बीवाईडी एसिया प्यासिफिक अटो सेल्सका महाप्रबन्धक लिउ जुलियाङको नेपाल भ्रमण सम्पन्न

काठमाडौं- बीवाईडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक लिउ जुलियाङले मे ४ देखि ६ मेसम्म नेपाली भ्रमण गरेका छन्। भ्रमणका क्रममा लिउले नेपालमा बीवाईडी गाडीको बजार अवस्था र बिक्रीबारे जानकारी लिए।

प्रतिनिधिमण्डलमा सुश्री गिलियन लीसहित यात्रुवाहक सवारी कार्यालयका निर्देशक ज्याभी वांग, उत्पादन प्रबन्धक सुश्री कैसी के, कानुनी प्रबन्धक र डेपुटी महाप्रबन्धक केत्सु झाङ सहभागी थिए। 

भ्रमणलाई नेपालमा बीवाईडीको उपस्थितिलाई सुदृढ पार्ने र अटोमोटिभ परिदृश्यलाई प्रोत्साहन गर्ने उद्देश्यले रणनीतिक संलग्नताको शृंखलाको रुपमा लिइएको छ।

मे ५ मा लिउ र बीवाईडी टोलीको काठमाडौंको नक्साल र पुल्चोक, ललितपुरमा रहेको बीवाईडी सोरुम भ्रमणबाट यात्रा कार्यक्रम सुरु भएको थियो। यी स्थानमा लिउले व्यक्तिगत रूपमा १४ वटा सवारी साधन पठाएका थिए।

नेपाली ग्राहकको आवश्यकताअनुरूप बीवाईडीको प्रतिबद्धतालाई जोड दिँदै कटिङ एज बीवाईडी अट्टो३ र बीवाईडी डल्फिन मोडल पनि थिए। प्रतिनिधिमण्डलले काठमाडौको गुहेश्वरीमा रहेको बीवाईडी सर्भिस सेन्टरको भ्रमण गरेको थियो।

भ्रमणको मुख्य आकर्षणमा नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंक्स प्रालिले आयोजना गरेको ‘बीवाईडी एपयाक नेपाल स्ट्रेटजी समिटः एसेलेरिटिङ ग्रोथ टुगेदर’ थियो।

मे ५ मा काठमाडौंमा आयोजित यो शिखर सम्मेलनले नेपालमा बीवाईडीको यात्रालाई प्रतिविम्बित गर्न र भविष्यका प्रयासका लागि पाठ्यक्रम तयार गर्न सरोकारवालाका लागि सहयोगी मञ्चको रूपमा काम गरेको कमपनीले जनाएको छ।

कार्यक्रममा एमडी लिउले बीवाईडीको वाहन लाइनअपमा अन्तर्दृष्टि दिनुका साथै प्राविधिक र ग्राहक केन्द्रित  कम्पनीको दृढ प्रतिबद्धता दोहो-याए। उनले सन् २०२२/२०२३ मा ६० प्रतिशत बढी ईभी प्रवेशमा नेपालले गरेको उल्लेखनीय उपलब्धिको प्रशंसा गरे।

बीवाईडीको उपलब्धि, यसका साझेदार र कर्मचारीको योगदानको सम्मानमा साइमेक्सले मे ५ मै ‘बीवाईडी गाला नाइट’ कार्यक्रम आयोजना गरेको थियो। 

नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बीवाईडीका प्रमुख कार्यकारीहरू, लिउ जुलियाङ र साइमेक्सका अध्यक्ष अनिल श्रेष्ठलगायतले भेट गरेका थिए।

सम्बन्धित समाचारहरू

बेलायती अर्बपति ब्रान्सन बने आफ्नै यानमा अन्तरिक्ष यात्रा गर्ने पहिलो व्यक्ति

बेलायती अर्बपति ब्रान्सन बने आफ्नै यानमा अन्तरिक्ष यात्रा गर्ने पहिलो व्यक्ति

 बेलायती अर्बपति रिचर्ड ब्रान्सन आफ्नै यानमा चढेर अन्तरिक्ष यात्रा...

नाडा अटो शोमा ६ सेकन्डमै फुल चार्ज पाइने गोगोरो टेक्नोलोजी र ईभी स्कुटर उपलब्ध हुने

नाडा अटो शोमा ६ सेकन्डमै फुल चार्ज पाइने गोगोरो टेक्नोलोजी र ईभी स्कुटर उपलब्ध हुने

काठमाडौं – आगामी भदौ ११ देखि काठमाडौंको भृकुटीमण्डपमा शुरु हुने नाडा अटो...

पुरानै मूल्यमा बीवाईडी डल्फिनको नयाँ संस्करण, १५ वर्षसम्म टिक्ने नयाँ ब्याट्रीको प्रयोग

पुरानै मूल्यमा बीवाईडी डल्फिनको नयाँ संस्करण, १५ वर्षसम्म टिक्ने नयाँ ब्याट्रीको प्रयोग

काठमाडौं – नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...