एलएफपी ब्लेड ब्याट्री उत्पादनका लागि बीवाईडीले दियो जीएम र फोर्डको सप्लायरलाई सहमति

कमर्सियल सवारी साधनका लागि आवश्यक लिथियम आइरन फस्फेट (एलएफपी) ब्लेड ब्याट्री प्याक उत्पादन गर्नका लागि बोर्गवार्नर इंकले बीवाईडीको सहायक कम्पनी फिनड्रिम्ससँग रणनीतिक सहकार्यको घोषणा गरेको छ ।

सहमति अनुसार बीवाईडीले बार्गवार्नरलाई ब्लेड सेल उपलब्ध गराउने छ, जसलाई युरोप र अमेरिकामा ब्याट्री उत्पादन गर्नका लागि प्रयोग गरिने छ । सो सहमतिको अवधि ८ वर्षको हुनेछ । यस अनुसार बोर्गवार्नरले फिनड्रिम्सको ब्याट्री प्याक डिजाइन र म्यानुफ्याक्चरिङ प्रोसेसको प्रोपर्टी राइट समेत पाएको छ ।

बोर्गवार्नर न्युयोर्क स्टक एक्सचेन्जमा सूचीकृत भएको अमेरिकी अटोमोटिभ सप्लायर हो । यसले जीएम, फोर्ड र स्टेलान्टिस लगायतका सवारी निर्माता कम्पनीलाई विभिन्न पार्ट्स उपलब्ध गराउँछ ।

बीवाईडीका इलेक्ट्रिक कारका साथै ब्याट्री प्रविधिमा पनि विश्वमै लोकप्रिय छ । बीवाईडीको ब्लेड ब्याट्रीले पछिल्लो समयमा निकै नै चर्चा पाइरहेको छ ।

ब्लेड ब्याट्री हाल बजारमा आएको नयाँ प्रविधिको ब्याट्री हो, जसलाई इलेक्ट्रिक गाडीमा प्रयोग गर्न सकिन्छ । यसलाई ब्याट्री प्याकमा ब्लेड जसरी मिलाएर राख्न सकिन्छ । परम्परागत लिथियम ब्याट्री र लिथियम आइरन फस्फेट ब्याट्री भन्दा यो बढी सुरक्षित हुनुका साथै लामो रेन्ज दिने र टिकाउ समेत हुन्छ ।

सम्बन्धित समाचारहरू

चीनमा बिक्री हुने उत्कृष्ट १० कारको सूचीमा बीवाईडीको ७ मोडल, सिगल बन्यो नम्वर वान

चीनमा बिक्री हुने उत्कृष्ट १० कारको सूचीमा बीवाईडीको ७ मोडल, सिगल बन्यो नम्वर वान

बीवाईडीको ह्याचब्याक कार सिगल चिनमा सर्बाधिक बिक्री हुने कार बनेको छ ।...

निजी क्षेत्रलाई साथमा लिएर चार्जिङ स्टेशन विस्तार गरिने

निजी क्षेत्रलाई साथमा लिएर चार्जिङ स्टेशन विस्तार गरिने

सरकारले विद्युतिय सवारी साधनका लागि चार्जिङ स्टेशन विस्तारमा निजी...

अभिनेत्री वर्षा राउत बनिन् ‘एवाेन भी’को ब्रान्ड एन्डोर्सर

अभिनेत्री वर्षा राउत बनिन् ‘एवाेन भी’को ब्रान्ड एन्डोर्सर

काठमाडाैं – सीजी मोटर्सले अभिनेत्री वर्षा राउतलाई एवाेन भीको ब्रान्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...