त्रिशूलीमा बसको अवशेष भेटियो, सीमलतालमा हराएको बस हुनसक्ने आशङ्का

चितवन - तनहुँको आँबुखैरहनी गाउँपालिका–५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको अवशेष भेटिएको छ । भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा गत वर्ष बेपत्ता भएका दुई बसमध्ये एउटा हुनसक्ने आशङ्का गरिएको छ । बस बेपत्ता भएको ठाउँबाट २०० मिटर नजिक तनहुँतर्फ बसको अवशेष फेला परेको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार माछा मार्ने क्रममा जाल अड्किएपछि स्थानीयले खोतलेर हेर्दा बसजस्तो देखेपछि प्रहरीलाई खबर गरेका थिए । सोलगत्तै बालुवामा पुरिएको अवस्थामा बस देखिएपछि खन्ने काम भइरहेको छ । उनका अनुसार निलो रङको देखिएको र सिमलतालमा हराएको गणपति बसको रङसँग मिलेकाले सोही बस हुनसक्ने सम्भावना रहेको छ । यद्यपि बस निकालेपछि मात्रै यकीन भन्न सकिने उनले जानकारी दिए ।

२०८१ असार २८ मा नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरोसहित दुई बस त्रिशूलीमा बेपत्ता भएका थिए । बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति र बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स त्रिशूलीमा बेपत्ता भएका थिए । दुई बसमा सवार ६५ जनामध्ये ११ जनाको शव फेला परेको थियो भने तीन जना घाइते भएका थिए । घटनामा ५१ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले बताए।

सम्बन्धित समाचारहरू

चोभारको मञ्जुश्री पार्कमा क्यानोपी जिपलाइन सुरु, यसरी पुग्न सकिन्छ

चोभारको मञ्जुश्री पार्कमा क्यानोपी जिपलाइन सुरु, यसरी पुग्न सकिन्छ

काठमाडौँ – काठमाडौँको चोभार स्थित मञ्जुश्री पार्कमा क्यानोपी जिपलाइन...

इभीको चर्चाले ओझेलमा पर्दै कम्वसन कार, यी नयाँ कारमा छैन ग्राहकको आकर्षण

इभीको चर्चाले ओझेलमा पर्दै कम्वसन कार, यी नयाँ कारमा छैन ग्राहकको आकर्षण

इलेक्ट्रिक कारको वढ्दो लोकप्रियताले कम्वसन इन्जिनयुक्त नयाँ कार ओझेलमा...

नयाँ मापदण्डका कारण वन्द भएको जीप कम्पास पेट्रोल इन्जिनमा पुनः आउने

नयाँ मापदण्डका कारण वन्द भएको जीप कम्पास पेट्रोल इन्जिनमा पुनः आउने

अमेरिकन अटो निर्माता जीपले आफ्नो लोकप्रिय एसयूभी कम्पसालाई पेट्रोल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...