चीनमा तीन दर्जन बढी कन्टेन्ट क्रियटरमाथि बीवाईडीको मुद्धा, ब्रान्डबारे भ्रम छरेको आरोप

चिनियाँ अटोमेकर बीवाईडीले अनलाइन मानहानि गरेको आरोपमा ३७ जना कन्टेन्ट क्रियटर र इन्फ्लुएन्सर विरुद्ध मुद्धा दायर गरेको छ । साथै कम्पनीले गलत जानकारी र हानिकारक सामग्रीको लागि आन्तरिक निगरानी अन्तर्गत थप १२६ जना कन्टेन्ट क्रियटरमाथी समेत निगरानी गरिरहेको जनाएको छ ।

कार निर्माताले ‘न्यूज एन्टि फ्रड अफिस’ नै खडा गरेर ब्राण्डसंग जोडिएर आउनसक्ने भ्रामक र हानिकारक कन्टेन्टका विषयमा सुझाब पठाउन प्रोत्साहित गर्दै आएको छ । साथै उसले दीर्घकालीन वित्तीय प्रोत्साहन कार्यक्रमको एक भागको रूपमा कम्पनीलाई लक्षित गर्ने शंकास्पद अनलाइन र गलत जानकारीसँग सम्बन्धित प्रमाणित लिडहरूको लागि ५० हजारदेखी ५० लाख युआन सम्मको पुरस्कार प्रदान गर्दै आएको छ ।

बीवाईडीले हालैका वर्षहरूमा गलत र भ्रामक जानकारी दिने अनलाइन आक्रमणहरूको सामना गरेको बताएको छ । यस्ता गतिबिधिले ब्रान्डको छविलाई हानि पुर्याएको कम्पनीको ठहर छ । केही मुद्धाका फैसाला कम्पनीको पक्षमा आएपनि धेरै अझैपनि फैसालाकै चरणमा रहेका छन् ।

बीवाईडीले प्रतिस्पर्धीहरूलाई अपमान गर्न अनलाइन इन्फ्लुएन्सर हेरफेर गरेको आरोप लगाएपछि एक वेइबो प्रयोगकर्तालाई मानहानीको दोषी ठहराइएको थियो । ती ब्यक्तिलाई अदालतले सार्वजनिक माफी माग्न र १ लाख युआन तिर्न आदेश दिएको थियो ।

यसैगरी, बीवाईडीका कार्यकारीका बिरुद्धमा अपमानजनक सामग्री पोस्ट गरेको भन्दै अर्का एकजना कन्टेन्ट क्रियटरलाई माफी माग्न र १ लाख युआन क्षतिपूर्ति तिर्न आदेश दिइएको थियो ।

सम्बन्धित समाचारहरू

नेपालको शोरुममा बीवाईडीको सबैभन्दा कम मूल्यको ईभी सिगल

नेपालको शोरुममा बीवाईडीको सबैभन्दा कम मूल्यको ईभी सिगल

काठमाडौं – बीवाईडीको सबैभन्दा सस्तो अर्थात कम मूल्यको ईभी सिगल काठमाडौंमा...

चर्चामा बीवाईडी एम६, ६० लाख १५ हजार पर्ने एमपिभीमा यस्तो छ विशेषता

चर्चामा बीवाईडी एम६, ६० लाख १५ हजार पर्ने एमपिभीमा यस्तो छ विशेषता

बीवाईडी नेपालले छिट्टै बिक्री सुरु गर्ने तयारी गरेको एम६ अहिले ईभी...

बीवाईडी सर्भिस नेटवर्क विस्तार गर्दै साइमेक्स इंक : दुई अत्याधुनिक सर्भिस सेन्टरको उद्घाटन

बीवाईडी सर्भिस नेटवर्क विस्तार गर्दै साइमेक्स इंक : दुई अत्याधुनिक सर्भिस सेन्टरको उद्घाटन

काठमाडौं – बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...