भेइकलको संसारमा जापानले विश्वमै नेतृत्व गरिरहेको थियो ।

तर अहिले परिस्थिति फेरिएको छ । चीन निर्विवाद रुपमा विश्व ग्लोबल ईभी लिडर बनेको छ । यही कुरालाई मनन गरी हालै सेन्ट्रल जापान इकोनोमिक एन्ड ट्रेड ब्युरोले आयोजना गरेको सेमिनारमा कसरी जापान भन्दा अन्य देश ईभी लिडर बन्ने क्रममा अगाडि बढे भनेर गरिएको चर्चा सार्वजनिक भएको छ ।

अन्य कुराका अतिरिक्त सो अवसरमा बीवाईडी एट्टो ३ को चर्चा अलि बढी नै भयो । यसको साइज र स्पेसिफिकेसनले कसरी सबैको पहुँच हुन सक्ने ईभीको रुपमा बीवाईडी एट्टो ३ लोकप्रिय बन्यो भन्ने वारेमा खुलेरै चर्चा भयो ।

नेपाली बजारमा समेत उपलब्ध बीवाईडी एट्टो ३ लाई चीनमा युआन प्लस नाम दिइएको छ । यसको मूल्य १ लाख ३९ हजार ८ सय युआन अर्थात करिव २० हजार डलर भन्दा कम नै पर्छ ।

नेपालमा पनि बीवाईडी एट्टो ३ एड्भान्स्ड र सुपेरियर गरी दुई भेरिएन्टमा उपलब्ध छ । यसको मूल्य क्रमशः ५६ लाख ९० हजार र ६७ लाख ८० हजार रुपैयाँ छ ।

बीवाईडी एट्टो ३ एड्भान्स्डमा ४९.९२ किलोवाट आवरको ब्याट्री छ र यसले सिंगल चार्जमा ३४५ किलोमिटर (ढब्लुएलटीपी) रेन्ज दिन्छ भने सुपेरियरमा ६०.४८ किलोवाट आवरको ब्याट्री छ र यसले सिंगल चार्जमा ४२० किलोमिटर (डब्लुएलटीपी) रेन्ज दिन्छ । विश्व बजारमा ५१० किलोमिटर सम्म रेन्ज दिने बीवाईडी एट्टो ३ समेत उपलब्ध छ ।

रोचक पक्ष के छ भने चीनमा भन्दा अन्य देशमा बिक्री हुने बीवाईडी ईभीको मूल्य करिव दोब्बर वा त्यो भन्दा बढी नै हुन्छ । विभिन्न देशमा लग्ने कर र यातायात खर्चका कारण त्यसो हुन्छ भने चीनमा दिइने सरकारी अनुदानले पनि यसमा भूमिका खेलेको हुन्छ ।

उक्त सेमिनारमा बीवाईडीका विभिन्न मोडल ईभीको बनावट र यसका अन्य पक्षका वारेमा समेत चर्चा भएको थियो । यी ईभीको मूल्य कम गराउनका लागि बीवाईडीले कस्तो प्रविधि प्रयोग गरेको छ भन्ने वारेमा चर्चा भयो । बीवाईडीले कुनै पनि सवारी साधनका लागि आवश्यक पार्ट्स ईन–हाउसमै उत्पादन गर्ने र त्यसलाई एकीकृत रुपमा प्रयोग गर्ने गरेको वारेमा धेरैको सहमति रहेको थियो ।

बीवाईडीले प्रयोग गरेको भनिएको ‘ई–एक्सल’ को वारेमा त्यहाँ चर्चा गरियो । यसममा विभिन्न ८ फरक कम्पोनेन्ट रहेका हुन्छन् । यसमा मोटर, इन्भर्टर, ट्रान्समिसन र कन्ट्रोलर मात्र नभई अनबोर्ड एसी चार्जर, डीसी–टु–डीसी कन्भर्टर र ब्याट्री मोनिटरिङ सिस्टम –बीएमएस) समेत समावेश हुन्छ । यसकारण नै जति धेरै संख्यामा कार उत्पादन गरिन्छ, त्यति नै मूल्य पनि कम हुन्छ भन्ने ‘इकोनोमिज अफ स्केल’ लागू भएको हुन्छ र चाइनिज गाडी यति कम मूल्यमा उपलब्ध हुन सकेको हो भनिएको छ ।

यसकाक लागि बीवाईडी एट्टो ३ लाई नै किन रोजियो भन्ने वारेमा समेत चासो हुन सक्छ । बीवाईडीकै अन्य मोडल वा कुनै पनि चाइनिज ईभी ब्रान्डलाई पनि लिन सकिन्थ्यो । तर बीवाईडी एट्टो ३ समेत अन्तर्राष्ट्रिय रुपमा सफल मोडल बनेको र यसले सन् २०२३ को ‘जापान ईभी अफ द इयर’ अवार्ड समेत प्राप्त गरेकोले सो मोडललाई आधार मानिएको बताइएको छ ।

सो सेमिनारमा सहभागी सान्यो ट्रेडिङका डाइरेक्टर केनिची इटोले चाइनिज कार निर्माता कम्पनीहरुले लो–कस्ट प्रोडक्सन अर्थात कम मूल्यमा सवारी उत्पादन गर्ने र गुणस्तर सम्बन्धी उनीहरुको दृष्टिकोण जापानी उत्पादक भन्दा फरक भएको बताए ।

सन् २०२२ को फेब्रुअरीमा उत्पादन प्रारम्भ भए पश्चात पहिलो वर्षमै बीवाईडीले ३ लाख बीवाईडी एट्टो ३ बिक्री गरेको थियो ।

सम्बन्धित समाचारहरू

नक्सालमा नामीको शोरुम शुभारम्भ, मेगा टेस्ट ड्राइभ क्याम्पको घोषणा

नक्सालमा नामीको शोरुम शुभारम्भ, मेगा टेस्ट ड्राइभ क्याम्पको घोषणा

काठमाडौं – नेपालका लागि डोङफेङ मोटर्सको आधिकारिक वितरक एमएडब्लु वृद्धि...

जापानमा बीवाईडी कारको बिक्री दोब्बरले बृद्धि

जापानमा बीवाईडी कारको बिक्री दोब्बरले बृद्धि

काठमाडौं–चिनियाँ ईभी जायन्ट बीवाईडीले जापानमा आफ्ना कारको बिक्री...

२० प्रतिशतसम्म रेन्ज बढाउन टेस्लाले नेक्स्ट जेनेरेसन कारमा प्यानासोनिक ब्याट्री प्रयोग गर्ने

२० प्रतिशतसम्म रेन्ज बढाउन टेस्लाले नेक्स्ट जेनेरेसन कारमा प्यानासोनिक ब्याट्री प्रयोग गर्ने

प्यानासोनिकले सन् २०२३ सम्ममा टेस्लाका लागि नयाँ लिथियम–आयोन ब्याट्री...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...